आज : गते

ताजा शिर्षकहरु

माधव नेपालको पार्टीमा लफडा सुरु, महासचिवका लागि ८ जनाको मारामार

प्रकाशित
1.9K
SHARES

काठमाडौ। नेकपा (एमाले) फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टी (एस)मा पदीय लफडा सुरु भएको छ । माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा (एस) भित्र पदाधिकारीको टुङ्गो लगाउन बाँकी छ । पदाधिकारी टुङ्ग्याने विषयमा लफडा भएको हो ।

एकीकृत समाजवादीले तयार पारेको अन्तरिम विधानमा अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिवसहित १७ जना पदाधिकारी रहने व्यवस्था छ।

अहिले अध्यक्ष र वरिष्ठ नेताबाहेक सबै पदाधिकारी रिक्त छन् । चाँडै राष्ट्रिय भेला आयोजना गर्ने र त्यसलगत्तैको राष्ट्रिय प्रतिनिधि परिषद बैठकबाट पदाधिकारी टुंगो लगाउने योजनामा माधव नेपाल छन्।

अन्य पदाधिकारीमा नखुलेको भए पनि महासचिवमा भने ८ जना नेताले दावि गरेका छन् । बेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विरोध खतिवडा, जगन्नाथ खतिवडा, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, रामकुमारी झाँकीलगायतले महासचिव बन्न मारामार गरेका छन्। स्रोतका अनुसार मुकुन्द न्यौपाने, बेदुराम, धर्मनाथ प्रसाद साहलगायतका नेताहरू उपाध्यक्षमा समेटिनेछन् । अन्य नेता मन्त्री र पदाधिकारीमा समेटिनेछन् ।

महासचिवमा राष्ट्रिय फिगरसमेत चाहिने भएकाले अहिले मुख्य गरी राजेन्द्र पाण्डे र गंगालाल तुलाधरमध्ये एकले महासचिवको जिम्मेवारी पाउने सम्भावना रहेको नेपालनिकट स्रोतले जनाएको छ । महासचिव चयनमा झलनाथ खनालको पनि सहमति लिनुपर्ने हुन्छ । खनालको रोजाइमा पाण्डे पर्न सक्छन् भने माधव नेपालको रोजाइमा तुलाधर ।

माधव नेपालले महासचिव कसलाई बनाउने भनेर आन्तरिक छलफल गरिरहेका छन् । महासचिव सक्रिय र संगठन बुझेको तथा प्रभावकारी फिगर हुनुपर्ने भएकाले निर्णय गर्न सकसपूर्ण छ । तर माधव नेपाल पार्टीको मुख्य पदाधिकारीमा जातीय, क्षेत्रीय दृष्टिकोणबाट समेत सन्तुलित हुने गरी नेतृत्व चयन गर्न चाहन्छन् । त्यसका लागि नेवार समुदायका तुलाधर उपयुक्त पात्र हुन् ।

बेदुराम भुसाललाई उपाध्यक्ष, राजेन्द्र पाण्डेलाई पनि उपाध्यक्ष तथा वागमती प्रदेशको मुख्यमन्त्रीमा व्यवस्थापन गरेपछि तुलाधर अन्य आकांक्षीभन्दा वरिष्ठ नेता रहन्छन् । त्यस्तो अवस्थामा अकांक्षीमध्ये केहीलाई उपमहासचिव र केहीलाई सचिवमा व्यवस्थापन गरेर उनले सजिलैसँग तुलाधरलाई नै महासचिवमा अगाडि बढाउने सम्भावना छ ।

साथै, महासचिव संगठन विस्तारको पनि नेता हुने भएकाले ऊर्जाशील नेता त्यसमा चयन गर्नुपर्ने हुन्छ । त्यस्तै युवा नेतालाई पार्टीको मुख्य जिम्मेवारी दिएर नयाँ पुस्तालाई पार्टीमा आकर्षण गर्नुपर्ने दबाब पनि माधव नेपाललाई छ । यो समेतलाई दृष्टिगत गरी उनले तुलाधरलाई नै महासचिवमा अगाडि बढाउने अनुमान कतिपयको छ ।

तर, महासचिवमा राजेन्द्र पाण्डेको पनि सशक्त दावी छ। उनी नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाट उपाध्यक्ष उम्मेदवार बनेर झिनो मतले पराजित भएका थिए । अहिले एमालेमै रहेका दोस्रो तहका नेताहरूभन्दा पनि संसदीय राजनीतिमा पाण्डे प्रभावशाली नेता हुन् । पाण्डे र तुलाधर दुवैजना धादिङका हुन् । उनीहरू दुवैजना पूर्वमन्त्री हुन् ।

पाण्डे २०४८ देखि निरन्तर धादिङबाट उम्मेदवार बनेर २०६४ मा बाहेक सधैँ निर्वाचित भएका छन् । तुलाधर २०४८, २०५१ मा निर्वाचित भएका थिए । २०५६ मा झिनो मतले पराजित भएका थिए ।

यो पनि : शेरबहादुर तामाङ पछुताए, भने ओलीले गरे अन्याय

आफूलाई अप्ठेरो परेको बेला साथ दिनेलाई पाखा लगाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले अवसरवादीलाई मौका दिएपछि एमालेभित्र द्धन्द्ध सुरु भएको छ । प्रतिनिधिसभा विघटन गरेपछि नेकपासहित एमाले पनि विभाजन हुन थालेपछि ओलीका खास मान्छेबाहेक अरुले उनलाई समर्थन जनाएनन् ।

ओलीले प्रतिनिधिसभा भंग गरेर प्रतिगमन गरेको भन्नेहरु पनि अहिले ओलीले गरेका कामलाई आममाफी दिँदै ओलीको पछिपछि लागेका छन् । नयाँ पार्टीको भविष्य संकटमा पर्ने भन्दै मन नपरे पनि ओलीको पछि लाग्न केही नेता बाध्य भएका छन् ।

माधवकुमार नेपालको मान्छे भनेर पहिचान बनाएका सिन्धुपाल्चोक –२ बाट प्रतिनिधिसभामा निर्वाचित शेरबहादुर तामाङले ओलीलाई खुलेरै साथ दिए । उनीमात्र होइन उनकी श्रीमती उषाकला राई पनि ओलीतिर आएर प्रदेश १ को सामाजिक विकासमन्त्री भएकी छिन् । राई र तामाङ दुवै एमालेका निर्वाचित केन्द्रीय सदस्य हुन् । तामाङ पूर्व कानुनमन्त्री पनि हुन् ।

तामाङलाई ओलीले पार्टीको कार्यालय सचिव बनाइदिएका छन् । उनी ओलीसँग लागेपछि केही दिन स्वास्थ्यमन्त्री पनि भए । तामाङलाई पाखा लगाएर अवसरवादी योगेश भट्टराइलाई प्रवक्ता बनाएपछि तामाङमाथि अन्याय भएको चर्चा एमालेभित्रै चलेको छ ।

नेकपा एमालेका सचिवसमेत रहेका योगेशकुमार भट्टराई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको विरोध गर्नेमा अग्रपंक्तिमा पर्थे । उनी ओलीविरोधी भाषणमा सक्रिय रहेका थिए तर अहिले ओलीकै पछि लागेर चाकडी गर्दै प्रवक्ता हुन सफल भएका छन् ।

२०७७ पौष ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि भट्टराइसहित नेकपाका ७ जना मन्त्रीले राजीनामा दिएका थिए । राजीनामा दिनेमा एमालेका ४ र माओवादीका ३ जना मन्त्री थिए । उनीहरु राजीनामा दिएर ओलीको प्रतिगमनविरुद्धको अभियानमा लागे । अहिले योगेशले एमाले विभाजन भएपछि माधवकुमार नेपाललाई साथ दिएनन् ।

केही समयअघिदेखि बीचको धारमा बसेर कता फाइदा हुन्छ भनेर च्याँखे थाप्दै आएका योगेशको अबको राजनीति के भन्ने प्रश्न उठेको छ । दहीचिउरे प्रवृत्ति देखाएपछि नेपालले योगेशलाई पनि पत्याउन छोडेका थिए ।

एमाले विवाद मिलाउन गठन गरिएको कार्यदलमा पनि उनलाई कुनै समूहले राखेन । फलस्वरुप उनी विरक्तिएर हाइकिङ गर्नतिर लागे । योगेशले यसअघि पनि एमालेको प्रवक्ताको जिम्मेवारी निभाइसकेका छन् । योगेश २०७६ साउन १५ गतेबाट २०७७ पौष ५ गतेसम्म ठिक १७ महिना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए ।

उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङ–१ बाट निर्वाचित भएका थिए । संविधानसभाको २०६४ र २०७० को निर्वाचनमा काठमाडौं–६ बाट लज्जास्पद ढंगले हार खाएपछि उनी आफ्नै जन्मथलो ताप्लेजुङ पुगेका थिए। हिजोसम्म प्रष्ट विचार राख्ने नेताका रुपमा चिनिएका उनी अहिले अस्पष्ट विचार राख्ने र अवसरवादी चरित्र देखाउनेका रुपमा परिचित भएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ