आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विवेकशील साझा पार्टी पनि फुटकाे संघारमा, के हो यथार्थ ?

प्रकाशित
0.9K
SHARES

काठमाडौ। सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको फाइदा उठाउँदै देशकै ठूलो पार्टी नेकपा एमाले र चौथो शक्ति जनता समाजवादी पार्टी फुटेको केही दिनमै अब विवेकशील साझा पार्टी पनि फुट्ने अवस्थामा पुगेको छ ।

स्रोतका अनुसार पार्टी अध्यक्ष रवीन्द्र मिश्र छुट्टिने पक्षमा छन् । उनी पार्टीलाई सकेसम्म कम क्षति गरेर विभाजित हुने पक्षमा छन् तर पूर्व विवेकशील पक्षमा नेताहरुले भने पार्टी विभाजन गर्न मानिरहेका छैनन् । ‘रवीन्द्रजी पार्टीलाई लेस ड्यामेज हुनेगरी छुट्टिने पक्षका हुनुहुन्छ तर अरु साथीहरुले मानिरहनुभएको छैन’ स्रोतले भन्यो ।

अहिले पार्टी विभाजन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्नको लागि बैठक बसिरहेको छ । केही दिनअघि रवीन्द्र मिश्रले ल्याएको धर्म र राजतन्त्रको पक्षको अवधारणाका कारण पार्टीमा फुटको बीउ रोपिएको मानिएको छ । पार्टीका अन्य नेताहरु रवीन्द्रलाई त्यो अवधारणा फिर्ता लिन दबाब दिइरहेका छन् ।

यही बीचमा पार्टीकी नेतृ तथा बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले ट्वीट गर्दै रवीन्द्र मिश्रको पार्टी विभाजन गर्ने चाहना अब खुलस्त भएको बताएकी छिन् । मिश्रको अनैतिक कदम, अव्यवसायिक व्यवहार र आफैंले हस्ताक्षर गरेको सहमतिबाट पछि हट्नुले आफूलाई आक्रोशित बनाएको बताउँदै उनले यो समय आफू दिक्क भएको बताएकी छिन् ।

यो पनि :   ओलीको आक्रोश पार्टी विभाजनविरुद्ध उत्रिन आन्तरिक सर्कुलर जारि 

नेकपा एमालेले पार्टी विभाजनविरुद्ध उत्रिन आन्तरिक सर्कुलर जारी गरेको छ। प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टी विभाजनविरुद्ध उत्रिन एमालेले आइतबार आन्तरिक पार्टी निर्देशन जारी गरेको हो।

एमालेले पछिल्ला बैठकको निर्णय समेटेर जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानी)मा पार्टीको पक्षमा सक्रिय भूमिका खेल्न पार्टीका सबै जनप्रतिनिधि सदस्यहरुलाई निर्देशन दिइएको हो।

‘पार्टी विभाजनको दुराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्नसक्ने प्रावधान राखिएको छ,’ एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको अपानीमा भनिएको छ, ‘अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ।’

प्रतिक्रिया