आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काबुल विमानस्थलमा अर्को आ’क्र’मण हुन सक्ने अमेरिकी राष्ट्रपतिको चेतावनी

प्रकाशित
1.7K
SHARES

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आक्रमण हुन सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् । सैनिक कमान्डरहरूले आइतबारसम्ममा नै अर्को आ’क्र’मण हुनसक्ने जानकारी दिएको उनको भनाइ छ । स्टेट डिपार्टमेन्टले जोखिमलाई मध्यनजर गदै यसअघि नै सो क्षेत्रबाट टाढा रहन आफ्ना नागरिकहरूलाई चेतावनी जारी गरेको छ ।

बेलायतले उद्धार कार्य बन्द गरिसक्दा अमेरिकाले भने काबुलबाट उद्धारलाई जारी राखेको छ । बिहीबार विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा १७० जनाले ज्यान गुमाएका थिए । इस्लामिक स्टेटको स्थानीय सङ्गठन इस्लामिक स्टेट इन खोरासान प्रान्त (आईएस–के) ले उक्त हमलाको जिम्मेवारी लिएको छ ।

यसको बदलामा अमेरिकाले शुक्रबार पूर्वी अफगानिस्तानमा ड्रोन ह’मला गरेको थियो । हमलामा आईएस–के दुई जना उच्च सदस्य मारिएको अमेरिकाको दाबी छ । मारिने दुई जनामा एकजना योजनाकार र एकजना सहयोगी भएको बताइएको छ । तर, उनीहरू नै काबुलको विमानस्थलमा भएको हमलामा प्रत्यक्ष रुपमा संलग्न थिए भन्ने चाहिँ स्पष्ट पारिएको छैन । ‘यो अन्तिम आ’क्र’मण होइन । हामी उक्त विभत्स आ’क्र’मणमा संलग्नहरूको खोजी कार्यलाई जारी राखेर उनीहरूलाई मूल्य चुकाउन बाध्य पार्ने छौँ,’ बाइडेनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आईएस–के अफगानिस्तानमा रहेका जिहादी सश’स्त्र समूहमध्ये सबैभन्दा चरमपन्थी र हिं’स्रक मानिन्छ । तालिबानले अमेरिकासँग शान्ति सम्झौता गरेर यु’द्ध मैदानबाट भागेको उसको आरोप छ । यता, तालिबानले भने अमेरिकाको ड्रोन हमलाको आलोचना गरेको छ । कुनै पनि आक्रमण गर्दा आफूसँग सल्लाह हुनुपर्ने तालिबानको भनाइ रहेको छ ।

बम ह’मलामा मा’रिएकी २३ वर्षीया निकोल गी

काबुल विमानस्थलबाट अमेरिकी सेना पनि फर्किन थालेका छन् । गत हप्ता ५ हजार ८ सय सेना रहेकोमा हाल करिब ४ हजार सेना विमानस्थलमा रहेका छन् । ह्वाइट हाउसले अबका केही दिन थप चुनौतीपूर्ण र खतरनाक हुन बताएका छ । तालिबानले विमानस्थल वरपर चेकजाँचलाई थप बढाएको छ । दुई हप्ता यता १ लाख १० हजारभन्दा बढी अमेरिकी र अफगान नागरिकको अफगानिस्तानबाट उद्धार भइसकेको छ ।

अमेरिकालाई तालिबानको प्रस्तावः सेना फिर्ता गरेपनि दूतावास बन्द नगर्नु

अमेरिकाले यतिबेला अफगानिस्तानबाट आफ्ना नागरिक, सेना र कूटनीतिज्ञहरु स्वदेश फर्काइरहेको छ। अमेरिकाले दूतावासहरु यसरी खाली गरिरहेको छ, त्यसबाट बुझ्न सकिन्छ अमेरिकाले तालिबानको सरकारसँग कूटनीतिक सम्बन्ध गाँस्ने देखिँदैन।

तालिबानले ३१ अगष्टसम्म सम्पूर्ण अमेरिकी सेना फर्किसक्नुपर्ने बताएको छ। यसबीचमा तालिबालने सेना फर्काए पनि अमेरिका र अफगानिस्तानबीचको कूटनीतिक सम्बन्ध कायम हुनुपर्ने बताएको छ। तालिबानले अमेरिकालाई दूतावास बन्द नगर्न प्रस्ताव गरेको हो।

वासिङ्टन पोस्टका अनुसार तालिबानको प्रस्तावमा अमेरिकाले अहिले विचार गरिरहेको छ र कुनै फैसला लिइएको छैन। अमेरिकी विदेशमन्त्रालयका अनुसार १५ अगष्टदेखि यतिबेला अमेरिकी दूतावासको काम काबुलको विमानस्थलबाट भइरहेको छ।

अमेरिकासँगको कूटनीतिक सम्बन्ध कामय भइराखे आफूलाई विश्वभरका राष्ट्रले मान्यता दिन्छकि भन्ने तालिबानको दाउ भएको बताइएको छ। विश्व समुदायसँग सम्बन्ध राखिराख्न तालिबानले कोसिस गरेपछि अमेरिकाले यस विषयमा छलफल जारी राखेको छ।

अमेरिकामा भएको अफगान सम्पत्ति यसअघि अमेरिकाले नदिने बताएको थियो। त्यससँगै आइएमएफ र विश्व बैंकले अफगानिस्तानलाई आर्थिक सहयोग नदिने भएपछि तालिबानलाई सरकार चलाउन सकस देखिएको छ। यदी अफगानिस्तानसँग कूटनीतिक सम्बन्ध भइराखे अमेरिकाले अफगानिस्तानको सम्पत्ति फुकुवा गर्नुपर्ने हुन्छ।

यसै गरि ,

तालिवान वि’द्रो’हीहरुले सत्ता कब्जा गरेपछि त्रास फैलिइरहेका बेला अफगनिस्तानमा भूकम्पले अर्को त्रास थपिदिएको छ ।

स्थानीय समयअनुसार शनिबार अफगानिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा भूकम्प गएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार ४।५ म्याग्नीच्युडको भूकम्पका कारण आमनागरिकमा त्रास फैलिएको छ । यो समाचार लेख्दासम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको पनि अधिकारीहरुले जनाएका छन् ।

भूकम्पले पारेको क्षतिका बारेमा थप विवरण आउन बाँकी रहेको र भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।अमेरिकाद्वारा एक दिनमा ६८ सयको उद्धार।

अफगानिस्तान छाडेर बाहिरिन चाहेका व्यक्तिहरुलाई उद्धार गर्ने क्रममा अमेरिकाले थप छ हजार ८०० लाई उद्धार गरेको छ । तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेको अधिकारीहरुले जनाएका छन् ।

तीमध्ये हजारौँ व्यक्तिलाई अमेरिकी र अन्य विभिन्न देशका विमानले उद्धार गरेर विभिन्न देशमा लगिदिने गरेका छन् । यही अगस्ट १४ देखि अहिलेसम्म दैनिक हजारौँ मानिस अफगानिस्तान छाडेर अन्य देश गएका छन् । पछिल्लो २४ घण्टामा अमेरिका विमानबाट मात्रै झण्डै छ हजार ८०० मानिस बाहिरिएको अधिकारीहरुले जनाएका छन् ।

योसँगै अफगानिस्तानबाट अमेरिकाले अहिलेसम्म उद्धार गरेकाहरुको सङ्ख्या एक लाख ११ हजार ९०० पुगेको छ । अफगानिस्तानको केन्द्रीय राजधानी काबुलस्थीत अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई उद्धार गरिएको हो । अफगानिस्तान छोड्न चाहनेको भीड विमानस्थलमा निरन्तर लागेपछि उनीहरुलाई रोक्न बिहीबार विमानस्थल नजिकै बम वि’स्फोटन गराइएको थियो । वि’स्फोटनमा परी १०० भन्दा बढीको मृत्यु भएको छ । तर पनि त्यहाँ जम्मा हुने क्रम र उद्धार गर्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ