आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डलाई बालुवाटार बोलाएर देउवाले झपारे, हस् ! हुन्छ भन्दै फर्किए प्रचण्ड

प्रकाशित
892
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाबुवाटारमा बोलाएर झपारेका छन् । मन्त्रीहरुको नामावली दिन ढिलाई गरेको भन्दै प्रचण्डलाई देउवाले बालुवाटारमै बोलाएर झपारेका हुन् ।

‘तपाईँ मलाई असफल बनाउन खोज्ने ? सरकार बनेको ४७ दिन बितिसक्यो । किन मन्त्रीको नाम दिनु भएन् ।’ देउवाको भनाई उढृड गर्दै श्रोतले भन्यो, ‘पहिला माधव नेपाललाई कुर्नुहोस् भन्नुभयो । नयाँ पार्टी बन्दा पनि किन ढिलाई । अरे वावा छिटो गर्नुहोस् ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तार छिट्टै हुने प्रचण्डले वचन दिएको श्रोतको भनाई । प्रचण्डले लगभग मन्त्रीहरुको लिष्ट तयार गरिसकेका छन् ।

भेटमा सरकारलाई यथाशिघ्र पूर्णता दिनेबारे प्रचण्डले वचन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । दाहालले यसअघि माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता भएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो टुंगाउन आग्रह गरे । माधव नेपाल र उपेन्द्र यादवलाई पनि छिटो टुंग्याउन पहल गर्न प्रचण्डको ध्यानाकर्षण गराए । आज हुने भनिएको मन्त्रीपरिषद विस्तार नहुने भएको छ । नेकपा एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले मन्त्री छान्न नसक्दा मन्त्रीपरिषद विस्तार रोकिएको हो ।

सत्ता गठबन्धनमा रहेका नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा) मा मन्त्रीका आकांक्षी मिलाउन नेतृत्वलाई हम्मेहम्मे परेको छ । एमालेको औपचारिक विभाजनलगत्तै सरकारको काम तीव्र पार्ने बताएका सत्ता गठबन्धनका नेताहरूले मन्त्रिपरिषद् विस्तारमा अझै दुई–तीन दिन लाग्ने संकेत गरेका छन् ।

कुन दलले कति मन्त्रालय लिने टुंगो लागे पनि कसले कुन मन्त्रालय लिने भन्ने पनि मिलिसकेको छैन ।प्रधानमन्त्रीनिकट एक नेताका अनुसार कांग्रेस र माओवादीमा धेरै समस्या नदेखिए पनि एकीकृत समाजवादी र जसपामा आन्तरिक मतभेद हुने सम्भावना रहेकाले मन्त्रिपरिषद् विस्तार उनीहरूले नाम दिएलगत्तै गर्ने तयारी छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद् विस्तार केही दिनभित्रै हुने र त्यसपछि सरकारको काम प्रभावकारी हुने बताए । ‘अब धेरै ढिला हुन्न । केही दिनभित्रै विस्तार होला,’ उनले भने, ‘त्यसपछि सरकारको काम चुस्त हुन्छ ।’ स्रोतका अनुसार जसपाका नेताहरू दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता नगरी मन्त्रिपरिषद् विस्तारमा जाँदा पार्टीभित्र समस्या आउन सक्ने बुझाइमा छन् । खास गरेर जसपा र एकीकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै छन् ।

महन्थ ठाकुर पक्षका सांसदहरूले मन्त्रीकै लोभमा कित्ता परिवर्तन गरेका थिए । तत्कालीन केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका आठ सांसद पनि मन्त्रीकै आसमा माधव नेपालतिर लागेका थिए ।

सत्तारूढ दलहरूभित्रै मन्त्रीका आकांक्षीको चित्त बुझाउन नसक्दा पनि अलमल भइरहेको नेताहरूले बताएका छन् । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटीका एक सदस्यले भने, ‘हामीले सरकारमा पठाउने पात्रको विषयमा शुक्रबार छलफल गरेका छौं । आकांक्षी धेरै देखिएका छन्, कसरी व्यवस्थापन गर्ने भन्ने समस्या परेको छ ।’

तर, ती नेताले विवादका बीच पनि मापदण्ड बनाएर नाम टुंग्याउनुको विकल्प नरहेको बताए । ‘सरकारमा जाने औपचारिक निर्णय गरिसक्यौं, व्यक्तिव्यक्तिका अनुहार हेर्ने हो भने सबै उस्तै देखिन्छन्, त्यसकारण मापदण्ड बनाउने र टुंग्याउने भन्नेछ, त्यसो गर्दा विवाद पनि कम हुन्छ,’ ती नेताले भने ।

अहिलेसम्म युवा र महिलाको नेतृत्व गर्दै रामकुमारी झाँक्रीलाई मन्त्री बनाउने भन्नेमा करिबकरिब सहमति जुटेको उनले बताए । त्यसबाहेक प्रदेश १ बाट भवानी खापुङले दाबी गरेका छन् भने वाग्मती प्रदेशबाट विरोध खतिवडा र जीवनराम श्रेष्ठको दाबी छ ।

गण्डकी प्रदेशबाट किसान श्रेष्ठको मुख्य दाबी छ । सुदूरपश्चिम प्रदेशबाट शेरबहादुर कुँवर र प्रेम आलेले दाबी गरेका छन् । उनका अनुसार एकीकृत समाजवादीले उपसभामुखमा पनि दाबी गरेको छ । उपसभामुख पाए प्रदेश २ बाट एक जना महिलालाई अघि सार्ने तयारी छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धनले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार गरी सरकारका प्राथमिकतालाई अगाडि बढाउने बताए । ‘मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलाइ हुनु उचित होइन, छिट्टै पूर्णता दिएर काम अगाडि बढाउनुपर्छ,’ उनले भने ।

गठबन्धनमा कांग्रेसले प्रधानमन्त्रीसहित सात, माओवादी, एकीकृत समाजवादी र जसपाले पाँच–पाँच मन्त्रालय पाउने मोटामोटी सहमति छ । माओवादीले ६ मन्त्रालय दाबी गरेमा जसपाले चार मन्त्रालय र एक राज्यमन्त्री पाउनेछ । कांग्रेसले एक राज्यमन्त्री बनाइसकेको छ । बाँकी एक राज्यमन्त्रीमा माओवादी वा एकीकृत समाजवादीले लिने समझदारी भएको छ ।

एनसेलबाट एक अर्बको सुपारी लिएर टेलिकमको सेवा अवरुद्ध

आज बिहानैदेखि नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । मोबाइल सेवा अवरुद्ध हुँदा देशभरका दुई करोड भन्दा बढी प्रयोगकर्ता प्रभावित भएका छन् ।

राष्ट्रियताको मामलामा कठोर रहेका नेपाली जनता सञ्चार सेवाबाट वञ्चित भएका छन् । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको सेवा अवरुद्व भएपछि धेरै जनता आक्रोाषित भएका छन् । सरकारी संस्थाको प्रवर्द्धन गर्नपर्छ भनेर नेपाल टेलिकमको मोबाइल मात्र प्रयोग गर्दै आइरहेका राष्ट्रवादी नेपालीलाई नेपाल टेलिकमको सेवा अवरोधले ठूलो झट्का दिएको छ ।

‘राष्ट्रवादी नभएर एनसेलको सिम समयमै लिएको भए समस्या नआउने रहेछ ।’ नेपाल टेलिकमका प्रयोगकर्ता जिनिस खड्काले भने, ‘आजसम्म टेलिकम भनेर बसियो । टेलिकमका कर्मचारीहरूले भने सेवा अवरुद्ध गरेर कति पैसा कुम्ल्याएका हुन् ।’

टेलिकमको नेतृत्वमा भ्रष्ट प्रवृत्तिका व्यक्तिहरूको प्रवेशले राष्ट्रवादी नेपालीलाई ठूलो धोका भएको छ । एनसेल लगायत अन्य मोबाइल प्रदायक संस्थाको नेटवर्कमा कहिल्यै समस्या नआउने तर टेलिकमको सेवामा बारम्बार समस्या आउनुलाई सामान्य रूपमा लिएका छैनन् ।

नेपाल टेलिकमको उच्च नेतृत्वले दिएको जानकारी अनुसार संस्थाका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र एनसेल अक्जियाटा लिमिटेडका प्रतिनिधिबिच केही दिन अघि रहस्यमय भेट भएको थियो । ‘एक प्रतिस्पर्धी संस्थाका प्रमुख र प्रतिनिधिबिच भेटघाट हुनु रहस्यको कुरा हो । मलाई लागेको थियो केही दिनमा यस्तो समस्या आउँछ ।’ नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने, ‘केही नभए पनि १ अर्ब भन्दा धेरैमा डिलिङ भएको छ । नेतादेखि कर्मचारी सबैलाई मिलाउँदा एनसेलले ठूलो रकम दिएको हुन सक्छ ।’

‘मङ्गलवार दिउसो यस विषयमा नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा गाँईगुई हल्ला चलेको थियो ।’ अर्का एक प्रबन्ध निर्देशक अधिकारीका सदाबहार विरोध खेमाका कर्मचारीले भने, ‘सरकारलाई सायद चुनाव खर्च चाहिएको थियो । त्यही रकम उठाउन सेवा अवरुद्ध गरिएको हुन सक्छ ।’

१ मिनेट मात्र सेवा अवरुद्ध हुँदा त जनताले विकल्प खोज्ने चौथो पुस्ताको समयमा घण्टौँ सेवा अवरुद्ध हुँदा साथमा अर्को कम्पनीको सिम राख्न पर्ने रहेछ भन्ने मानसिकता जो कोहीमा पनि आउने र प्रतिस्पर्धी कम्पनीको व्यापारमा टेवा पुग्ने भएकाले टेलिकमले यस्तो गरेको जनताको गुनासो छ ।

सेवा अवरुद्ध गर्दा अत्यावश्यक काम भएका व्यक्तिलाई कति ठूलो वर्जपात पर्यो होला कल्पना गर्न पनि सकिदैन । बिहान ५ बजेदेखि साढे ८ बजेसम्म मोवाइल सेवामा समस्या आएको थियो । साढे तीन घण्टा पछि सेवा सुचारु भएको छ ।

प्रतिक्रिया