आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गर्लफ्रेण्डलाई लिएर फुटबल हेर्न गएका थिए, श्रीमतीले टिभीमा लाइभ देखेपछि…

प्रकाशित
4.8K
SHARES

एजेन्सी। एक विवाहित व्यक्तिलाई गर्लफ्रेण्डसँग प्रेमालाप गर्दै खेल हेर्नु निकै भारी परेको छ। इक्वेडरका देवेइ एन्ड्रेड नामका ती व्यक्तिले स्टेडियममा बसेर बार्सिलोना र डेलफिनको फुटबल खेल हेरिरहेका थिए। उनकी गर्लफ्रेण्ड उनको छेउमै थिइन्।

संसारलाई बिर्सेर बसेका ती व्यक्तिले खेल हेर्ने क्रममा गर्लफ्रेण्डलाई किस गरिरहेका थिए। ती व्यक्तिलाई रत्तिभर पत्तो थिएन कि खेल लाइभ कभर गरिरहेका क्यामेराले उनको यो हर्कत पनि कभर गरिरहेका थिए ।

उनीहरुको हर्कत स्टेडियममा जडित ठूला क्रिनसँसै टिभीमा पनि लाइभ प्रसारण भइरहेको थियो। जब देवेइलाई महसुस भयो कि उनको भिडियो लाइभ भइरहेको छ, उनी सचेत भए।

तर, त्यतिबेलासम्म ढिलो भइसकेको थियो। उनकी श्रीमतीले घरमा बसेर टिभीमा यही खेल हेरिरहेकी थिइन्ज, सले देवेइको चर्तिकला पनि देखिसकेकी थिइन्। देवेइको हर्कत देखेपछि उनकी श्रीमती घर छाडेर गइन् ।

यो भिडियो इक्वेडरसहित विश्वभर भाइरल भइरहेको छ। भिडियो भाइरल भएपछि र श्रीमती घर छाडेर गएपछि देवेइले इन्स्टाग्राममा सार्वजनिक रुपमा एक पोस्ट लेखेर,

आफ्नो गल्तीको लागि माफी माग्दै श्रीमतीलाई घर फर्कन आग्रह गरेका छन्। भिडियो भाइरल भएपछि र आफूमाथि व्यङग्य हुन थालेपछि उनले मानिसबाट नै गल्ती हुने भन्दै मानिसहरुलाई यो मुद्दा छाड्न आग्रह गरेका छन्।

दलालको माध्यमबाट बोलाएकी यौनकर्मी युवती आफ्नै श्रीमती परेपछि…कहिलेकाहीँ श्रीमान–श्रीमतीको अगाडि यतो परिस्थिति आउँछ कि दुवैले केही गर्न सक्दैनन् । दुवैले एक अर्कालाई धोका दिएर बाहिर सम्बन्ध बनाएको अवस्थामा निकै संकट पर्न सक्छ । यस्तै एउटा घटना भारतको उत्तराखण्डको काशीपुरमा भएको छ ।

आज तकका अनुसार यहाँ एक व्यक्तिले कलगर्ल बोलाएका थिए । जब उनले बोलाएकी कलगर्ल उनको अगाडि पुगिन् युवतीको होसहवास उड्यो । ती कलगर्ल उनकै श्रीमती थिइन् ।खासमा ती श्रीमानले ह्वाट्सएपमार्फत एक दलालसँग सम्पर्क गरेर कलगर्ल पठाउन भनेका थिए ।

दलालले पठाएकी कलगर्ल आफ्नै श्रीमती परेपछि श्रीमान श्रीमतीबीच ठूलै विवाद र हातपात समेत भयो । दुवैले एक अर्काविरुद्ध पुलिसमा उजुरी गरेका छन् । केही वर्ष पहिले दिनेशपुरका युवकको बिहे काशीपुरको आइटिआइ क्षेत्रमा बस्ने युवतीसँग भएको थियो ।

तर, बिहेपछि नै श्रीमती श्रीमानसँग नबसेर माइतीमा बस्न थालेकी थिइन् । उनको धेरै समय माइतीमै बित्थ्यो, घरमा निकै कम समय बस्थिन् । एक दिन ती युवतीकी एउटी साथीले उनका श्रीमानलाई उनकी श्रीमतीले कलगर्लको काम गर्ने गरेको बताइदिइन् ।

आफूहरुबीच झगडा परेको रिसमा उनले साथीका श्रीमानका अगाडि पोल खोलिदिएकी थिइन् । त्यसपछि श्रीमानले श्यामपुरमकी एक महिला दलालसँग ह्वाट्सएपमा सम्पर्क गरेर कलगर्ल पठाउन भने ।

दलालले केही फोटो बताएर युवती रोज्न भनिन् । युवकले आफ्नी श्रमितीको फोटो रोजे । महिला दलालको नम्बर उनलाई श्रीमतीकी साथीले नै दिएकी थिइन् । त्यसपछि जब कलगर्लको रुपमा उनकै श्रीमती उनको अगाडि आइन्, उनीहरुबीच ठूलो लडाइँ भयो।

अहिले श्रीमतीले आफ्ना श्रीमानको आफ्नी साथीसँग सम्बन्ध भएको आरोप लगाउँदै उजुरी गरेकी छिन् भने श्रीमानले श्रीमतीको यौनधन्दाको विषयलाई लिएर उजुरी गरेका छन्।

यो पनि : ३ जनासँग सहमतिमै यौन सम्बन्ध राखेर १२ जनामाथि बलात्कारको आरोप : जना युवकमाथि बलात्कारको आरोप लगाउने युवतीले अहिले बयान फेरेकी छिन्। उनले ती युवकहरुसँग बदला लिनको लागि यस्तो आरोप लगाएको बताएकी छिन्।

साइप्रसको एक रिसोर्टमा पार्टी गर्न गएकी १९ वर्षकी बेलायती युवतीले ती युवकहरुमाथि बलात्कारको आरोप लगाएकी थिइन्। आरोप लगाइएका सबै युवक इजरायलका हुन्। युवतीका अनुसार उनले ३ युवकसँग सहमतिमै यौन सम्बन्ध बनाइरहेकी थिइन्।

तर, ती युवकहरुले उनको इच्छाविपरित भिडियो बनाएका थिए। जबरजस्ती भिडियो बनाएकै कारण युवतीको मनमा बदलाको भावना जाग्यो र उनले बलात्कारको आरोप लगाएकी थिइन्। घटना १७ जुलाइमा भएको थियो।

आरोपी बनाइएका इजरायली युवकहरुलाई सुरुमा गिरफ्तार गरेको पुलिसले क्लिन चिट दिँदै रिहा गरिसकेको छ। त्यसपछि युवतीलाई झुटो उजुरी दिएको आरोपमा गिरफ्तार गरिएको हो।

युवतीका वकिलले भने उनलाई रिभेन्ज पोर्नको शिकार बनाइएकोले युवती अझै पीडित भएको दावी गरेका छन्। यद्यपि रिहा भएपछि सबै युवक इजरायल गइसकेका छन्। रिपोर्टका अनुसार पुलिसले भिडियोमा युवतीले यौन सम्बन्ध बनाउँदा कुनै

किसिमको विरोध वा प्रतिरोध गरेको नपाएपछि उनलाई झटो उजुरी दिएको आरोपमा पक्राउ गरिएको हो। कथित रुपमा युवती भिडियोमा हाँसिरहेकी छिन्। एजेन्सीको सहयोगमा।

प्रतिक्रिया

आजको ट्रेन्डिङ