आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादीमा भुकम्प, हल्लियो खुमलटार

प्रकाशित
1.2K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रमा भूकम्प गएको छ । धादिङमा शनिवार आयोजित एक कार्यक्रममा थाक्रेका करिव १०० युवाहरु एमाले प्रवेश गरेपछि खुमलटारसम्म तरंग पुगेको हो ।

शनिबार थाक्रे ३ मा भएको संगठीत सदस्यहरुको भेलामा नेकपा माओवादी केन्द्र परित्याग गरि करिव एक सय जनाको एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र थाक्रे ३ का पार्टी अध्यक्ष निकेश तामाङ सहित सिङगो टोली एमाले प्रवेश गरेको हो ।

नेकपा एमाले थाक्रेका इन्चार्ज तथा जिल्ला कमिटी सदस्य तथा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले अबिर र खादा लगाएर सम्पूर्ण नवप्रवेशीलाई गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा थाक्रे गाउँपालिकाको उपाध्यक्ष अम्बिका रुपाखेती, एमाले जिल्ला कमिटी सदस्य गोकर्ण रुपाखेती, एमाले जिल्ला कमिटी सदस्य कुमार बैरागी लगायत एमालेबाट निर्वाचित वडा अध्यक्ष, वडा सदस्यहरु लगायतको सहभागिता थियो ।

यसै गरि : मुख्यमन्त्री त्रिलोचन भट्ट हटाइदै, को बन्दैंछ नयाँ मुख्यमन्त्री

नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालले खोलेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी गरेको छ । स्रोतका अनुसार यो प्रदेशमा यो पार्टीको सांसद् संख्या धेरै छ ।

प्रदेश २ र सुदूरपश्चिमा आफूहरुको पार्टीमा बहुमत रहेको त्यो पार्टीका नेताले जनाएका छन् । यहाँ ५३ जना सांसद रहेका छन् । यहाँ नेकपा (माओवादी केन्द्र) का त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन् । नेकपामा विवाद भएर एमाले र नेकपा (माओवादी केन्द्र) अलग–अलग भएपछि मुख्यमन्त्री भट्टले जेष्ठ २५ गते संसदमा विश्वासको मत लिएका थिए । उनलाई नेपाल पक्षले समर्थन जनाएको थियो ।

यो प्रदेशका एमालेका मुख्य नेता भीमबहादुर रावल हुन् । उनी केही दिन अघिसम्म एमालेका अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गरेका थिए । उनी अहिले एमालेमा नै फर्केका छन्, उनले नेपाललाई सहयोग गरेनन् ।

रावलसँग भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका प्रकाशबहादुर शाहमात्र गएका छन् । हिजोको दिनमा रावलसँग रहेकाले पनि अहिले आएर उनलाई छोडेका छन् । यो प्रदेशमा नेपालको पार्टीका सांसद बढी रहेका छन् । रावलले आफू जता गयो त्यता नै आफ्ना पक्षका सांसद् पनि जालान् भन्ने सोचेका थिए तर त्यो भएन ।

सुदूरपश्चिममा नेपालको पार्टीले मुख्यमन्त्री दाबी गरेको छ । पूर्व सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी र अर्का एक नेताको मुख्यमन्त्री बन्ने सम्भावना रहेको छ । यो प्रदेशबाट नेपालले सरकारको यात्रा सुरु गरे अन्य प्रदेशमा पनि आफ्नो राम्रो सम्भावना रहने नेपाल पक्षको बुझाई छ ।

यसै गरि : नेकपा एमालेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनेबारे नसोचेको बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरूसँगको कुराकानी ज्ञवालीले सभाुमखको गतिविधि निश्पक्ष नभए पनि अहिले नै महाअभियोगको प्रस्तावको विषयमा ठोस निर्णय नभएको बताउनुभयो ।

‘अहिले नै हामीले अदालत जाने वा अविश्वासको प्रस्तावको सन्दर्भमा ठोस निर्णय गरिसकेका छैनौं,’ उहाँले भन्नुभयो, ‘तर, उहाँको भूमिका निष्पक्ष भएन भन्ने कुरा जहाँ–जहाँ भन्नुपर्छ, त्यहाँ भन्छौं ।’

नेपालमा दुईवटा कानुन भएजसरी सभामुख प्रस्तुत भएको ज्ञवालीको आरोप छ । दल विभाजनमा सहजीकरण गरिदिनका लागि पार्टीले कारबाही गरेको जानकारी गराउँदा पनि पदमक्त भएको सूचना नटाँसेकाले सभामुखले पदीय आचरणसम्मत काम नगरेको उहाँको भनाइ छ ।

एमालेले आफूले कारबाही गरेको १४ सांसदलाई पदमुक्त गरेका सूचना ननिकालेको भन्दै सभामुख अग्निप्रसाद सापकोटप्रति आक्रोश व्यक्त गर्दै आएको छ ।

नेपालको राजनीतिमा ब्याक टु ब्याक फेरि तीनवटा घटना हुँदैछन् । ती घटनामा पहिलो निशानामा केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले हुनेछ । यी तीनवटै घटनाले प्रमुख प्रतिपक्षी दल एमालेलाई धक्का लाग्ने देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिँदैछन् ।

त्यसअघि नै उनले मन्त्रिपरिषद् बैठक राखेर ‘राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश २०७८’ निष्क्रिय बनाउने निर्णय गर्न लागेका छन् । जुन प्रयोजनका लागि अध्यादेश आएको हो, त्यो पूरा भइसकेकाले अब अध्यादेश निष्क्रिय बनाउन गठबन्धन दलका शीर्ष नेताको आग्रहपछि प्रधानमन्त्री देउवाले यो निर्णय गर्न लागेका हुन् ।

दल विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याए पुग्ने अध्यादेश जारी भएपछि एमाले र जसपा विभाजन भई नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको थियो । यस्तै, बागमती प्रदेश र प्रदेश १ सरकार ढल्ने भएको छ ।

दुवै प्रदेशमा हालै मात्र मुख्यमन्त्री परिवर्तन भएका थिए । बागमतीमा डोरमणि पौडेलको ठाउँमा अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा शेरधन राईको ठाउँमा भीम आचार्य मुख्यमन्त्री बनेका थिए ।

तर, दुवै प्रदेशमा नेकपा एकीकृत समाजवादीसँग खुलेका सांसदले आफूहरू एमालेमा नरहेको जनाएपछि दुवै प्रदेशमा सरकार परिवर्तन हुन लागेका हुन् । शाक्य र अचार्य दुवै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग थिए ।

तर, एमाले अध्यक्ष केपी ओलीले उनीहरूलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि दुवै ओली निकट भएका थिए । बागमती प्रदेशमा राजेन्द्र पाण्डे र प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने आन्तरिक सहमति गठबन्धन दलबीच भएको छ । प्रदेश १ मा एमालेका १० सांसद एकीकृत समाजवादीसँग खुलेका छन् । जसकारण आचार्य सरकार अल्पमतमा परेको हो ।

प्रतिक्रिया