आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पितामाथि लाग्यो बला’त्कारको आरोप, अदालतमा भने – ‘छोरीले सुरु गरेकी हुन्

प्रकाशित
1.7K
SHARES

काठमाडौ। बला’त्कारको आरोप लागेका एक पिताले अदालतमा सुनुवाइको क्रममा आफ्नो बचाउ गर्दै आफ्नी छोरीले नै नशाको तालमा यौन सम्बन्धको सुरुवात गरेको बताएका छन् । घटना सिंगापुरको हो । सोमबार भएको सुनुवाइमा पिताले छोरीको बारेमा धेरै जानकारी दिए ।

च्यानलन्यूजएसियाको रिपोर्ट अनुसार ५२ वर्षमा पितामाथि ३ वर्ष पहिले २३ वर्षकी छोरीलाई बला’त्कार गरेको आरोप छ। पिताले अदालतमा उनकी छोरीले एक्लोपन महसुस गरिरहेकाले उनले यस्तो गरेको बताएका छन् । पितामाथि बला’त्कार, यौन हिंसा, डर ध’म्की दिएको जस्ता ९ आरोप छन् ।

पुलिसले अदालतमा उनले चक्कु देखाएर धम्क्याएर छोरीलाई बला’त्कार गरेको भनेको थियो । अदालतका दस्तावेजहरुका अनुसार बला’त्कारको घटना १७ मार्च २०१६ मा भएको थियो । यस क्रममा पिता र छोरी दुवै नशामा थिए । पिताले अदालतमा छोरीसँग यौन सम्बन्ध राखेको स्वीकार गरे तर जबरजस्ती गरेको आरोप भने अस्वीकार गरेका छन् ।

उनले अदालतमा छोरीले लगातार रक्सी पिउने र ड्रग्स पनि लिने बताए । २०१४ मा बिहेको केही हप्तामै छोरीको सम्बन्धविच्छेद भएको उनले जानकारी दिए । उनीहरु एक अर्कालाई माया गर्थे र छोरीको विषयमा उनको मनमा कुनै नकारात्मक सोच थिएन । उनले छोरीलाई यौन सम्बन्धको सुरुवात गर्दा किन रोकेनन् भन्ने प्रश्नमा उनले आफूले छोरीमाथि कहिल्यै हात नउठाउने र गाली नगर्ने गरेको बताए ।

यसै गरि महिलाले श्रीमानका लागि ढोका खुल्लै राखेर सुत्दा छिमेकी घरभित्र पसेर बला’त्कार गरेका छन्।

भारतको नोएडाको गौतम बुद्ध नगरमा झस्काउने खालको बला’त्कारको घटना भएको छ । नोएडाको फेस २ को भंगेल क्षेत्रमा एक महिला घरभित्र सुतेकी थिइन् । उनका श्रीमान छतमा सुतिरहेका थिए । महिलालाई आफ्ना श्रीमान राती उठेर घरभित्र आउँछन् भन्ने लागेको थियो त्यसैले उनले घरको ढोका खुल्लै राखेर सुतेकी थिइन् ।

भारतीय मिडियाका अनुसार घरको ढोका खुल्लै देखेपछि छिमेकका एक युवक छतको बाटो घरभित्र पसेर महिलालाई बला’त्कार गरे । पुलिसले सूचनापछि मुद्दा दर्ता गरेर आरोपीलाई पक्राउ गरेको छ । जाँच अधिकारीले भारतीय मिडियालाई बताएअनुसार यी महिलाले छिमेकका रिंकु नामका एक युवकमाथि बलात्कारको आरोप लगाएकी छिन् । रिंकुले महिलालाई डर ध’म्की देखाएर कुटपिट पनि गरेको बताइएको छ ।

यसै गरि १५ वर्षकी बालिकालाई औषधि खुवाएर कम्तीमा २० जनाले ८ दिनसम्म बला’त्कार

१५ वर्षकी एक किशोरीलाई पहिले नयाँ स्कुल जाने झोला किनिदिने भन्दै लोभ्याएर अपहरण गरियो । त्यसपछि उनलाई ८ दिनसम्म कम्तीमा २० फरक फरक व्यक्तिले बला’त्कार गरेका छन् । प्रहरीले यस विषयमा करिब १८ जनालाई पक्राउ गरेको छ जसमा ४ जना नाबालिग भएको बताइएको छ । उजुरी दर्ता भएको १० दिनसम्म पनि कुनै कारवाही नगरेको आरोपमा २ जना प्रहरीलाई निलम्बन गरिएको छ ।

१५ वर्षकी ती किशोरीलाई एक साथी र अर्का एक किशोरले सकुल ब्याग किनिदिने भन्दै भारतको झलावार सहरमा लिएर गएको टाइम्स अफ इण्डियाले जनाएको छ । पीडितका अनुसार त्यसपछि उनलाई पार्ककमा लगेर नशालु औषधि ख्वाइयो त्यसपछि उनलाई २ वा तीन जनाले बलात्कार गरे । पीडितका अनुसार त्यसपछि उनलाई कैयौं पुरुषहरुले बलात्कार गरे । बला’त्कार गर्नेहरुमध्ये ४ जना नाबालिग थिए । उनलाई ८ दिनसम्म सहरका विभिन्न स्थानहरुमा लगेर बला’त्कार गरिएको थियो ।

अहिले यस घटनासँग सम्बन्धित कम्तीमा १८ जनालाई पक्राउ गरिएको छ । २ बरिष्ठ पुलिस अधिकारीलाई निलम्बन गरिएको अधिकारीहरुले पुष्टि गरेका छन् । स्थानीय पुलिसका एसपी शरद चौधरीले भने ‘यी पुलिस अधिकारीहरु घटनाको १० दिनसम्म पनि कुनै कारवाही अगाडि बढाउन र किशोरीको रक्षा गर्न असफल रहेका थिए ।’ बाल कल्याण समितिका सदस्यहरु बालिकाको घरमै पुगेर उनको बयान रेकर्ड गरेका छन् ।

 

प्रतिक्रिया