आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रामकुमारी झाक्रीलाई मन्त्री भन्दा ठूलो पद दिने तयारी

प्रकाशित
792
SHARES

काठमाडौ। पछिल्लो समय नेकपा एमाले ओली पक्षलाई तारो बनाउदैँ आइरहेकी सोही पार्टीको माधव नेपाल पक्षकी नेतृ रामकुमारी झाक्रीलाई मन्त्री भन्दा ठूलो पद दिने तयारी भएको छ । झाक्री लगायत नेपाल पक्षका हार्डलाइनरकै कारण माधव नेपाल यतिबेला ईतिहासकै कठिन मोडमा छन् ।

उनी नयाँ पार्टी खोल्ने अन्तिम तयारीमा रहेको स्रोतले दाबी गरेपनि उनी पक्षीय मानिएका केही नेताहरुले साथ नदिने भएपछि केही दिन पर्ख र हेरको रणनीतिमा छन् । नेतृ झाक्री शिक्षा मन्त्री बन्न लागेको कुरा बाहिरिए पनि उनलाई त्यो भन्दा ठूलो अफर आएको छ ।

संघीय संसदको प्रतिनिधि सभामा उपसभामुख रिक्त रहेको २० महिना पुग्न लागेको छ । दुई दुईपटक विघटन भएको प्रतिनिधि सभालाई लामो राजनीतिक र कानुनी संघर्षपछि पुनर्स्थापना गरिए पनि उपसभामुख चयन हुन सकेको छैन ।२०७६ माघ ६ गते उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि रिक्त रहेको सो पद पूर्ति गर्ने विषयमा अहिलेसम्म ठोस निर्णय भइसकेको छैन ।

तर, सत्तारुढ गठबन्धनभित्र भने सभामुख चयन गर्ने विषयले छलफल पाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्तामा पु¥याउन निर्णायक भूमिका निर्वाह गरेको नेकपा एमालेको माधवकुमार नेपाल समूहबाट उपसभामुख बनाउने विषयमा छलफल भइरहेको राजनीतिक वृत्तमा चर्चा छ ।

सरकारमा जान नमिल्ने भएपछि नेपाल समूहले आफूलाई उपसभामुख दिनुपर्ने बताएको बताइएको छ । संवैधानिक व्यवस्थाअनुसार एउटै दलको र एउटै लिङ्गको सभामुख र उपसभामुख बन्न पाउँदैनन् ।यसर्थ अहिले माओवादी केन्द्रका नेता अग्नि सापकोटा सभामुख छन् । उनी पुरुष पनि भएकाले अब माओवादी बाहेकका दलबाट महिलालाई उपसभामुख बनाउनु पर्ने संवैधानिक बाध्यता छ ।

यसर्थ एमालेको नेपाल समूहले आफूलाई उपसभामुख दिनुपर्ने गठबन्धनमा कुरा राखेको छ । नेपाल समूहबाट महिला उपसभामुख हुने भएकाले सांसद रामकुमारी झाँक्रीको नाम चर्चा रहेको छ ।

झाँक्रीलाई उपसभामुख बनाउने गरी छलफल भइरहेको बताइएको छ । छलफलका क्रममा रहेकोले अहिले नै झाँक्री उपसभामुख बन्ने भन्ने निश्चित नभए पनि उनको सम्भावना प्रबल रहेको स्रोतले बतायो ।

माधव नेपालले किन बनाए सुरेन्द्र पाण्डेलाई तारो ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेता सुरेन्द्र पाण्डेहरुको पोल खोलेका छन् । नेता नेपालले दोश्रो पुस्ताका नेताहरुले आफूलाई अगाडि धकेलेर भागेको आरोप समेत लगाएका हुन् ।

उनीहरुले आफूलाई आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भन्ने दबाव दिएको र निर्वाचन आयोगमा दुई वटा पार्टी समेत दर्ता गराएको उनको दाबी गरे । पेशागत महासंघ नेपाल, बाग्मती प्रदेशले शनिबार गरेको जिल्लास्तरीय भेलामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले दोस्रो पुस्ताका नेताहरुले अर्को पार्टी बनाइराखौं, कुनै बेला घोषणा गर्नुपर्छ भनेर पार्टी दर्ता गराएको बताएका हुन् ।

उनले बारम्बार दोश्रो पुस्ता भनेर संकेत गर्न खोजेका भीम रावल र सुरेन्द्र पाण्डेलाई हो । सुरेन्द्र पाण्डेले विद्यार्थी नेतालाई नयाँ पार्टी खोल्न लगाएका थिए । त्यस्तै भीम रावलले पनि नेकपा लोकतान्त्रीक नामको पार्टी दर्ता गर्न लगाएको नेपालको भनाई छ ।

उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत । कलम चुनाव चिह्न भएको पार्टी यही दोस्रो पुस्ताका नेताले खोलेका हुन् । नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक पनि निर्वाचन आयोगमा दर्ता भएको छ । दोस्रो पुस्ताकै नेताले खोलेका हुन् ।’

२३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएपछि आफूहरु विद्रोही आवाजका साथ एमालेमै बस्न चाहेको नेता नेपालले सुनाए । त्यसबेला आफूलाई दोस्रो पुस्ताका नेताहरुले ‘आजै पार्टी घोषणा गरौं, भोलि नै पार्टी घोषणा गरौं’ भनेर दबाव दिने गरेको नेता नेपालले सम्झिए ।

‘केपी ओली प्रतिगमनका बाहक हुन्, दक्षिणपन्थी भासमा भासिएका छन् । विदेशीसामू लम्पसार परेका छन् । त्यसैले जसरी पनि फाल्नुपर्छ । दोस्रो पुस्ताका नेताहरु भन्थे’ उनले भने, ‘तयार नभएका शेरबहादुर देउवालाई तयार गर्न साथीहरु जानुभएको थियो । माओवादीहरुलाई एक ठाउँमा ल्याउन भूमिका खेल्नुभयो । उपेद्र यादवलाई त्यो विश्वास दिलाउनु भएको थियो ।’

आफूहरुको साथ पाउने भएपछि नै कांग्रेस, माओवादी र जसपा सरकार परिवर्तन गर्न तयार भएको उनले बताए । नेता नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुलाई सम्झिँदै भने, ‘बलियो मोर्चा बन्न थालेपछि अगाडि बढ्नुस्, जो सुकैलाई प्रधानमन्त्री बनाए पनि हुन्छ, तर केपी शर्मा ओलीलाई फाल्नैपर्छ भनेर भन्ने उहाँहरु नै हो ।’

त्यसबेला पनि आफूले ओलीलाई फाल्न त सकिन्छ, तर संसदमा आफूहरु चाहिने भनेर सम्झाएको सुनाए । ‘संसदबाट राजीनामा दिएर निस्क्यौं भने संख्या पुग्दैन ।

प्रधानमन्त्रीलाई सडकबाट फाल्न सकिँदैन, संसदबाटै हटाउनुपर्छ । त्यसैले संसदको गतिविधिमा भाग नलिऔं, बहिस्कार गरौं भने’ त्यतिबेला दोस्रो पुस्ताका नेतालाई आफूले भनेको कुराबारे नेपालले उनले भने ।

त्यहीअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिँदा आफूहरु संसदमा अनुपस्थित भएको अध्यक्ष नेपालले बताए । फेरि प्रधानमन्त्री बनेको ओलीले सर्वोच्च अदालतको फैसला विपरीत फेरि संसद विघटन गर्न खोजेपछि संविधानको धारा ७६ ९५० अनुसार नयाँ सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षर जुटाउनुपरेको उनले बताए ।

उनले भने, ‘त्यो बेला केहीकेहीको खुट्टा काम्न थाल्यो । हामी खुट्टा कमाउने मान्छे होइनौं । कसैको खुट्टा कामे काम्छ, म अगाडि बढेँ भनेर हिम्मत गरेँ ।’
नयाँ पार्टी गठनमा आफूलाई साथ नदिएका दोस्रो तहका नेताहरुतर्फ संकेत गर्दै उनले अघि भने, ‘मलाई घचेटेर अगाडि बढ भन्ने, पछाडि हेर्छु त कोही पनि छैन ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले लामो समय आफूसँग रहेका, तर अहिले एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरुलाई प्रश्न गरेका छन्, ओली सुध्रिएका हुन् ?

हिजो आफूलाई पार्टी खोल्न दबाव दिनेदेखि आफैं अनेक दल दर्ता गर्ने नेताहरुले अहिले आफूलाई अर्को पार्टी खोल्न पाइन्छ भन्ने भन्न थालेको भन्दै अध्यक्ष नेपालले भने, ‘केपी ओलीले बार्दलीबाट भुकिसकेपछि ज्ञान आएछ ज्ञान १’

उनले अघि भनेका छन्, ‘प्रधानमन्त्री निवासबाट निस्किएको मोटरसाइकल र्‍यालीमा बा राजनेता जिन्दावाद सुनिसकेपछि चेत आएको हो रु केपी ओलीमा सुधार आएको हो रु उहाँको सोच र चिन्तनमा परिर्वतन भएको छ रु’

दुई नाउमा खुट्टा टेकेर सागर तर्न नसक्ने भन्दै अध्यक्ष नेपालले ढुलमुलमा नबस्न नेताहरुलाई आग्रह गरे । उनले दोस्रो पुस्ताका नेताहरु एमाले छाडेर आए अध्यक्ष छाड्न तयार रहेको बताए ।

‘आउनुस्, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको अध्यक्ष बन्नुस्’ अध्यक्ष नेपालले भने, ‘अध्यक्षबाट अहिले, केही वर्षपछि राजनीतिबाटै विदा भइहाल्छु ।’

आफूहरुको संघर्ष पदको नभई विचार सिद्धान्त, कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पार्टीकै रुपमा अगाडि बढाउने कि नबढाउने भन्ने भएको उनले सुुनाए । उनले आफूले नेतृत्व गरेको पार्टी ओलीको पार्टीभन्दा फरक हुने समेत दाबी गरे ।

एमाले अध्यक्ष ओली दक्षिणपन्थी भासमा गएको र दरबारिया, विदेशीबाट परिचालित तथा देशलाई टुक्र्याउन चाहने अवसवारदीसँग मिलेको उनको दाबी छ । अध्यक्ष नेपालले अघि भने, ‘केपी ओलीजी सुध्रिनुस्, प्रतिगमनको क्रियाकलापप्रति आत्मालोचना गर्नुस् ।’

प्रतिक्रिया