आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बामदेवको चुरीफुरी बढ्यो, देखाए आफ्नो पावर

प्रकाशित
763
SHARES

काठमाडौं।  नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभामा निर्णायक शक्ति बनेका छन् । अब उनी सत्ता गठबन्धन या एमाले जता हुन्छन् उसैको बहुमत हुनेछ । राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ५९ सांसद छन् । नेकपा एमालेको बहुमत रहेकोमा फुटेपछि त्यो रहेन ।

अहिले एमालेका २९, नेकपा माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका ७, नेकपा एसका ७, स्वतन्त्र १ र मनोनित १ सांसद छन् । स्वतन्त्र खिमलाल देवकोटा माधवकुमार नेपालनिकट हुन् । मनोनित बामदेव गौतम हुन् ।

गठबन्धन र एमाले दुवैका बराबर २९ सांसद पुगेका छन् । बामदेव गौतमले एमाले छाडेर माधव नेपाललाई साथ दिने बताएपनि टुंगो लगाइसकेका छैनन् । त्यसैले उनी निर्णायक शक्ति भएका छन् । बामदेव जता उसैको बहुमत पुग्नेछ । बामदेवको कित्ताकाटले राष्ट्रिय सभाको अंकगणितमा ठूलो फरक पार्नेछ । यसकारण उनी शक्तिशाली बनेका छन् ।

नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका बामदेव गौतम अझै एमालेमै छन् । उनले सार्वजनिक रुपमै माधव नेपालको पक्षमा जाने बताइसकेका छन् । तर, औपचारिक रुपमा पार्टी परित्याग गरेका छैनन् ।

शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा विगतमा बोलेका माधव नेपालले एकता अभियानका आफू पक्षधरसँगको छलफलमा पनि एमाले छाड्ने बताएका थिए । उनले केपी शर्मा ओलीलाई पराजित गरेर छाड्ने भन्दै त्यसपछि मात्र कम्युनिस्ट एकताको ढोका खुल्ने धारणा राखेका थिए । तर, अहिले आएर बामदेव पार्टी छाड्ने ढिलो गर्न थालेका छन् ।

बामदेवले माधव नेपालसँग शक्ति बाँडफाँडको कुरा गरिरहेका छन् । जसमध्ये नेकपा एसमा पद र भूमिका, आफूनिकटस्थले पाउने मन्त्रीको संख्याको विषय छ । गौतम स्वयं उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिन चाहन्छन् ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवा उपप्रधानमन्त्री बनाउन चाहिरहेका छैनन् । यसकारण गौतम रोकिने सम्भावना बढेको छ । गौतम आफू सरकारमा नगए आफू पक्षधर कम्तिमा २ जनालाई महत्वपूर्ण मन्त्रालय दिने गरी सहमति गर्न खोजिरहेका छन् । यसमा माधव नेपालसँग उनको छलफल चलिरहेको बुझिएको छ । यसलाई कतिपयले बामदेवको माधव नेपालसँगको बार्गेनिङ्गका रुपमा लिन थालेका छन् ।

माधव नेपालको साथमा एमालेबाट नवौं महाधिवेशनमा निर्वाचित कुनैपनि पदाधिकारी छैनन् । यसले पनि उनलाई चुनौती बढेको छ । नेपाल बामदेवलाई पार्टीमा ल्याएर भएपनि प्रतिष्ठा जोगाएर ऊर्जा बढेको सन्देश दिन चाहिरहेका छन् । यसकारण पनि उनको बामदेवसँग सम्झौता हुने सम्भावना छ ।

यो पनि :  नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालले महत्वपूर्ण र शक्तिशाली मन्त्रालय मागेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रचण्ड तनावमा परेका छन ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन शीर्ष नेताहरुको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले महत्वपूर्ण मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने दावी पेश गरेको स्रोतको भनाइ छ ।

भर्खर गठन भएको दल र त्यसमा पनि सबै सांसद मन्त्रीको आकांक्षी रहेको भन्दै अध्यक्ष नेपालले मन्त्रालयको संख्या बढाउन र महत्वपूर्ण मन्त्रालय आफूहरुले पाउनुपर्ने बताएका थिए ।

अध्यक्ष नेपालको कुरा सुनेपछि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड भने ‘अक्क न बक्क’ बनेको स्रोतको भनाइ छ । यसअघि नै मन्त्रालयबारेमा टुंगो लागिसकेको विषय भन्दै देउवाले पूर्ववत सहमतिमै अघि बढ्न आग्रह गरेका थिए ।

अध्यक्ष नेपाललाई अहिले मन्त्री कसलाई बनाउने भन्ने विषयमा धेरै दवाव छ । २८ जना नै सांसदले मन्त्रीका लागि चर्को दवाव दिन थालेकाले उनले सो दवाव देउवा र प्रचण्डसमक्ष राखेका हुन् ।नेपालले भौतिक, परराष्ट्र, सञ्चार, उद्योग, कृषि, स्वास्थ्य, पर्यटन लगायतका मन्त्रालयमा दावी राखेका छन् ।

आफू वेटिङ प्राइमिनिस्टर भएको भन्दै नेता नेपालले २८ जना सांसद्लाई पालै पालो मन्त्री बनाउने आश्वासन दिएको एक सांसदले बताए ।पार्टीका सबैजसो सांसद्ले सरकारमा जाने इच्छा देखाएपछि नेता नेपाललाई अप्ठेरो परेको छ ।

गठबन्धनमा आबद्ध दलहरूबीचको भागबन्डाबाट प्राप्त मन्त्रालय संख्या थोरै भएकाले समस्या आएको हो । एकीकृत समाजवादीको भागमा एक राज्यमन्त्रीसहित ६ वटासम्म मन्त्रालय पर्ने सम्भावना छ । नेता मुकुन्द न्यौपाने वा बेदुराम भूसालमध्ये एकजनाको नेतृत्वमा सरकारमा जाने सम्भावना छ । तर, दुवैको अडान यथावत् छ ।

सांसद्हरू विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन र कृष्णकुमार श्रेष्ठ जसरी पनि मन्त्री हुने दाउमा छन् ।

कतिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, बिना बुढाथोकी, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा (पौड्याल), सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसीले दाबी गरेका छन् ।

नेपालले भने सरला यादवलाई उपसभामुख बनाउने, केहीलाई प्रमुख सचेतक, संसदीय समितिको सभापति बनाएर एडजस्ट गर्ने रणनीति बनाएका छन् ।

 

 

प्रतिक्रिया