आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कुलमान विरुद्ध कठोर कदम चाल्दै अख्तियार, प्रचण्डले पनि रोक्न नसक्ने

प्रकाशित
2.7K
SHARES

काठमाडौ। नेपालमा ठूलो रोगका रुपमा रहेको लोडसेडिङलाई अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग कठोर भएर लागेको छ ।

अख्तियार प्रमुख प्रेमकुमार राईले नेकपा एमालेका अध्यक्ष केपी ओली निकट भएका कारण पनि कुलमान विरुद्ध एक्सनमा उत्रिन लागेका हुन् । उनी एक्सनमा उत्रिएको खण्डमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत रोक्न सक्ने छैनन् ।

राईलाई ओलीले नियुक्ती गरेकाले उनकै निर्देशनमा चल्ने हुँदा प्रचण्डले भनेको नमान्ने विश्लेषण गरिएको छ । अख्तियारले उनी विरुद्ध ४ बर्षअघिको फाइल खोलेर एक्सनमा जान लागेको छ ।

घिसिङको प्रत्यक्ष संलग्नता रहेको भनिएको चार अर्बको ग्रिड–सोलार प्रकरणको फाइल खोल्न लागेको छ । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले पनि सो प्रकरणलाई खोतलिरहेका बेला पाँच वर्षअघिको कुलमानकै कार्यकालको चर्चित २५ मेगावाट ग्रिड–सोलार जडानसम्बन्धी भ्रष्टाचारको अनुसन्धानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनः अघि बढाएको हो ।

२०७४ सालमै त्यस विषयमा अख्तियारमा उजुरी परेको र तत्कालीन संसद्को सार्वजनिक लेखा समितिले ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन दिए पनि घिसिङको दवावका कारण उक्त छानबिन अघि बढ्न सकेको थिएन । तत्कालीन अख्तियार प्रमुखहरू दीप बस्न्यात र नवीन घिमिरेले उक्त विषय अघि बढाउन चाहे पनि सकेका थिएनन् ।

सोहीअनुसार अख्तियारले २०७८ श्रावण ११ गते बिद्युत प्राधिकरणलाई पत्र लेखी सो सम्बन्धी सम्पूर्ण कागजातहरू यथाशीघ्र अनुसन्धान महाशाखा नं. ५ मा बुझाउन भनेको छ । प्राधिकरण स्रोतका अख्तियारको पत्र अनुसार कागजातहरू बुझाई सकिएको छ ।

विश्व बैंकको ऋण सहयोगमा नुवाकोट जिल्लामा २५ मेगावाटको ग्रिड–सोलार जडान गर्न बिद्युत प्राधिकरणले १३ अप्रिल २०१५ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान ग¥यो । उक्त प्रक्रियामा १६ वटा अन्तर्राष्ट्रिय कम्पनीहरूले भाग लिएका थिए ।

तीमध्ये अन्तिम मूल्याङ्कनको चरणमा ५ वटा कम्पनीहरू छनौट भएका थिए । मूल्याङ्कन प्रक्रिया पूरा गरी तत्कालीन व्यवस्थापनले २०७३ भाद्र १६ गते न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही रहेको पिङ्गावो एण्ड हेरेन जे.भी.लाई नेपाली रुपैयाँ ३ अर्ब ४ करोडमा ठेक्का दिने निर्णय गरेको थियो ।

कुलमान घिसिङ २०७३ भाद्र २९ गते कार्यकारी निर्देशक नियुक्त भएपछि उक्त निर्णय कार्यान्वयन नगरी मूल्याङ्कन प्रतिवेदन समेत परिवर्तन गरी चौथो नम्बरमा रहेको राइजेन इनर्जी कम्पनीलाई ठेक्का दिने निर्णय भई २०७४ जेष्ठ २ गते ठेक्का सम्झौता भयो ।

उक्त सम्झौता रकम नेपाली रुपैयाँ ३ अर्ब ७२ करोड रहेको छ । यो रकम पूर्वस्वीकृत ठेक्का रकमभन्दा ६८ करोड बढी हो । सम्झौतामा १ वर्षभित्र कार्य सम्पन्न हुने लक्ष्य भएपनि ४ वर्ष बितिसक्दा समेत सम्पन्न हुन नसक्दा गम्भीर प्रश्न उठेको छ ।

यसै गरि, काबुलमा रोकिएका ४२ नेपालीलाई भारतीय सैन्य विमानबाट उद्धार गरिँदै

अफगानिस्तानको राजधानी काबुलमा रोकिएका ४२ नेपालीहरुलाई भारतीय सैन्य विमानबाट उद्धार गरिने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार यतिबेला ४२ जना नेपालीहरु काबुलको विमानस्थल नकिै उद्धारको पर्खाइमा छन्। गत बिहीबार साँझको विस्फोटको घटनापछि उनीहरु विमानस्थलबाट १३ किलोमिटर टाढाको क्षेत्रमा गएर बसेको बताइएको छ।

परराष्ट्रका अनुसार दिल्लीस्थित नेपाली दूतावासले ती नेपालीलाई उद्दार गर्न भारत र अमेरिका सरकारसँग समन्वय गरिरहेको छ। परराष्ट्रले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै सबै नेपाली सुरक्षित अवस्थामा रहेको र सबैसँग नियमित सम्पर्क भइरहेको जनाएको छ।

हाल त्यहाँका शिख समुदायले संचालन गरेको निशुल्क खाने र बस्ने ठाउँमा नेपाली र भारतीयहरु बसिरहेका छन्। भारतीय एयरफोर्सको बिमानबाट रोकिएका ती ४२ जना नेपालीलाई उद्दार गर्न कूटनीतिक प्रयास भैरहेको जनाइएको छ।

हालै काबुल बिमास्थल अगाडि विस्फोटन हुँदा १७० भन्दा बढी नागरिकको ज्यान गएको छ। मृतकमध्ये १३ अमेरिकी सेना पनि रहेका छन्। सो घटनाको जिम्मा आईएस–के समूहले लिएको थियो। अमेरिकाले शनिबार मात्र आफ्नो ड्रोन आक्रमणमा सो घटनाका योजनाकार मारिएको दाबी गरेको छ। अफगानिस्तान तालिबानको कब्जामा गएपछि यतिबेला अफगानिस्तानबाट विदेशी नागरिकहरु घर फर्किरहेका छन्।

यसै गरि , काबुल एयरपोर्टबाट १५० भारतीयलाई तालिबानले अपहरण गरेपछि

अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार १५० भारतीय नागरिकलाई केहीबेर तालिबान लडाकुले अपहरण गरेका छन्। तालिबानले अफगानिस्तान कब्जा गरेपछि देश छाड्ने चाहने विदेशी नागरिक सबैलाई स्वदेश फर्कन दिने बताएको छ।

सोही कारण भारतीयसहित धेरै देशका नागरिकले अफगानिस्तान छाडिरहेका छन्। भारतीय संचारमाध्यम एनडीटीभीका अनुसार आज शनिबार भारत फर्कन लागेका १५० भारतीयलाई तालिबानले केहीबेर नियन्त्रणमा लिएका थिए। यद्यपी यतिबेला सबै भारतीय सुरक्षित भएको बताइएको छ।

तालिबानले सबैको राहदानी हेरेपछि उनीहरुलाई छाडेको बताइएको छ। भारतीय अपहरणमा परेको खबरसँगै भारत लगायत अन्तर्राष्ट्रिय समुदायले भारतीयलाई छाड्न तालिबानलाई दबाब दिएका थिए। तालिबानका प्रवक्ता अहमेदुल्लाह वासेकले भने भारतीयलाई अपहरण गरेको विषय झुठो भएको बताएका छन्।

यसअघि अमेरिका फर्कन लागेका अमेरिकी नागरिकलाई तालिबानले बाटोका कुटपिट गरेको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बताएका थिए। भारतीयमाथि पनि हातपात भएको आशंका गरिएको छ। यद्यपी स्रोतलाई उदृत गर्दै एनडीटीभीले भारतीयहरु सबै विमानस्थल फर्किसकेको जनाएको छ।

यसअघि तालिबानले भारतसँगको व्यापार बन्द गरेको थियो भने तालिबानले चीनसँगको सम्बन्धलाई बढावा दिएको छ। हालैमात्र तालिबानहरु भारतीय दूतावासमा घुसेको खबर पनि आएको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ