आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवाको हातमा पुग्यो मन्त्रीको फाइनल लिष्ट, प्रचण्ड बुहारीलाई यति ठूलो मन्त्रालय

प्रकाशित
3.1K
SHARES

काठमाडौ। लामो समयदेखि अट्किएको मन्त्रीपरिषदु विस्तारको काम भोली हुने भएको छ । आजै विभिन्न पार्टीहरुले मन्त्रीहरुको अन्तिम नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएपछि भोली मन्त्रीपरिषद विस्तार हुने भएको हो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुगेर मन्त्री बन्नेहरूको नाम बुझाए आएका छन् ।

आइतबार बिहान उनीहरूले प्रधानमन्त्री देउवालाई नाम बुझाएको बालुवाटार श्रोतको भनाई छ । आइतबार बिहानैदेखि गठबन्धनका शिर्ष नेताहरू मन्त्रिपरिषद् विस्तारको लागि परामर्शमा जुटेका थिए ।स्रोतका अनुसार प्रचण्ड र नेपालले मन्त्रीको नाम बालुवाटारमा बुझाईसकेका छन् । अब जनता समाजवादी पार्टीले मन्त्रीको लिष्ट बुझाउन बाँकी छ ।

सर्वोच्च अदालतको परमादेशपछि गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले हालसम्म मन्त्रिपरिषद विस्तार गर्न नसक्दा गठबन्धनकै नेताहरुबाट आलोचना भइरहेको छ । यस्तो अवस्थामा छिट्टै नै मन्त्रिपरिषद विस्तारलाई अगाडी बढाउने देउवा तम्सीएका छन् ।

आइतबार तीन नेताहरुबीच भएको भेटवार्तामा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको बताइएको छ । अहिले सरकारमा माओवादीका तर्फबाट दुई र कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहति तीन मन्त्री मात्र रहेका छन् ।

एमालेमा रहँदा सरकारमा सहभागी हुने या नहुने विषयमा टुंगो लगाउन नसकेका माधवकुमार नेपाललाई पनि नयाँ दल दर्तापछि सरकरमा सहभागी हुने बाटो खुलेको छ । माधवकुमार नेपाल नेतृत्वको पार्टीले ६ मन्त्रालय पाउने पक्का भएको छ ।

देउवा नेतृत्वको सरकारमा नेपाल नेतृत्वको पार्टीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । मन्त्रीमा विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, मेटमणी चौधरीको नाम चर्चामा छ । तर नेपालले बुझाएको लिष्टमा ककसको नाम छ खुलाइएको छैन् ।

माओवादीबाट बागलुङका देवेन्द्र पौडेल मन्त्री बन्ने लगगभ निश्चित जस्तै भएको बताइन्छ । त्यस बाहेक प्रदेश १ बाट सुदन किराती र र सुरेश राई ९(हिमाल) मध्ये एक जना मन्त्री बन्नेछन् ।

त्यस्तै प्रचण्डले देउवालाई बुझाएको लिष्टमा बुहारी बिना मगरको नाम पनि समावेश गरिएको छ । स्रोतका अनुसार प्रचण्ड बुहारी मगरलाई मन्त्री बन्ने लिष्टमा पहिला नराखिए पनि अन्तिममा आएर घुसाइएको हो ।

उनलाई फेरी पनि खानेपानी मन्त्रालयको जिम्मा दिने बुझिएको छ । अघिल्लो पटक बिन मन्त्री भएपछि निकै आलोचना भएको थियो । अहिले पाि आलोचना हुने पक्का छ ।

यसै गरि : फेरी एक पटक अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले आक्रामक विज्ञापन गर्न थालेको छ । पहिला पहिला रेडियोहरुमा विज्ञापक बजाएर आलोचित बनेको एमसीसीले अहिले टेलिभिजनमा सकेत विज्ञापन बजाउन थालेको छ ।

यसको पूर्व पत्रकार तथा अधिवक्ता स्वागत नेपालले चर्को विरोध गरेका छन् । उक्त विज्ञापन रोक्न उनले चेतवानी दिएका छन् । उन्नत लोकतन्त्र पार्टी अध्यक्ष समेत रहेका नेपालले एमसीसी विरोधी अभियानलाई व्यापक रुपमा तिब्रता दिँदै लगेको छ ।

एमसीसीले अधिग्रहण गरेको जग्गानै कब्जा गरिसके पछि भने एमसीसी नराम्रो सँग रन्थनिएको छ । मौसम अनुसार विरोध गर्नेहरु धेरै निस्कीए पनि एमसीसीको निरन्तर विरोध गर्ने र खबरदारी गर्ने काम स्वागत नेपालले नेतृत्व गरेको पार्टीले मात्रै गरिरहेको छ ।अब केहि गरि पनि स्वागत नेपालसँग नसकिने भयो भनेर एससीसीले टेलिभिजनहरुमा विज्ञापन समेत बजाउँन थालेको छ ।

एमसीसी नेपाल हितको लागी हो भन्ने भम्र छर्दै बनाइएको विज्ञापन आफुलाई मूलधारको मिडिया भन्दै गर्धन फुलाउँनेहरुले निर्धक्क बजाइरहेका छन् । एमसीसी बारे भ्रामक विज्ञापन टेलिभिजनहरुमा बज्न थाले पछि जनस्तरबाट भने व्यापक विरोध भइरहेको छ ।

आइतबार दिउँसोदेखि केही टेलिभिजन सञ्चार माध्यममा एमसीसीको पक्षमा विज्ञापन बज्न थालेको कुरा एकाएक चर्चित भयो । तर सो विज्ञापनभन्दा पहिले नै उन्नत लोकतन्त्र पार्टी (एडिपि) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले रेडियो विज्ञापन मार्फत एमसीसीका सबै संरचनाहरु ध्वस्त गर्न जनतालाई आह्वान गर्दै रेडियो विज्ञापन बजाउन थालेकोले एमसीसीले सो विज्ञापन पहिल्यै तयार भएर केही समयपछि बजाउने योजना भए पनि तत्कालै बजाउन थालेको खुलेको छ ।

उक्त उन्नत लोकतन्त्र पार्टी (एडिपि) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले एमसीसीका लागि एमसीए नेपालले जमीन अधिग्रहण गरी विभिन्न संरचना निर्माण तयारी गरेकोमा ती संरचन ध्वस्त गर्न आह्वान गर्दै विज्ञापन केही दिन अघिदेखि नै बजाउँदै आएको छ ।

सो क्रममा सबैभन्दा बढी नुवाकोट जिल्लाको बेलकोटगढी वडा नं. ७ स्थित रातमाटेको अधिग्रहण गरेको जमीन एडिपि र स्वतन्त्र राष्ट्रिय अभियानले जनताका लागि नियन्त्रणमा लिई संरचना निर्माण गरे ध्वस्त गर्ने भन्दै उक्त विज्ञापन नुवाकोटकै एम एम रेडियो चिम्टेश्वरीमा बजाउँदै आएको छ ।

एडिपि अध्यक्ष स्वागत नेपालले उक्त स्थानमा ५०१ सदस्यीय प्रतिकार समिति गठन गरी क्याम्प नै खडा गरेर त्यहाँ कुनै पनि निर्माण गरिए संरचना ध्वस्त गर्न प्रशिक्षण दिन शुरु गरिएको बताए र सो प्रशिक्षणमा तथा प्रतिकार आन्दोलनमा सहभागी हुन विज्ञापनबाट जनतालाई आह्वान गरिएको बताए ।

त्यसै गरी सो एफ एमका स्टेशन म्यानेजर रामहरि न्यौपानेले सो विज्ञापन आफूहरुले पनि नैतिक रुपमा समेत जनता र देशप्रतिको जिम्मेवारी पूरा गर्न पनि बजाएको बताए ।

यसै वीच उन्नत लोकतन्त्र पार्टीले एमसीसीको पक्षमा विज्ञापन बजाउने टेलिभिजनहरुलाई तत्काल विज्ञापन रोक्नको लागि चेतावनी दिएको छ। र, आम जनसमुदायलाई पनि एमसीसीको पक्षमा विज्ञापन बजाउने सञ्चार माध्यमलाई बहिष्कार गर्न पनि आह्वान गरेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ