आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चितवनबाट देउवालाई विप्लवको चुनौति, बालुवाटारमा खैलाबैला

प्रकाशित
1.2K
SHARES

चितवन।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वैज्ञानिक समाजवाद र दलाल संसदिय व्यवस्थाका विषयमा खुल्ला छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित सम्पूर्ण राजनीतिक दललाई आग्रह गरेका छन् ।

शनिबार नेपाल कम्युनिस्ट पार्टी चितवनले आयोजना गरेको सहिद परिवार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका सबै राजनीतिक दलको अन्तिम लक्ष्य समाजवाद भन्ने तर प्राप्तिको लागि बहस छलफल गर्न समेत तयार नहुने भन्दै जनताको आँखामा छारो हाल्ने र भ्रम सिर्जना गर्ने यसप्रकारको काम बन्द गर्न आग्रह समेत गरे ।

संसदीय व्यवस्थाको उच्चतम विकल्प वैज्ञानिक समाजवादका विषयमा बहस तथा जनमत संग्रहका लागि तयार रहन अपिल गरेका हुन् । उनले हालको संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएको भन्दै आफुहरु असफल दलाल संसदीय व्यवस्थामा कुनै पनि हालतमा नजाने र वैज्ञानिक समाजवादका लागि निरन्तर बहस र संघर्ष गरिरहने समेत बताएका छ्न् ।

उनले भने, ‘संसदीय व्यवस्था दलाल पुँजीवादीहरुको व्यवस्था भएकोले ४० वर्षदेखि चलेपनि पूर्ण रुपमा असफल भएको र यही व्यवस्थाका कारणले आज जनताले दुख पाइरहेको, देशमा वैदेशिक हस्तक्षेप बढेको, दिन दहाडै राष्ट्रिय स्वाधिनता र अस्मिता लुटिएको, महंगी भ्रष्टाचारमा व्यापक बुद्धि भइरहेको, देशले गरिबी भोग्नु परिरहेको र नेपाली युवा युवती खाडीमा बेचिनु परेको छ, त्यसैले हामी यो असफल दलाल संसदीय व्यवस्थामा जाँदैनौ र यो व्यवस्था परिवर्तन गरि जस्तो सुकै मूल्य चुकाएर भए पनि जनताको र सहिद परिवारहरुले खोजेको जस्तो वैज्ञानिक समाजवाद ल्याउने छौं र वैज्ञानिक समाजवाद ल्याउन दलाल संसदीय व्यवस्था बदल्न सबै एकजुट भएर लागौं।’

महासचिव विप्लवले आफुहरु शान्तिपूर्ण बाटोबाट नै वैज्ञानिक समाजवाद ल्याउन खोजेको र त्यसको लागि जनमत संग्रहको प्रस्ताव ल्याएको तर यस विषयमा छलफल गर्न कुनै राजनैतिक दलहरु तयार नभएको बताएका छ्न् ।

उनले भने, ‘हामीले शान्तीपुर्ण बाटोबाट यश दलाल संसदीय व्यवस्थाको विकल्प स्वरुप वैज्ञानिक समाजवाद ल्याउन चौतर्फी बहस चलाउनुका साथै वैज्ञानिक समाजवाद र संसदिय व्यवस्थाका बिच जनमत संग्रहको प्रस्ताव ल्यायौँ तर जनताको आँखामा छारो हाल्ने किसिमले बाहिर समाजवाद, समाजवाद भन्ने अनि संसदीय व्यवस्थालाई नै उत्कृष्ट व्यवस्था मान्नेहरु बहसमा भाग लिन तयार भएनन् ।’

उनले संसदीय व्यवस्था अनुरुप नेता र पार्टी चुन्ने चुनाव बारम्बार भएको तर त्यसले देशको उचित राजनैतिक निकास दिनुको उल्टो देश झन् राजनैतिक अस्थिरतामा फस्नुको साथै विस्तारवाद र साम्राज्यवादको क्रिडा स्थल बन्न पुगेको भन्दै अब नेता र पार्टी चुन्ने चुनाव नभइ व्यवस्था छान्ने जनमतसंग्रह हुनुपर्ने र जनताले आफूले खोजेको जस्तो व्यवस्था आफै छान्न पाउनु पर्ने समेत बताए ।

साथै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु गलत भएको बताएका छ्न् । उनले सर्वोच्च अदालतले समेत दोषी ठहर गरेको एनसेललाई कारबाही गर्नु, नेपाली युवायुवतीलाई विदेशमा पुर्याएर अलपत्र पार्ने, चेलीबेटी बेचविखन गर्ने मानवतस्करीलाई कारबाही गर्दा, ललिता निवासको सरकारी जमिन बेचबिखन गर्नेलाई कारबाही गर्दा र भ्रष्टाचारीलाई जनताको चाहाना अनुसार जनकारबाही गर्दा प्रतिबन्ध लगाउनु सरकारको गल्ती भएको बताएका हुन् ।

उनले क्रान्तिमा लागेर नेताकार्यकर्ता मारिन सक्ने, गिरफ्तार पर्न सक्ने तर क्रान्ति र विचार कहिल्यै पनि नसकिने नमर्ने बताएका छ्न् । उनले भने, ‘सरकारले हामीलाई प्रतिबन्ध लगाएर १२ महिनामा सकाउँछौ भन्ने घमण्ड देखायो तर क्रान्तिमा लागेका नेता कार्यकर्ता मारिन सक्छन्, गिरफ्तारमा पर्न सक्छन् तर क्रान्ति र विचार कहिल्यै कसैले मार्न सक्दैनन् ।’

आफ्ना करिब सवा सय नेता कार्यकर्ता अझै पनि जेल हिरासतमा रहेको भन्दै विप्लवले उनीहरुलाई तत्काल रिहा गरी सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनमा इमान्दारी देखाउन आग्रह गरे । यसैबिच वार्ताकै विषयमा बाहिर छरिएका भ्रमहरुमा विश्वास नगर्न सम्पूर्ण नेता कार्यकर्ता र शुभचिन्तकहरुमा आग्रह गर्दै पार्टी र सरकार बिच भएको तीन बुँदे सहमतिबारे प्रष्ट पारे ।

हामी तमसुक हेरेर बसियो, ओलीले प्रधानमन्त्री पड्काए : प्रचण्ड

कम्युनिस्टहरूलाई एक ठाउँमा राखेर एकता गर्दा राम्रो हुन्छ कि भनेर मैले आफैँ प्रस्ताव गरेको थिएँ । तर, दुर्भाग्य, त्यो पाँच वर्ष पनि टिक्न सकेन । काँग्रेसले चुनाव जितेर पनि पाँच वर्षसम्म टिक्न नसकेको तीतो यथार्थ हामीले पञ्चायतविरोधी आन्दोलनपछि भोगेका थियौँ । समाजवादी आन्दोलनका क्रममा कम्युनिस्टभित्र भएको त्यो ध्रुवीकरण पनि पाँच वर्ष टिकेन । बरु, भयानक प्रतिगमनका नाइकेहरू नै कम्युनिस्टभित्रै देखा परे, हामीले देशव्यापी अभियान चलाउनुप–यो ।

मैले त पहिलो संसद् विघटन भएपछि त्यसलाई भिन्न प्रकारको जनयुद्ध नै ठानेँ । यो प्रतिगमनलाई परास्त गरिएन भने सबै उपलब्धि खतरामा पर्ने, देश खतरामा पर्ने, देश ठूलो दुर्घटनामा जाने र ३०–४० वर्ष सङ्घर्ष गर्नुपर्ने हो कि भन्ने देखेँ र यसलाई ‘लाइफ एन्ड डेथ’ कै सङ्घर्षका रूपमा हामीले लियौँ । तपाई युवाहरू त्यसमा सक्रियतापूर्वक लाग्नुभयो । हामीले हजारौँ र लाखौँ जनतालाई काठमाडौँका सडकमा उतार्यौँ ।

दोस्रो पटकको संसद् विघटनलाई परास्त गर्नका लागि हामी पाँच दलबीच मोर्चा बन्यो र त्यो मोर्चाले जसरी पहल ग–यो । र, अहिले नयाँ सरकार गठन हुने ठाउँसम्म आउने ठाउँ बन्यो ।

हाम्रो आशा, युवाहरूमाथि छ । यो भेला हेर्दै गर्दा तपाईँहरूमा उत्साह छ वा छैन । तपाईँहरू समर्पित भावनामा हुनुहुन्छ वा हुनुहुन्न । मैले हेर्दा माओवादी मात्रै होइन, हामी अहिले त गठबन्धन छौँ । धेरै दुःखले यो गठबन्धन बनेको हो । संविधानको रक्षाको निम्ति यसको (गठबन्धनको) रक्षा गर्नु छ । परिवर्तनको रक्षाका निम्ति यो गठबन्धनलाई रक्षा पनि गर्नु छ र सुदृढ पनि गर्नु छ ।

देशको राजनीतिक र इतिहासले के बताएको छ भने लोकतन्त्रका पक्षमा लाग्ने विभिन्न विचार भएका पार्टीहरू जहाँ जहाँ मिलेका छौँ, ठूला ठूला राजनीतिक परिवर्तन नेपालमा सम्भव भएको छ । जति जतिबेला हामी विवाद गरेर बसेका छौँ, त्यतिबेला प्रतिक्रियावादी सफल भएका छन् । देश र जनताले दुःख पाएका छन् ।

विभिन्न प्रतिक्रियावादी शक्तिहरूले यो परिवर्तनलाई उल्ट्याउने, गठबन्धनलाई कमजोर पार्ने, पुरातनपन्थतर्फ फर्काउने प्रयास सकिएको छैन । युवाहरूले यो जिम्मेवारी आत्मसाथ गर्नुपर्ने अवस्था छ । तपाईहरुले आत्मसात् गरेर समर्पित रूपमा लाग्नुभयो भने ठूला ठूला प्रतिक्रान्तिकारी शक्तिलाई परास्त गर्न सकिन्छ । हुन त के कुरा पनि हेक्का रहोस् भने भौतिक शरीर बुढो भए पनि प्रवृत्ति र विचार बुढो हुने कुरा होइन ।

​मेरो एउटा प्रवृत्ति छ भने त्यो बाचुञ्जेल रहन्छ । अब त अझै बदल्न सकिँदैन, त्यसलाई । पार्टीको केन्द्रीय समिति, प्रदेश समिति, जनसमिति सबैमा युवा नेतृत्वलाई जति प्रमोट गर्नसक्यो, त्यति परिवर्तनको आन्दोलनले गति प्राप्त गर्न सक्छ, जीवन्त हुन सक्छ भन्ने मलाई लाग्छ । सबैखाले प्रतिक्रियावादी प्रवृत्तिलाई परास्त गर्न सकिन्छ भन्ने विश्वासले नै हामीले विधानमै युवालाई २० प्रतिशत कम्तीमा प्रमोट गर्ने कुरा हामीले व्यवस्था गरेका छौँ । यो इतिहासलाई, क्रान्तिको प्रवाहलाई गति दिने नीतिअन्तर्गत सोचे–सम्झेर हामीले गरेका हौं ।

हामी अब शान्तिपूर्ण र प्रतिस्पर्धाको बाटोबाटै समाजवाद निर्माणको प्रक्रियामा छौँ । हामीले शान्तिपूर्ण र प्रतिस्पर्धाको बाटोमा जानका लागि उत्पादनको निम्ति सङ्घर्ष गर्नुपर्छ । हाम्रो सपना ः हामीले हिजो पनि उत्पादन बिग्रेड, अब बन्दुक बोकेर हिँड्ने ब्रिगेड होइन भनेर भन्यौँ । तर, व्यवहारमा जसरी जानुपर्ने थियो, जान सकेन ।

अब समाजवादको निर्माणका निम्ति समय आएको छ । शान्तिपूर्ण र प्रतिस्पर्धात्मक तवरले उत्पादनमा सङ्घर्ष गर्ने, स्वरोजगारका निम्ति सङ्घर्ष गर्ने, आत्मनिर्भरताका लागि सङ्घर्ष गर्ने, जनपरिचालन त्यसैका निम्ति गर्ने । युवाहरू जनताको सेवकका रूपमा साँच्चै उदाहरण बन्नुपर्छ । जसरी, हिजो जनयुद्धमा हामी युवाहरूले जनताको बाली रोपिदिएर हुन्छ कि, खनिदिएर हुन्छ कि धान काटिदिएर हुन्छ कि सहयोग गथ्र्यौं । हामीले त्यसो गरेका हुँदैन थियौँ भने जनताले यति धेरै माया गरेर आफ्ना छोराछोरीलाई मर्न पठाउने हुँदै हुँदैन थियो । हामी जनताका सांस्कृतिक पर्वमा सँगै नाच्ने, संँगै गाउने, सबै कुरा सँगै गर्ने गर्दा जनताले हामीलाई आफ्नै छोराछोरी ठानेर नै मर्नका लागि हाँसीहाँसी पठाउने कुरा सजिलो थिएन । तर, हामीले त्यसै गर्यौं ।

तर, यतापट्टि (शान्ति प्रक्रियामा) आएपछि विचारमा पनि कहीँ न कहीँ स्खलित नै भएकै छ । विचारमा पनि समर्पित भएर, राष्ट्रको निम्ति समर्पित भएर जनताको निम्ति समर्पित भएर काम गर्नुभन्दा पदको र व्यक्तिगत स्वार्थको निम्ति काम गर्ने खतरा छ । हिजो अप्ठ्यारो कामको जिम्मा लिने, मोर्चामा मलाई अघि बढाइयोस् भनेर झगडा हामी, आज पदमा मलाई पठाइयोस् भनेर झगडा गर्नेमा रुपान्तरित हुँदै जाने खतरा भएकै छ ।

त्यसकारण, हामीले केन्द्रीय समितिमा एउटा सङ्कल्प गरेर आएका छौँ । हामी परिवर्तनको वाहकका रूपमा, जनताको सेवकका रूपमा, यो राष्ट्रको एकताको निम्ति समर्पित शक्तिका रूपमा । विचारको मौलिकता दिन नसक्ने र आदर्शको निम्ति समर्पित भएर लड्न नसक्ने हो भने हाम्रो औचित्य यो देशमा रहँदैन भनेका छौँ, हामीले केन्द्रीय समितिमा ।

किनभने, त्यसका निम्ति काँग्रेस पनि छ, एमाले केपी ओलीको पार्टी पनि छ, उस्तै काम हामीले पनि गरिराख्ने हो भने अलग्गै पार्टी किन हुनुप–यो ? त्यही गएर बसे भइगो नि ?

हामी जनतालाई झूट नबोल्ने, साँचो भन्ने । मुखले एउटा भन्ने व्यवहार अर्को गर्ने जुन प्रवृत्तिसँग हामी लड्यौँ, तीन वर्षदेखि प्रताडित पनि भयौँ । हामी यहाँ स्थायी समितिका नेताहरू तीन वर्षमा यति धेरै हैरान भयौँ, हामी हिजो जनयुद्धमा पनि ढाँटछलको राजनीति हुँदैन । विज्ञानमा बेइमानी चल्दैन । विज्ञानमा त जे सत्य हो, त्यही कुरा भनेमात्रै विज्ञानको सेवा हुने हो । नभएको ढाँटेर त हुँदैन । हाम्रो बानी सिधा सिधा बोल्ने, जे भनेको छ त्यही होला भनेर बुझ्ने प–यो ।

तर, यहाँ खासगरी एमालेको केपी प्रवृत्ति भन्ने एउटा र गर्ने ठिक उल्टो रहेछ । म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्न भन्ने ! कति मिठो ! तर, केका लागि भन्नुहुँदो रहेछ भनेको त, भ्रष्टाचारलाई छोप्नका लागि लेबल रहेछ त्यो त । रक्सी अर्कै छ, लेबल त्यो राख्ने रहेछ, उहाँको बानी त ।

कतिपय साथीहरूलाई प्रचण्डले (एमालेसँग) एकता गर्नु नै गलत भयो भन्ने पनि लाग्छ । मलाई त्यो लागेको छैन । एकता गर्नै पर्ने थियो । एकता गर्दा विचार र राजनीति नमिलाई ग–यो भन्ने पनि कतिलाई लागेको छ । तपाईले दस्तावेज हेर्नुभयो भने ओली र मैले नै सही गरेका छौँ । माओवादी जनयुद्धले नै संघीय गणतन्त्र स्थापनामा मुख्य भूमिका खेलेको हो भन्नेमा केपी ओलीले सही गरेका छन् ।

नेपालमा उत्पीडित जाति, वर्ग, क्षेत्रमा राजनीतिक जागरण ल्याउन माओवादी आन्दोलनले निर्णायक भूमिका खेल्यो भन्नेमा केपीले सही गरेका छन् । अनि, अध्यक्ष पालोपालो प्रधानमन्त्री पालोपालो भन्नेमा पनि सही गरेका छन् । हामीले त जे भने, त्यही हुन्छ भनेर बुझियो । तर, त्यो त उनी प्रधानमन्त्री हुनका लागि ठगी धन्दा गरेका रहेछन् । हामीले उनको ठगी धन्दा तमसुकमा सही गरेपछि त भयो भन्ठानियो । हामी तमसुक हेरेर बसियो, उनले प्रधानमन्त्री पड्काए ।

गठबन्धनको बैठकमा हामी सबै थियौँ, शेरबहादुरको घरमा हामी सबै थियौँ । साथीहरूले तपाईले केपीसँग एकता गरेर के पाउनुभयो भने । मैले के भन्नु । मैले भने,‘ज्ञान प्राप्त गरेर आएँ । अरू त के पाउनु छ र । ठूलो ज्ञान प्राप्त गरेर आएको छु , त्यो ज्ञान अब काँग्रेसलाई पनि काम लाग्छ, माधवजीलाई पनि काम लाग्छ भनेजस्तो ज्ञान मात्रै प्राप्त भयो ।’

बडो नरम भएर हामीले एकता पनि ग–यौँ । तर, उनको जालझेल र कपट बुझेपछि त्यसलाई नजिकबाट प्रहार गर्ने निर्णायक विद्रोह पनि त हामीले ग–यौँ । यो कुरा तपाईहरुले गहिरो गरी बुझ्न जरुरी छ ।

बादशाहलाई घोडाबाट ढालेजसरी कसले ढाल्यो त भन्ने पनि विचारणीय छ नि त । हामीले गठबन्धन गर्दा तीन कुरा भन्यौँ, संविधानको रक्षा, लोकतन्त्रको रक्षा र राष्ट्रियताको रक्षाका लागि हो यो भनेर । यसको रक्षा गर्ने आवश्यकता रहँदासम्म यो गठबन्धन रहन्छ भनेर प्रतिबद्धता जनतासमक्ष गरेका छौँ ।

अब बन्दुक समातेर होइन, उत्पादनका औजार समातेर, जनताको सेवा गरेर, जनपरिचालनलाई नयाँ तरिकाले उठाएर, विज्ञान प्रविधिको प्रयोग गरेर नयाँ सेना बन्नु छ । समाजवादी क्रान्तिको नेता हुने अवसर अब तपाईँहरू सामु छ ।

०३८ सालको कुरा गर्दा म त्यतिबेला युवाको प्रमुख, म दुईपटक प्रधानमन्त्री पनि भएँ, पार्टी प्रमुख पनि भएँ, अब मलाई छिटोभन्दा छिटो बिदा भएर संस्मरण लेख्न मन छ । तर, तपाईँहरू तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन । मलाई लाग्छ,। यो भेलाबाट तपाईँहरू तयार हुने बाटोमा हुनुहुन्छ र हामी पुरानो पिँढीका नेताले छिटै नयाँ भूमिकामा जाने, छिटै भनेको भोलि नै होइन । तपाईहरुले त्यो अवसर दिनुहुनेछ भनेर म आशा गर्छु ।

क्रान्तिको विकास भनेको, मार्क्सले भनेका छन् ः क्रान्तिले बलियो प्रतिक्रान्तिलाई जन्म दिँदै, त्यसलाई परास्त गर्दै अघि बढ्छ । यो गहिरो छ । ००७ सालमा परिवर्तन भयो, ०१७ सालमा झन् ठूलो प्रतिक्रान्तिलाई जन्म दियो । ३० वर्ष फेरि लडाइँ लडेर फेरि त्यो हराउने अवस्था भयो । त्यसले फेरि ज्ञानेन्द्रको निरङ्कुशता प्रतिक्रान्तिलाई जन्म दियो । फेरि त्यसलाई १२ बुँदे समझदारीमार्फत परास्त गर्नुप–यो । संविधान बनाइयो, अब समस्या आउँदैन होला भनेको, फेरि केपी प्रवृत्ति आइदियो । केपी प्रवृत्तिविरुद्ध सबै मिलेर लड्नुपर्ने स्थित बन्यो ।

हामी अहिले विजयी मुडमा छौँ । तर, कहिलेकाँही विजयी भयौँ भनेर रिल्याक्स गर्न थाल्यो, फ्याट्ट हान्छ अर्कोतिरबाट । अस्ति पहिलोचोटि संसद् विघटन बदर भएर संसद् पुनर्स्थापना भएपछि माधवले र मैले लड्डु खाइयो । त्यो लड्डुको स्वाद जान पाएको थिएन, दुईवटा पार्टी भए । ड्याम्म टाउकोमा फेरि घन हानेजस्तो आइहाल्यो । बल्ल बल्ल त्यसलाई अहिले सम्याइएको छ, अब कताबाट के आउँछ भनेर पनि सतर्क हुनुपर्छ ।

तर, के कुरा सत्य हो भने यदि हामी आफ्नो विचारमा दृढ छौँ, समाजवादी विचारमा दृढ भयौँ भने समाजवादी क्रान्तिको रणनीतिमा स्पष्ट भयौँ भने प्रतिक्रान्तिलाई रोक्नेमा प्रतिबद्ध भयौँ भने जित त हाम्रै हुन्छ । सत्यमेव जयते भनेजस्तै सत्यकै हुन्छ जीत त । जीत हुन्छ भनेर ढुक्कसँग बस्यो भने हानिहाल्छ प्रतिक्रान्तिले ।

अन्तिममा, हामीले राष्ट्रको एकताको झन्डा उठाउनुपर्छ, राष्ट्रिय विखण्डनविरुद्ध जानुपर्छ । हामीले विभाजनकारी शक्तिविरुद्ध लडिरहनुपर्छ । हामीले लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षमा रहेका सबै शक्तिहरूसँग हातेमालो गर्ने कुरा उनीहरूसँग सहकार्य गर्ने कुरामा दृढतापूर्वक उभिनुपर्छ । यी सबै कुरामा लड्नका लागि हामीले आफ्नै सङ्गठन, आफ्नै विचारलाई बलियो गर्ने कुरामा सबैभन्दा धेरै ध्यान दिनुपर्छ । यी सबैलाई लिएर हिँड्ने कुरालाई पनि सँगसँगै लिएर जानुपर्छ ।

त्यसो गर्दा हाम्रो भविष्य उज्ज्वल छ । तपाई युवा साथीहरूले केन्द्रीय कमिटीको प्रस्ताव हेर्नुहोला, सर्कुलर पठाइसकिएको छ । हेर्नुहोला । हामीले फेरि यो राष्ट्रको नेतृत्व लिनका लागि तयार गर्नुपर्ने हुन्छ, यो एउटा नेताले गरेर हुने होइन । हामी सबैले सामूहिक रूपमा र मुख्यतः तपाई युवाहरुले व्यापक रूपमा आफूलाई तयार गर्नुभयो भने हामीले जित्छौँ । हामी सबैलाई समेटेर यो राष्ट्रलाई महान् राष्ट्र बनाउनसक्छौं । एक्काइसौं शताब्दीमा अहिलेसम्म नभएको समाजवादको मोडल दिनुछ हामीलाई, विचारमा नयाँ मोडल दिनुछ, राजनीतिमा नयाँ मोडल दिनुछ, अर्थतन्त्रमा नयाँ मोडल दिनुछ , संस्कृतिमा नयाँ दिनुछ, नयाँ उत्पादन अभियान चलाउनुछ र छिटोभन्दा छिटो, राम्रोभन्दा राम्रो तरिकाले विकासको गति दिएर जनतालाई समृद्ध बनाउनु छ । यही हाम्रो सपना हो । तपाईहरुले यसलाई आत्मसात् गर्नुभयो भने , सङ्कल्प गर्नुभयो भने नजितिने केही कुरा छैन ।

प्रतिक्रिया