आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमालेका १० सासंद माधव नेपालको पार्टीमा प्रबेश (लिष्ट सहित) ओली समुहमा भुकम्प

प्रकाशित
511
SHARES

काठमाडौ। नेकपा एमाले परित्याग गरी १० जना प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा प्रबेश गरेका छन् । नेकपा एमाले प्रदेशसभाका १० जना सांसद समाजवादी पार्टीमा लागेका हुन् ।

भर्खरै दर्ता भएको नेकपा एकीकृत समाजवादी पार्टीमा १० जना सांसद खुलीसकेको नेता राजेन्द्रकुमार राई बताए । मुख्यमन्त्री भीम आचार्यले समाजवादीमा जान लागेका सांसदलाई रोक्न पटकपटक मन्त्रीको अफर दिइरहेको सूचना आएको बताएउँदै १ महिने मन्त्री बन्ने बाहेक अरु सबै हाम्रो पार्टी आउने उनको भनाई छ ।

तर मुख्यमन्त्री आचार्यले कुनै पनि हालतमा बहुमत सङ्ख्या पुर्‍याएर सरकार टिकाउने अवस्था नरहेकोले एक महिनापछि आचार्यको नेतृत्वको सरकारको बहिर्गमन निश्चित रहेको दाबी गरेका हुन् ।

उनले अहिले नै नयाँ पार्टी एकीकृत समाजवादीमा १० जना सांसद कायम रहेको र यो सङ्ख्या थपिने क्रममा रहेको बताए । नेता राईका अनुसार एकीकृत समाजवादीमा अहिलेसम्ममा प्रदेश सांसदहरूमा उनीसहित खिनु लङ्बा, सावित्री कुमारी, कृष्णकुमारी राई, राजन राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे, पदमकुमारी गुरुङ खुलेका छन् ।

पार्टी विभाजनपछि यो सङ्ख्या एकीकृत समाजवादी कायम रहेको खण्डमा आचार्यको नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत गुमाउने छ । जसका कारण उनको सरकार ढल्ने निश्चित प्राय छ ।

आचार्यले आफ्नो नेतृत्वको सरकारलाई निरन्तरता दिनका लागि विश्वासको मत प्राप्त गर्न ४७ बहुमत सांसद आवश्यक पर्छ । अहिलेकै अवस्थामा त्यो सङ्ख्या पुग्न सक्ने देखिँदैन । एकीकृत समाजवादीमा १० जना प्रदेश सांसद खुलेर संगठित भएकाले मुख्यमन्त्री आचार्यलाई प्रदेशसभामा बहुमत पुर्‍याउने यात्रा कठिन भएको छ ।

यता नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दल विभाजनको अवस्थामा अर्को पार्टीमा जाने साथीहरूलाई रोक्न मन्त्री अफर हुनु स्वाभाविक रहेको प्रतिक्रिया दिए । उनले बहुसङ्ख्यक साथीहरूलाई एमालेमै रोक्ने प्रयासमा सबै प्रकारका प्रलोभन देखाउने परिपाटी संसदीय अभ्यासमा नौलो नभएको पनि बताए ।

तर उनले कुनै पनि हालतमा पार्टी विभाजनपछि प्रदेशको मुख्यमन्त्री बनेका आचार्यको नेतृत्वको सरकार नढल्ने र अवश्य बहुमत पु¥याएर सरकार सञ्चालनले निरन्तरता पाउने दाबी प्रमुख सचेतक भण्डारीले गरे ।

९२ सदस्यीय प्रदेशसभामा एमालेमा ५१, काँग्रेसमा २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीमा ३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपामा १–१ जना छन् ।

दल विभाजनपछि एमाले त्यागी समाजवादीका लागेको १० प्रदेश सांसदहरू आगामी मंगलबार आफूहरूले समाजवादी दल रोजेको पत्र दिने तयारी गरेका छन् । एमाले त्यागी समाजवादीमा लागेको १० सांसदले विराटनगरको एक होटेलमा बैठक सम्पन्न गरी सामूहिक निर्णय गरेका हुन्।समाजवादीका नेता राजेन्द्रकुमार राईले सोमबार बिदा भएकाले मंगलबार निर्वाचन आयोगमा सनाखत गर्ने तयारी थालेको बताए ।

एकीकृत समाजवादीमा न्यूनतम १४ जना प्रदेश सांसद पुर्‍याउने उनको दाबी छ । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि नियमावली बनाएर नपठाएकाले सनाखत गर्न ढिलाइ भएको उनको भनाई छ ।

सोही बैठकमा सहभागी एक सांसदले दिएको जानकारी अनुसार भीम आचार्य नेतृत्वको सरकार ढल्ने र गठबन्धनको सरकार एक महिनाभित्र बन्ने निष्कर्ष निकालेका छन् ।

‘यो सरकार एक महिनाभित्र ढल्छ र अर्को सरकार बनाउने निर्णय भयो,’ गणेशकुमार काम्बाङले भने, ‘अहिले बनेको सरकार संविधान विपरीत छ, दल विभाजन भएर अर्को दल बनिसकेको सांसदहरूको अवस्था क्लियर हुनै बाँकी रहेको अवस्थामा अर्को पक्षका सांसदको समेत टाउको गनेर हतारमा बनाएको सरकार हामी विस्थापित गर्छौं ।’

सो बैठकमा समाजवादी पार्टीका केन्द्रीय सदस्य घनेन्द्र बस्नेत प्रमुख अतिथि थिए । बैठकमा सबै सांसदहरूले आ–आफ्नो तर्फबाट रिपोर्टिङ गरेका थिए ।

माधव नेपालले खोले सुरेन्द्र पाण्डेको पोल, एमालेमा खैलाबैला

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुको पोल खोलेका छन् । दोश्रो पुस्ताका नेताहरुले आफूलाई अगाडि धकेलेर भागेको आरोप समेत लगाए ।

उनीहरुले आफूलाई आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भन्ने दबाव दिएको र निर्वाचन आयोगमा दुई वटा पार्टी समेत दर्ता गराएको उनको दाबी गरे । पेशागत महासंघ नेपाल, बाग्मती प्रदेशले शनिबार गरेको जिल्लास्तरीय भेलामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले दोस्रो पुस्ताका नेताहरुले अर्को पार्टी बनाइराखौं, कुनै बेला घोषणा गर्नुपर्छ भनेर पार्टी दर्ता गराएको बताएका हुन् ।

उनले बारम्बार दोश्रो पुस्ता भनेर संकेत गर्न खोजेका भीम रावल र सुरेन्द्र पाण्डेलाई हो । सुरेन्द्र पाण्डेले विद्यार्थी नेतालाई नयाँ पार्टी खोल्न लगाएका थिए । त्यस्तै भीम रावलले पनि नेकपा लोकतान्त्रीक नामको पार्टी दर्ता गर्न लगाएको नेपालको भनाई छ ।

उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत । कलम चुनाव चिह्न भएको पार्टी यही दोस्रो पुस्ताका नेताले खोलेका हुन् । नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक पनि निर्वाचन आयोगमा दर्ता भएको छ । दोस्रो पुस्ताकै नेताले खोलेका हुन् ।’

२३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएपछि आफूहरु विद्रोही आवाजका साथ एमालेमै बस्न चाहेको नेता नेपालले सुनाए । त्यसबेला आफूलाई दोस्रो पुस्ताका नेताहरुले ‘आजै पार्टी घोषणा गरौं, भोलि नै पार्टी घोषणा गरौं’ भनेर दबाव दिने गरेको नेता नेपालले सम्झिए ।

‘केपी ओली प्रतिगमनका बाहक हुन्, दक्षिणपन्थी भासमा भासिएका छन् । विदेशीसामू लम्पसार परेका छन् । त्यसैले जसरी पनि फाल्नुपर्छ । दोस्रो पुस्ताका नेताहरु भन्थे’ उनले भने, ‘तयार नभएका शेरबहादुर देउवालाई तयार गर्न साथीहरु जानुभएको थियो । माओवादीहरुलाई एक ठाउँमा ल्याउन भूमिका खेल्नुभयो । उपेद्र यादवलाई त्यो विश्वास दिलाउनु भएको थियो ।’

आफूहरुको साथ पाउने भएपछि नै कांग्रेस, माओवादी र जसपा सरकार परिवर्तन गर्न तयार भएको उनले बताए । नेता नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुलाई सम्झिँदै भने, ‘बलियो मोर्चा बन्न थालेपछि अगाडि बढ्नुस्, जो सुकैलाई प्रधानमन्त्री बनाए पनि हुन्छ,।

तर केपी शर्मा ओलीलाई फाल्नैपर्छ भनेर भन्ने उहाँहरु नै हो ।’ त्यसबेला पनि आफूले ओलीलाई फाल्न त सकिन्छ, तर संसदमा आफूहरु चाहिने भनेर सम्झाएको सुनाए । ‘संसदबाट राजीनामा दिएर निस्क्यौं भने संख्या पुग्दैन ।

प्रधानमन्त्रीलाई सडकबाट फाल्न सकिँदैन, संसदबाटै हटाउनुपर्छ । त्यसैले संसदको गतिविधिमा भाग नलिऔं, बहिस्कार गरौं भने’ त्यतिबेला दोस्रो पुस्ताका नेतालाई आफूले भनेको कुराबारे नेपालले उनले भने ।त्यहीअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिँदा आफूहरु संसदमा अनुपस्थित भएको अध्यक्ष नेपालले बताए ।

फेरि प्रधानमन्त्री बनेको ओलीले सर्वोच्च अदालतको फैसला विपरीत फेरि संसद विघटन गर्न खोजेपछि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षर जुटाउनुपरेको उनले बताए ।उनले भने, ‘त्यो बेला केहीकेहीको खुट्टा काम्न थाल्यो । हामी खुट्टा कमाउने मान्छे होइनौं । कसैको खुट्टा कामे काम्छ, म अगाडि बढेँ भनेर हिम्मत गरेँ ।’

नयाँ पार्टी गठनमा आफूलाई साथ नदिएका दोस्रो तहका नेताहरुतर्फ संकेत गर्दै उनले अघि भने, ‘मलाई घचेटेर अगाडि बढ भन्ने, पछाडि हेर्छु त कोही पनि छैन ।’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले लामो समय आफूसँग रहेका, तर अहिले एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरुलाई प्रश्न गरेका छन्, ओली सुध्रिएका हुन् ?

हिजो आफूलाई पार्टी खोल्न दबाव दिनेदेखि आफैं अनेक दल दर्ता गर्ने नेताहरुले अहिले आफूलाई अर्को पार्टी खोल्न पाइन्छ भन्ने भन्न थालेको भन्दै अध्यक्ष नेपालले भने, ‘केपी ओलीले बार्दलीबाट भुकिसकेपछि ज्ञान आएछ ज्ञान !’

उनले अघि भनेका छन्, ‘प्रधानमन्त्री निवासबाट निस्किएको मोटरसाइकल र्‍यालीमा बा राजनेता जिन्दावाद सुनिसकेपछि चेत आएको हो ? केपी ओलीमा सुधार आएको हो ? उहाँको सोच र चिन्तनमा परिर्वतन भएको छ ?’

दुई नाउमा खुट्टा टेकेर सागर तर्न नसक्ने भन्दै अध्यक्ष नेपालले ढुलमुलमा नबस्न नेताहरुलाई आग्रह गरे । उनले दोस्रो पुस्ताका नेताहरु एमाले छाडेर आए अध्यक्ष छाड्न तयार रहेको बताए ।‘आउनुस्, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको अध्यक्ष बन्नुस्’ अध्यक्ष नेपालले भने, ‘अध्यक्षबाट अहिले, केही वर्षपछि राजनीतिबाटै विदा भइहाल्छु ।’

आफूहरुको संघर्ष पदको नभई विचार सिद्धान्त, कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पार्टीकै रुपमा अगाडि बढाउने कि नबढाउने भन्ने भएको उनले सुुनाए । उनले आफूले नेतृत्व गरेको पार्टी ओलीको पार्टीभन्दा फरक हुने समेत दाबी गरे ।

एमाले अध्यक्ष ओली दक्षिणपन्थी भासमा गएको र दरबारिया, विदेशीबाट परिचालित तथा देशलाई टुक्र्याउन चाहने अवसवारदीसँग मिलेको उनको दाबी छ । अध्यक्ष नेपालले अघि भने, ‘केपी ओलीजी सुध्रिनुस्, प्रतिगमनको क्रियाकलापप्रति आत्मालोचना गर्नुस् ।’

प्रतिक्रिया