आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

केपी ओली जेल जानसक्ने, दशा विग्रीएपछि लाग्यो अपत्यारीलो झट्का

प्रकाशित
0.9K
SHARES

काठमाडौ। केपी ओलीलाई माधव नेपालले सम्झाइदिए महालेखाको प्रतिवेदन, जेल जानसक्ने ठोकुवा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पोल खोलिदिएका छन् । आफूलेजस्तो काम कसैले गरेको छैन भनेर दाबी गर्ने एमाले अध्यक्ष ओलीको पोल खोलिदिएका हुन् ।

नेकपा समाजवादी पार्टीको संसदीय दलको बैठकलाई संबोधन गर्दै ओलीले भ्रष्टचारीहरुको संरक्षण गरेको बताए । नेपालले आफूले धेरै काम गरेको भन्ने ओलीलाई एक पटक महालेखा परीक्षकको प्रतिवेदन पढ्न आग्रह गरेका छन् । एमाले विभाजन गरेर बनाएको नयाँ पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष नेपालले ओलीको चर्को आलोचना गर्दै फुर्ती नलगाउन आग्रह गरे ।

ओलीले आफूले जे बोल्यो, त्यो ब्रह्मवाक्य हुनुपर्ने सोच्ने गरेको र आफूलेजस्तो काम कसैले गरेको छैन भन्ने दाबी गर्ने गरेको भन्दै उनले भने, ‘महालेखाको प्रतिवेदन पढ्नुस् त ।’ओली काण्ड लगायतका विषयमा प्रश्न उठ्दा ओलीले कहिल्यै छानविन गर्न गम्भीरता नदेखाएको उनले बताए । ‘यदि उहाँको संलग्नता छैन भने छानविन गर्न किन बाधा गर्नुपर्यो ?’ उनले ओलीलाई प्रश्न गरेका छन् ।

उनले ७० करोड काण्ड, स्वास्थ्य सामाग्री खरिद काण्ड, वाइडवडी काण्ड, बालुवाटार काण्डमा आफ्नो नजिकका नेताहरुलाई बचाएको आरोप लगाए । यी काण्डहरुको निश्पक्षा छानविन गर्न अबरोध गरेको भन्दै दोषीलाई कारबाही गरेर जेठ हाल्न पर्ने ठाउँमा संरक्षण गरेको बताए ।

यसै गरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अर्को झट्का लागेको छ । नेकपा एमालेले ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गरेका १४ सांसदको पद नजाने भएपछि उनलाई झट्का लागेको हो ।

एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गरेको हो ।

संसद सचिवालय स्रोतले भन्यो ‘निर्वाचन आयोगमा छुट्टै दल दर्ता भएर आएकाले उनीहरुको सम्बन्धमा कारबाही गर्नुपर्ने अवस्था देखिएन ।’

नेकपा एमालेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई ह्वीप उल्लंघन गरेको भन्दै माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेर संसदलाई भदौ १ गते नै जानकारी गराएको थियो ।

तर संसद सचिवालयले कारबाही गर्न ढिलाइ गर्दै आएको थियो । यो विषयमा एमालेले विराध गर्दै आइरहेको थियो ।

यसबीचमा निर्वाचन आयोगले माधवकुमार नेपालको अध्यक्षतामा छुट्टै दल दर्ता गरेपछि संसद सचिवालयले ती सांसदलाई कारबाही गर्न नपर्ने भनी निर्णय गरेको हो ।

यसै गरि ,

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव मद्येशबाट लखेटिएका छन् । आफ्नै किल्लामा उनलाई ज्यान जोगाउन मुस्किल भएको छ ।मधेस आन्दोलनमा मधेसीको अधिकारका लागि सोझा–साझा मधेसी जनतालाई शहिद बनाएको भन्दै उनी मद्येशबाट लखेटिएका हुन् ।

अधिकारका लागि ज्यान गुमाएका परिवार र सम्पूर्ण मद्येशी जनताले भनेजस्तो अधिकार नपाएपछि उनीमाथि शहिद परिवार खनिएको हो ।‘त्यो मधेसीको आन्दोलन, मधेसी नागरिकको शहादत उपेन्द्रका लागि खाली सत्ताको सिँढी चढ्ने माध्यम बन्यो ।’ भन्दै जनताहरु आक्रोशित भएका हुन् ।

कतिसम्म भने शहिदका परिवारले वर्षौ वित्दा पनि राहत र क्षतिपूर्ति पाएका छैनन् । पटक पटक सत्तामा पुगेका उपेन्द्रले ठोस प्याकेज ल्याउन कुनै चासो दिएनन् शहिद परिवारका लागि ।पटक पटक आश्वासनमात्रै बाँडिरहे । मधेसी जनतालाई ठगिरहे । पटकपटक ठगेपछि शहिद परिवारको धैर्यताको बाँध टुटेको छ ।

यो पनि : लामो समयदेखि अट्किएको मन्त्रीपरिषदु विस्तारको काम भोली हुने भएको छ । आजै विभिन्न पार्टीहरुले मन्त्रीहरुको अन्तिम नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएपछि भोली मन्त्रीपरिषद विस्तार हुने भएको हो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुगेर मन्त्री बन्नेहरूको नाम बुझाए आएका छन् ।

आइतबार बिहान उनीहरूले प्रधानमन्त्री देउवालाई नाम बुझाएको बालुवाटार श्रोतको भनाई छ । आइतबार बिहानैदेखि गठबन्धनका शिर्ष नेताहरू मन्त्रिपरिषद् विस्तारको लागि परामर्शमा जुटेका थिए ।स्रोतका अनुसार प्रचण्ड र नेपालले मन्त्रीको नाम बालुवाटारमा बुझाईसकेका छन् । अब जनता समाजवादी पार्टीले मन्त्रीको लिष्ट बुझाउन बाँकी छ ।

सर्वोच्च अदालतको परमादेशपछि गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले हालसम्म मन्त्रिपरिषद विस्तार गर्न नसक्दा गठबन्धनकै नेताहरुबाट आलोचना भइरहेको छ । यस्तो अवस्थामा छिट्टै नै मन्त्रिपरिषद विस्तारलाई अगाडी बढाउने देउवा तम्सीएका छन् ।

आइतबार तीन नेताहरुबीच भएको भेटवार्तामा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको बताइएको छ । अहिले सरकारमा माओवादीका तर्फबाट दुई र कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहति तीन मन्त्री मात्र रहेका छन् ।

एमालेमा रहँदा सरकारमा सहभागी हुने या नहुने विषयमा टुंगो लगाउन नसकेका माधवकुमार नेपाललाई पनि नयाँ दल दर्तापछि सरकरमा सहभागी हुने बाटो खुलेको छ । माधवकुमार नेपाल नेतृत्वको पार्टीले ६ मन्त्रालय पाउने पक्का भएको छ ।

देउवा नेतृत्वको सरकारमा नेपाल नेतृत्वको पार्टीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । मन्त्रीमा विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, मेटमणी चौधरीको नाम चर्चामा छ । तर नेपालले बुझाएको लिष्टमा ककसको नाम छ खुलाइएको छैन् ।

माओवादीबाट बागलुङका देवेन्द्र पौडेल मन्त्री बन्ने लगगभ निश्चित जस्तै भएको बताइन्छ । त्यस बाहेक प्रदेश १ बाट सुदन किराती र र सुरेश राई ९(हिमाल) मध्ये एक जना मन्त्री बन्नेछन् ।

त्यस्तै प्रचण्डले देउवालाई बुझाएको लिष्टमा बुहारी बिना मगरको नाम पनि समावेश गरिएको छ । स्रोतका अनुसार प्रचण्ड बुहारी मगरलाई मन्त्री बन्ने लिष्टमा पहिला नराखिए पनि अन्तिममा आएर घुसाइएको हो ।

उनलाई फेरी पनि खानेपानी मन्त्रालयको जिम्मा दिने बुझिएको छ । अघिल्लो पटक बिन मन्त्री भएपछि निकै आलोचना भएको थियो । अहिले पाि आलोचना हुने पक्का छ ।

प्रतिक्रिया