आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने तयारी

प्रकाशित
345
SHARES

काठमाडौ। सरकारले दलविभाजनसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने तयारी गरेको छ । सत्ता गठबन्धन दलहरूबीच अध्यादेश निष्क्रिय पार्ने सहमति भएको एक नेताले बताए । मन्त्रिपरिषद्ले अध्यादेश निष्क्रिय पार्न राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति अध्यादेश जारी, निष्क्रिय र खारेज गर्ने संवैधानिक व्यवस्था छ । संघीय संसद् सुरु भएको ६० दिनभित्र अध्यादेश अनुमोदन नभए स्वतः निष्क्रिय हुने व्यवस्था छ । थप पार्टी फुट्ने सम्भावना रोक्न अध्यादेश निष्क्रिय पार्न लागिएको बताइएको छ ।

अध्यादेश जारी भएपछि माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी दल दर्ता भएका छन् । निर्वाचन आयोगले दुवै दललाई प्रमाणपत्र दिइसकेको छ ।

निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई विभाजनपछिको दल रोज्न २२ भदौसम्मको समयसीमा दिएको छ । नयाँ दल रोज्ने प्रदेश सभा सदस्यले २२ भदौसम्म सम्बन्धित प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्नुपर्नेछ।

माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक पेरिसडाँडामा

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको छ। सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा स्थायी समितिको आकस्मिक बैठक बसेको हो। स्रोतका अनुसार योङ कम्युनिस्ट लिगको नेतृत्वको विषय टुंगो लगाउन बैठक बोलाइएको हो।

यस्तै बैठकमा सांगठनिक विषयमा छलफल हुने जनाइएको छ। आज बिहान मात्रै सत्ता गठबन्धनका दलहरूको बैठकले सरकारलाई छिटो पूर्णता दिने विषयमा छलफल गरेका थिए। बैठकमा सरकारमा जाने नामबारे समेत छलफल हुन सक्ने एक स्थायी समिति सदस्यले बताए।

प्रतिक्रिया