आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बिहे गर्छन् तर यौनसम्बन्ध राख्दैनन्, विवाहित दम्पतीको व्यवहारले सरकारलाई संकट

प्रकाशित
561
SHARES

काठमाडौं। हुन त यौन सम्बन्धको लागि परिपक्व उमेर र दुवै जनाको सहमति भए पुग्छ । तैपनि हाम्रो देशमा विवाहलाई यौन सम्बन्धको अनौपचारिक स्वीकृति मानिन्छ । विवाहपूर्व यौन सम्बन्ध कानुनी रुपमा प्रतिबन्धित नभए पनि हामीकहाँ सामाजिक रुपमा भने यो कुरालाई असहज मानिन्छ ।

तर, जापान सरकारको अगाडि भने अर्को संकट आएको छ । यहाँ मानिसहरुले विवाह त गर्छन् तर यौनसम्बन्ध राख्दैनन् । जापानमा कैयौं विवाहित जोडीहरुले ‘सेक्स फ्रि’ जीजन बिताइरहेका छन् ।

जापानमा कैयौं मानिसहरु यस्ता छन् जो जीवनभर अविवाहित रहन्छन् । हुन त अरु देशमा पनि आजीवन अविवाहित रहनेहरु छन् तर जापानमा यस्ता मानिसहरुको संख्या अन्यत्रभन्दा उच्च छ । त्यसमाथि विवाह गरेकाहरुले पनि यौनसम्बन्धबाट तर्किन थालेपछि जापानमा जन्मदरमा लगातार गिरावट आइरहेको छ ।

समाचार एजेन्सी डिपीएको रिपोर्टअनुसार जापानमा यस्ता मानिसहरुको संख्या लगातार बढिरहेको छ जो जीवनभर सिंगल रहन चाहन्छन् । यही कारण जापानमा कूल जनसंख्यामा वृद्धवृद्धाको संख्या लगातार बढिरहेको छ ।

यो स्थिति निकै चिन्ताजनक हो र यसलाई जापान सरकारले पनि अहम संकटको रुपमा हेरिरहेको छ । यसबाट देशको अर्थतन्त्रमा पनि खराब असर परिरहेको छ । मेरिको नामकी महिलाका अनुसार उनी आफ्नी एक मित्रका विषयमा चिन्तित छिन् किनकि उनकी मित्र बच्चा चाहन्छिन् तर उनकी मित्रका पति भने यौनसम्बन्ध राख्नै चाहँदैनन् । मेरिको आफैं पनि पति र बच्चा चाहन्छिन् तर यसको लागि उनले आफ्नो लागि उचित पति भेट्नै सकिरहेकी छैनन् ।

चुओ युनिभर्सिटीका प्रोफेसर मसाहिरो यामडाको अनुमान अनुसार जापानका करिब २५ प्रतिशत युवा सम्भवतः जीवनभर सिंगल रहनेछन् र कहिल्यै बिहे गर्ने छैनन् । रिपोर्टका अनुसार पछिल्लो ३ दशकमा जापानमा सिंगल व्यक्तिहरुको संख्या धेरै बढेको छ । जापानमा पनि सामान्यतया महिलाले घरको काम हेर्ने र पुरुषले बाहिर कमाउने परम्परा चलिआएको छ ।

तर, देशको अर्थतन्त्र राम्रो नभएका कारण महिलाहरुले राम्रो कमाइ भएका पार्टनर पाउन सकिरहेका छैनन् । अर्कोतर्फ देशमा कैयौं व्यक्ति यसकारण पनि सिंगल छन् किनकि अधिक कामका कारण उनीहरुसँग खाली समय नै रहँदैन ।

२०१५ मा थाहा भएको थियो कि १९९२ को तुलनामा देशमा २०१५ मा आइपुग्दा १८ देखि ३९ वर्ष उमेरका युवाहरुमा सिंगल महिलाको संख्या मात्र २२ लाख बढी भइसकेको थियो । त्यही अवधिमा सिंगल पुरुषहरुको संख्या १७ लाख बढेको थियो । अहिले जापानको कूल जनसंख्या करिब साढे १२ करोड छ ।

एक अध्ययनमा जापानमा हरेक ४ मध्ये एक महिला र हरेक ३ मध्ये एक पुरुष ३० वर्षभन्दा धेरै उमेर भइसक्दा पनि सिंगल भएको खुलासा भएको थियो । यीमध्ये आधालाई वैवाहिक सम्बन्धमा रुचि थिएन । रिपोर्टअनुसार जापानमा उमेर पुगेका तर भर्जिन अर्थात कुमारित्व नै नगुमाएका व्यक्तिहरुको संख्या पनि बढिरहेको छ ।

यो पनि:  कुनै झगडा थिएन तर बिहेपछि २७ वर्षसम्म श्रीमानबाट छुट्टै रहिन् गायिका अलका याग्निक

बलिउडकी चर्चित गायिका अलका याग्निकले सयौं सुपरहिट गीत गाएकी छिन् । ९० को दशकमा बलिउडको पाश्र्व गायनमा राज गरेकी गायिका अलकाको गायनमा नेपाली मूलका गायक उदीतनारायण झासँग निकै राम्रो जोडी जमेको थियो । ९० को दशकमा बलिउडका अधिकांश फिल्मका गीतहरुमा यी दुईको स्वर हुन्थ्यो । आज शनिबार अलका आफ्नो ५५ औं जन्मदिन मनाउँदैछिन् ।

अलकाले १४ वर्षको उमेरदेखि संगीत उद्योगमा आफ्नो करिअर सुरुवात गरेकी थिइन् । उनले २ हजारभन्दा धेरै गीतहरु रेकर्ड गरेकी छिन् । उनले १६ भाषामा गीत गाएकी छिन् । अलका आफ्नो व्यवसायिक जीवनमा निकै सफल रहिन् तर उनले आफ्नो यो सफलताको लागि धेरै त्याग गरेकी छिन् । अलकाले १९८९ मा शिलोंगका व्यवसायी निरज कपूरसँग बिहे गरेकी थिइन् । तर, बिहेपछि २७ वर्षसम्म यी दुई एक अर्काबाट अलग रहे ।

निरजको व्यवसाय शिलोंगमा थियो । अलकाको काम भने सपनाको सहर मुम्बइमा थियो । यही कारण यी दुईको लागि एक अर्कासँग छुट्टिएर बस्नु बाध्यता बन्यो । एक अर्कासँग छुट्टिएर बस्दा उनीहरुको जीवनमा धेरै चुनौती आए तर यी सबैका यीचमा यी दुईको सम्बन्ध भने सुन्दर तरिकाले अगाडि बढिरह्यो । निरज बेलाबेला मुम्बइ त आउँथे तर विवाहपछिको अधिकांश समय अलकाले सिंगल मदरको रुपमा बिताइन् र आफ्नै बलमा सन्तान हुर्काइन् ।

अलकाले एक अन्तरवार्तामा भनेकी थिइन् ‘निरजले मुम्बइमा व्यवसाय सुरु गर्ने कोसिस गरेका थिए तर उनी सानो सहरबाट थिए र मुम्बइमा आफूलाई स्थापित गर्न सकेनन् । यहाँ व्यवसाय सुरु गरेपछि उनको धेरै पैसा डुबेको थियो । त्यसैले मैले नै उनलाई शिलोंगमा नै आफ्नो व्यवसाय गर्न भनेकी थिएँ ।’ त्यसपछि निरजले शिलोंगमै आफ्नो व्यवसाय जारी राखे र दुवै व्यवसायिक रुपमा सफल रहे ।

यसै गरि,   एक हाइप्रोफाइल बेली डान्सरले सामाजिक संजालमा अनैतिक र उत्तेजक भिडियो पोस्ट गरेको अभियोगमा ३ वर्ष जेल र साढे २२ लाख रुपैयाँ जरिवानाको सजाय पाएकी छिन् । मिश्रकी बेली डान्सर सामा एल मेसीलाई यहाँको अदालतले शनिबार ३ वर्ष जेल र ३ लाख इजिप्सियन पाउण्ड जरिवानाको सजाय सुनाएको अल जजीराले जनाएको छ । उनी गएको अप्रिलमा पक्राउ परेकी थिइन् ।

कायरोको एक अदालतले शनिबार फैसला सुनाउँदै उनीमाथि मानिसहरुसँग दुर्व्यवहार र अनैतिकताको लागि उक्साएको आरोपमा सजाय तोकेको हो । उनी अप्रिलमा सामाजिक संजालमा पोस्ट गरिएका भिडियो र तस्वीरहरुको जाँचको क्रममा पक्राउ परेकी थिइन् । उनले आफ्ना भिडियोहरु लोकप्रिय भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा शेयर गरेकी थिइन् । यी भिडियोमा उनले सार्वजनिक रुपमा मानिसहरुको उत्तेजना बढाउने काम गरेको आरोप लगाइएको थियो ।

४२ वर्षकी यी बेली डान्सरले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आफूलाई निर्दोष बताएकी थिइन् । उनले आफ्नो फोनबाट ती भिडियो चोरी गरिएको र उनको सहमतिबिना सामाजिक संजालमा शेयर गरिएको बताएकी थिइन् । कायरोको अदालतले शनिबार फैसला सुनाउँदै उनले अनैतिकता फैलाउने उद्देश्यले सामाजिक संजालमा ती भिडियो शेयर गरेको बताएको छ ।

अदालतले उनले मिश्रमा परिवारको सिद्धान्त र मूल्य मान्यताको उल्लंघन गरेको ठहर गरेको छ । अदालतको यो फैसलाको विषयमा त्यहाँको संसदका एक सदस्य जोन तलाटले भने ‘स्वतन्त्रता र भ्रामकतामा ठूलो अन्तर छ । एल मेसी र अन्य महिलाहरु सामाजिक संजालमा भिडियो पोस्ट गरेर पारिवारिक मूल्यहरुलाई बर्बाद गरिरहेका थिए जो संविधानको विरुद्ध छ ।’

प्रतिक्रिया