आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मधेसबाट लखेटिए उपेन्द्र यादव, ज्यान जोगाउन मुस्किल

प्रकाशित
2.6K
SHARES

जनकपुरधाम।  जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव मद्येशबाट लखेटिएका छन् । आफ्नै किल्लामा उनलाई ज्यान जोगाउन मुस्किल भएको छ ।

मधेस आन्दोलनमा मधेसीको अधिकारका लागि सोझा–साझा मधेसी जनतालाई शहिद बनाएको भन्दै उनी मद्येशबाट लखेटिएका हुन् । अधिकारका लागि ज्यान गुमाएका परिवार र सम्पूर्ण मद्येशी जनताले भनेजस्तो अधिकार नपाएपछि उनीमाथि शहिद परिवार खनिएको हो ।

‘त्यो मधेसीको आन्दोलन, मधेसी नागरिकको शहादत उपेन्द्रका लागि खाली सत्ताको सिँढी चढ्ने माध्यम बन्यो ।’ भन्दै जनताहरु आक्रोशित भएका हुन् । कतिसम्म भने शहिदका परिवारले वर्षौ वित्दा पनि राहत र क्षतिपूर्ति पाएका छैनन् । पटक पटक सत्तामा पुगेका उपेन्द्रले ठोस प्याकेज ल्याउन कुनै चासो दिएनन् शहिद परिवारका लागि ।

पटक पटक आश्वासनमात्रै बाँडिरहे । मधेसी जनतालाई ठगिरहे । पटकपटक ठगेपछि शहिद परिवारको धैर्यताको बाँध टुटेको छ । हालै जनकपुर पुगेका उपेन्द्रलाई शहिद परिवारका सदस्यले नाराबाजी गरेर लखेटेका छन् । भित्र कार्यक्रम हुँदा बाहिर शहिद परिवारका सदस्यले आफूहरुलाई पटक पटक ठगेको भन्दै नाराबाजी गरेका थिए ।

उनीहरुको नाराबाजीका बिच केही शहिद परिवारका सदस्यलाई एउटा गम्छन दिएर सम्मानका नाममा भुल्याउन खोजे पनि सफल भएनन् । अन्तत मधेसी शहिद परिवारको नाराबाजीबिच उपेन्द्र त्यहाँबाट बाहिरिए ।

विभिन्न आश र भरोसा बोकेर उपेन्द्र कहाँ गएका शहिद परिवारलाई उनले एक गम्छा दिएर ठगे । शहिदको परिवारले पाउने क्षतिपूर्ति पहिला संघीय सरकारले दिन्थ्यो ।

अहिले संघबाट तानेर प्रदेशमा ल्याइएको छ । तर ३ वर्ष वित्दा पनि उपेन्द्रका कार्यकर्ता लालबाबु राउत मुख्यमन्त्री बनेर आफ्नै पार्टीको सरकार हुँदा बाँडिएको छैन ।

उपेन्द्रले शहिद परिवार भुल्याउन यसपालि पनि आफ्नै पार्टी नेतृत्वको प्रदेश सरकारलाई शहीद परिवारको भरण पोषण तथा घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन निर्देशन पनि दिए । यो निर्देशन यादवले विगत ३ वर्षदेखि दिँदै आएका छन् ।

तर शहिद परिवार रोडमा छन् । शहिद परिवारको भावनासँग खेलवाड गरी विभिन्न कार्यक्रममा सहयोगको नाममा बोलाएर गम्छा दोसल्ला दिएर नै ठग्दै आएका छन् ।

शहिद परिवारहरुलाई रोजगारी, घाईतेको उपचार सहितको वाचाहरु यादवले विगतदेखि नै गर्दै आएका छन् । शहिद परिवारको नाममा विनियोजन गरिएको रकमलाई विभिन्न योजना र जनप्रतिनिधिहरुको तलब भत्तामा राखेको भन्दै केही दिनअघि शहिद परिवारहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन समेत गरेका थिए ।

प्रदेश सरकार बनेको ४ बर्ष भएपनि शहिद परिवारहरुले रोजगारी पाउन सकेको छैनन् । कार्यक्रममा सहभागी शहिद परिवारका सदस्यले पटक पटक आश्वासन दिएर आफूहरुलाई ठगेको गुनासो गरेका थिए ।

यसै गरि : लामो समयदेखि अट्किएको मन्त्रीपरिषदु विस्तारको काम भोली हुने भएको छ। आजै विभिन्न पार्टीहरुले मन्त्रीहरुको अन्तिम नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएपछि भोली मन्त्रीपरिषद विस्तार हुने भएको हो।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुगेर मन्त्री बन्नेहरूको नाम बुझाए आएका छन्।

आइतबार बिहान उनीहरूले प्रधानमन्त्री देउवालाई नाम बुझाएको बालुवाटार श्रोतको भनाई छ । आइतबार बिहानैदेखि गठबन्धनका शिर्ष नेताहरू मन्त्रिपरिषद् विस्तारको लागि परामर्शमा जुटेका थिए। स्रोतका अनुसार प्रचण्ड र नेपालले मन्त्रीको नाम बालुवाटारमा बुझाईसकेका छन् । अब जनता समाजवादी पार्टीले मन्त्रीको लिष्ट बुझाउन बाँकी छ।

सर्वोच्च अदालतको परमादेशपछि गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले हालसम्म मन्त्रिपरिषद विस्तार गर्न नसक्दा गठबन्धनकै नेताहरुबाट आलोचना भइरहेको छ। यस्तो अवस्थामा छिट्टै नै मन्त्रिपरिषद विस्तारलाई अगाडी बढाउने देउवा तम्सीएका छन् ।

आइतबार तीन नेताहरुबीच भएको भेटवार्तामा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको बताइएको छ । अहिले सरकारमा माओवादीका तर्फबाट दुई र कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहति तीन मन्त्री मात्र रहेका छन् ।

एमालेमा रहँदा सरकारमा सहभागी हुने या नहुने विषयमा टुंगो लगाउन नसकेका माधवकुमार नेपाललाई पनि नयाँ दल दर्तापछि सरकरमा सहभागी हुने बाटो खुलेको छ । माधवकुमार नेपाल नेतृत्वको पार्टीले ६ मन्त्रालय पाउने पक्का भएको छ ।

देउवा नेतृत्वको सरकारमा नेपाल नेतृत्वको पार्टीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । मन्त्रीमा विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, मेटमणी चौधरीको नाम चर्चामा छ । तर नेपालले बुझाएको लिष्टमा ककसको नाम छ खुलाइएको छैन् ।

माओवादीबाट बागलुङका देवेन्द्र पौडेल मन्त्री बन्ने लगगभ निश्चित जस्तै भएको बताइन्छ । त्यस बाहेक प्रदेश १ बाट सुदन किराती र र सुरेश राई ९(हिमाल) मध्ये एक जना मन्त्री बन्नेछन् ।

त्यस्तै प्रचण्डले देउवालाई बुझाएको लिष्टमा बुहारी बिना मगरको नाम पनि समावेश गरिएको छ । स्रोतका अनुसार प्रचण्ड बुहारी मगरलाई मन्त्री बन्ने लिष्टमा पहिला नराखिए पनि अन्तिममा आएर घुसाइएको हो ।

उनलाई फेरी पनि खानेपानी मन्त्रालयको जिम्मा दिने बुझिएको छ । अघिल्लो पटक बिन मन्त्री भएपछि निकै आलोचना भएको थियो । अहिले पनि  आलोचना हुने पक्का छ ।

यो पनि :  नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालले महत्वपूर्ण र शक्तिशाली मन्त्रालय मागेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रचण्ड तनावमा परेका छन ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन शीर्ष नेताहरुको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले महत्वपूर्ण मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने दावी पेश गरेको स्रोतको भनाइ छ ।

भर्खर गठन भएको दल र त्यसमा पनि सबै सांसद मन्त्रीको आकांक्षी रहेको भन्दै अध्यक्ष नेपालले मन्त्रालयको संख्या बढाउन र महत्वपूर्ण मन्त्रालय आफूहरुले पाउनुपर्ने बताएका थिए ।

अध्यक्ष नेपालको कुरा सुनेपछि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड भने ‘अक्क न बक्क’ बनेको स्रोतको भनाइ छ । यसअघि नै मन्त्रालयबारेमा टुंगो लागिसकेको विषय भन्दै देउवाले पूर्ववत सहमतिमै अघि बढ्न आग्रह गरेका थिए ।

अध्यक्ष नेपाललाई अहिले मन्त्री कसलाई बनाउने भन्ने विषयमा धेरै दवाव छ । २८ जना नै सांसदले मन्त्रीका लागि चर्को दवाव दिन थालेकाले उनले सो दवाव देउवा र प्रचण्डसमक्ष राखेका हुन् ।

नेपालले भौतिक, परराष्ट्र, सञ्चार, उद्योग, कृषि, स्वास्थ्य, पर्यटन लगायतका मन्त्रालयमा दावी राखेका छन् । आफू वेटिङ प्राइमिनिस्टर भएको भन्दै नेता नेपालले २८ जना सांसद्लाई पालै पालो मन्त्री बनाउने आश्वासन दिएको एक सांसदले बताए ।

पार्टीका सबैजसो सांसद्ले सरकारमा जाने इच्छा देखाएपछि नेता नेपाललाई अप्ठेरो परेको छ । गठबन्धनमा आबद्ध दलहरूबीचको भागबन्डाबाट प्राप्त मन्त्रालय संख्या थोरै भएकाले समस्या आएको हो ।

एकीकृत समाजवादीको भागमा एक राज्यमन्त्रीसहित ६ वटासम्म मन्त्रालय पर्ने सम्भावना छ । नेता मुकुन्द न्यौपाने वा बेदुराम भूसालमध्ये एकजनाको नेतृत्वमा सरकारमा जाने सम्भावना छ । तर, दुवैको अडान यथावत् छ ।

सांसद्हरू विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन र कृष्णकुमार श्रेष्ठ जसरी पनि मन्त्री हुने दाउमा छन् ।

कतिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, बिना बुढाथोकी, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा (पौड्याल), सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसीले दाबी गरेका छन् ।

नेपालले भने सरला यादवलाई उपसभामुख बनाउने, केहीलाई प्रमुख सचेतक, संसदीय समितिको सभापति बनाएर एडजस्ट गर्ने रणनीति बनाएका छन् ।

प्रतिक्रिया