आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरी देउवा सभापति बन्लान ? यस्तो छ अंक गणित

प्रकाशित
565
SHARES

काठमाडौ। औं महाधिवेशनबाट पुनः नेतृत्व हत्याउने रणनीतिमा लाग्नुभएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई अघिल्लो महाधिवेशनको भन्दा बढी सकस हुने भएको छ । संस्थापनइतर पक्षका नेताहरु एकढिक्का भएर नेतृत्व लिने रणनीति बनाइरहेका बेला महाधिवेशनका लागि सहयोगी भनिएका आफ्ना पक्षका प्रभावशाली नेताहरु एकपछि अर्कोले देउवालाई छोड्दै गएका छन् ।

मुख्य गरी कांग्रेसभित्र सभापति देउवा पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र अर्का नेता कृष्णप्रसाद सिटौला पक्ष गरी तीन गुट सक्रिय थियो । देउवा पक्षका प्रभावशाली नेता उपसभापति विमलेन्द्र निधिले आफूलाई सभापतिको उम्मेदवार घोषणा गरी तयारीका गतिविधि अगाडि बढाएसँगै पार्टीभित्र चौथो गुट पनि बन्दै गएको छ ।

कांग्रेसभित्र प्रभावशाली नेताहरुको थप उपगुट पनि छ । संस्थापन पक्षइतरका वरिष्ठ नेता पौडेलका साथै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, १३औं महाधिवेशनमा सबैभन्दा बढी मत पाएर केन्द्रीय सदस्य विजयी भएका नेता डा. शेखर कोइरालालगायतका शीर्ष नेताले आफूहरु एकढिक्का भएर नेतृत्वका लागि साथ दिँदै देउवालाई नेतृत्वबाट हटाउने रणनीति बनाइरहँदा आफ्ना मुख्य सारथी निधि गुटबाट बाहिरिएपछि देउवालाई थप संकट उत्पन्न भएको हो ।

कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीका अनुसार १४औं महाधिवेशनमा देउवालाई पराजित गर्न संस्थापन पक्ष एकजुट भएर सभापतिमा एकमात्र उम्मेदवारी दिनुपर्छ । निधि बाहिरिएसँंगै १४औं महाधिवेशनमा अन्य प्रभावशाली नेता ज्ञानेन्द्रवहादुर कार्की, एनपी साउदलगायतका नेताहरुको साथ पनि देउवाले नपाउने निश्चित छ ।

अघिल्लो अधिवेशनमा देउवालाई साथ दिँदै महामन्त्रीको उम्मेदवार बनेका अर्जुननरसिंह केसीले पनि यो अधिवेशनमा देउवालाई साथ नदिने निश्चित छ । केन्द्रीय सदस्य केसी पनि अहिले वरिष्ठ नेता पौडेल पक्षमा रहेर देउवालाई नेतृत्वबाट हटाउने गतिविधिमा संलग्न हुनुहुन्छ ।

यता तेस्रो गुटको नेतृत्व गरिरहेका सिटौला पनि आफैं सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् । सिटौला गुटभित्र उमाकान्त चौधरी, भीमसेनदास प्रधान, शिव हुमागाईं, गगनकुमार थापाजस्ता प्रभावशाली नेता छन् । महाधिवेशनमा सिटौला गुटको राणनीति के हुन्छ भन्नेबारेमा भने अझै प्रस्ट भइसकेको छैन ।

सिटौला गुटका नेता शिवप्रसाद हुमागाईंका अनुसार सिटौलाको समूह अहिले पनि कायम छ । जिल्ला अधिवेशनपश्चात् महाधिवेशन प्रतिनिधिको जोडघटाउ गरेपछि मात्र नेतृत्वको सवालमा के गर्ने भन्नेबारेमा सिटौला पक्षको रणनीति बन्ने हुमागाईंको भनाइ छ ।

१२औं महाधिवेशन अघि पार्टीभित्र ४० प्रतिशत भागवण्डा लिएर राजनीति गर्दै आउनुभएका देउवालाई १३औं महाधिवेशनमा नेतृत्व दिलाउन सिटौला गुटले पनि महत्वपूर्ण भूमिका निभाएको थियो । अघिल्लो महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिटौलाले दोस्रोपटकको निर्वाचनमा देउवालाई समर्थन गरेपछि मात्र रामचन्द्र पौडेललाई पराजित गरी नेतृत्वमा पुगेका थिए ।

कांग्रेसभित्र सभापतिमा विजयी हुन दुईभन्दा बढी उम्मेदवार भएमा पनि कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । मंसिर ९ देखि १३ सम्म महाधिवेशन गर्न लागेको कांग्रेसको तल्लो तहको अधिवेशन भने भदौ १८ बाट शुरु हुँदै छ ।

महाधिवेशन नजिकिएसँगै कांग्रेस केन्द्रीय नेताहरुको ध्यान भने महाधिवेशन प्रतिनिधि निर्वाचनमा छ । प्रतिनिधिसभा क्षेत्रको अधिवेशनले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्छ । महाधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रको अधिवेशन असोज ५ गते हुँदै छ ।

यो अधिवेशनमा करिब ४ हजार ५ सय महाधिवेशन प्रतिनिधि हुने अनुमान छ । वडा अधिवेशनबाट निर्वाचित भएर आएका प्रदेशसभा क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चयन गर्ने हो ।

विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन् । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले चार महिलासहित १४ जना खुला र विभिन्न क्लस्टरबाट १० जना महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने व्यवस्था छ ।

यो हिसाबले १ सय ६५ निर्वाचन क्षेत्रबाट ४ हजार १ सय २५ जना महाधिवेशन प्रतिनिधि हुन्छन् । साथै ७७ जिल्लाका जिल्ला सभापति, केन्द्रीय सदस्यहरु, विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधि र भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाबाट आउने गरी करिब ४ हजार ५ सय महाधिवेशन प्रतिनिधि हुने अनुमान छ ।

यो पनि: चुनावको खर्च  उठाउन माधव नेपाललाई आपत

मन्त्रि  छान्ने विषयमा सैद्धान्तिक र व्यावहारिक पक्ष हुन्छन् । सैद्धान्तिक पक्षमा जो प्रधानमन्त्री हुन्छ, उसले मन्त्री कसलाई बनाउने वा कसलाई नबनाउने भन्ने निर्णय लिन्छन् ।

यो एकमना सरकार हुँदा हो । यो कुरा सिद्धान्तमा त भयो तर व्यवहारमा लागू भएन । सैद्धान्तिक रूपमा पार्टीले एउटा आधार बनाएर मन्त्रिपरिषद् बनाउनुपर्छ भन्ने आवाज संसदीय व्यवस्थामा उठिरहेको हो ।

ओलीको सनकमा देश चल्यो, संस्थागत निर्णय भएन भनेर माधव नेपालजीले लड्नुभयो । आज फेरि व्यवहारमा उहाँहरू नै त्यही काम गर्दै हुनुहुन्छ । अनुकूल जे भयो त्यो ठीक र त्यही कुरा अरूले गरेको छ भने सार्वजनिक रूपमा विरोध गर्ने नेपालका नेताहरूको चरित्र भएको छ ।

लोकतान्त्रिक दल कांग्रेस र एमालेमा यो रोग छ भने केन्द्रीयतामा विश्वास गर्ने माओवादीमा त्यो नहुने कुरै भएन । तर पार्टी गठनको प्रक्रियामा रहेको हुँदा माधवजी नै संस्था हो । उहाँबिना त्यो पार्टीको कल्पना गर्न सकिँदैन ।

नेपालमा धेरै नेता आफूलाई केन्द्रमा राखेर पार्टी बनाउँछन् । संस्था पनि त्यसैगरी बनाउँछन् । त्यसले गर्दा प्रभावकारी सेवा प्रवाह हुन सक्दैन । गरिब देशहरूमा नेताको सनकमा मन्त्री बन्ने, नेताको नजिक भएका भरमा वा आफूलाई पैसा दिने नेतालाई मन्त्री बनाउने गरिएको छ ।

हरेक उपाय अपनाएर मन्त्रीमा पुग्ने संस्कार व्यापक विकसित भएको छ । यस्तो किन भएको छ त रु पार्टी खर्चिलो छ, निर्वाचन खर्चिलो छ । त्यसैले सबै मन्त्री बनेर कमाउन चाहन्छन् । कार्यकर्ता पनि खर्चिला छन् । पैसा नभए आजकल कार्यकर्ताले नै भेट्दैनन् ।

त्यसैले नेताहरूले आफूलाई शक्तिशाली बनाउन आफ्नो मान्छेलाई मन्त्रीमा लैजाने अधिकार पनि लिन्छन् र त्यो मान्छेबाट धेरै पैसा उठाउँछन् । यसबाहेक मन्त्री बन्न पैसा बोकेर नेताकहाँ पनि जान्छन् । मन्त्री बन्न कसरी पुग्छन्, कुन ढंगले ‘एप्रोच’ गर्छन् भन्ने त मैले नै देखेको छु ।

नेताहरूले राजनीतिक शक्ति आफूमा राख्छन् । सम्पूर्ण शक्ति राख्छन् । अहिले प्रचण्डसँग राजनीतिक शक्ति पनि छ, आर्थिक शक्ति पनि छ । दुईवटै शक्ति भइसकेपछि कार्यकर्ता पनि तिनीहरूसँग नै हुन्छन् । उनीहरूले पार्टीको संगठनको शक्ति पनि राख्छन् ।

त्यसले गर्दा नेतृत्वको चाकरी नगरी टिकट नपाउने, मन्त्री बन्न नपाउने, अरू नियुक्ति नपाउने हुन्छ । ब्युरोक्रेसीमा बढुवा नपाउने समस्या हुन्छ । कांग्रेसमा मन्त्रालयको जिम्मा दिँदा केही हदसम्म पृष्ठभूमि हेरिन्थ्यो । तर प्रधानमन्त्री सर्वेसर्वा हुन्थे । प्रधानमन्त्रीलाई चित्त

नबुझ्दा आफ्नो ढंगले पनि काम हुन्थ्यो । मलाई मापदण्ड देऊ त्यसपछि आफ्नो ढंगले गर्छु भन्ने पनि थियो । गिरिजाबाबुले त्यसो गर्नुभएको थियो ।

खासमा पार्टीमा मापदण्ड बनाउने र को कहाँ किन ठीक छ भनेर रेकर्डमा राख्ने पद्धति हुनुपर्ने हो । मापदण्डअनुसार पठाउँदा अरूले पनि आफूलाई न्याय भयो भन्ने महसुस गर्छन् ।

प्रतिक्रिया