आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रामकुमारी झाक्री नेपालको पहिलो महिला प्रधानमन्त्री बन्दै , यस्तो छ भित्रि प्लान

प्रकाशित
2.5K
SHARES

काठमाडौँ।  नेपालको राजनीति विगत ३० बर्षदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरिपरी घुमिरहेको छ । पहिलो १० बर्ष जनयुद्ध गरेर राजनीतिको केन्द्रमा रहेका प्रचण्ड शान्ति प्रक्रियामा आएपछि कसैलाई सत्तामा पुर्याउने र झार्ने मामलामा निमै माहिर देखिएका छन् ।

उनले नेकपा एमालेबाट ३ जनालाई प्रधानमन्त्री बनाइसकेका छन् भने माओवादीबाट बाबुराम भट्टराईलाई र काँग्रेसबाट शेरबहादुर देउवालाई दुई चोटी प्रधानमन्त्री बनाइसकेका छन् । यो विचमा उनी आफैपनि दुई पटक प्रधानमन्त्री बनेका छन् ।

उनले अब आफू यही अवस्थाको प्रधानमन्त्री नबन्ने बताइसकेका छन् । उनी नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था भएको खण्डमा मात्र देशको बागडो सम्हाल्ने इच्छा व्यक्त गरेका छन् ।

यसैबीच प्रचण्डले देशकै पहिलो महिला प्रधानमन्त्रीका रुपमा रामकुमारी झाक्रीलाई अगाडि बढाउने चर्चा सतहमा आएको छ । नेकपा एमालेबाट छुटिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ झाँग्री प्रधानमन्त्री बनाउन प्रचण्ड तयार रहेको बुझिएको छ ।

नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले रामकुमारी झाँक्री प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । जनता टेलिभिजनको अन्तरवार्तामा झाँक्री नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने ठोकुवा गरेका हुन् ।

प्रधानमन्त्री बन्ने तर यसमा प्रचण्डको भने साथ चाहिने उनको भनाई छ । समस्या देशको राजनैतीक परिवेशमा भएको बताउँदै प्रचण्डको उदार वानीले झाँक्रीलाई सहयोग गर्ने बताए ।

उनले अन्तरवार्ताको क्रममा नेपाली राजनीतिमा रामकुमारी झाँक्रीको हैसियतको कुनै राजनैतिक नेतृमा नरहेको बताए । उनले भविष्यमा कोहि महिला प्रधानमन्त्री बन्छन् भने यी रामकुमारी झाक्री नै रहेको उनको भनाई छ ।

यो पटक देउवाको सरकारमा उनी शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री बन्ने हल्ला चलेको छ । नेकपा एमालेबाट विद्रोह गर्दा सबैभन्दा शक्तिशाली महिलाको उपमा पाएकी झाँक्रीसहित अरु ४ जना नेकपा एसबाट मन्त्री बन्नेछन् भने १ जना राज्यमन्त्री बन्नेछन् ।

माधव नेपालका १३ सांसदले पाउँदैछन् यति ठूलो जिम्मेवारी

नेकपा एमाले विभाजन पछि बनेको एकीकृत समाजवादी पार्टी सरकारमा जाने पक्का भएको छ । माधव नेपाल अध्यक्ष रहेको पार्टीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारले अवसर पाउने भएका छन् ।देउवा सरकारमा सो पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ । प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद पनि सोही दलले पाउने सहमति भएको दाबी स्रोतको छ ।

हालसम्म मन्त्रीका रूपमा चर्चामा आएका नाममध्ये विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा. खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु अग्रपंक्तिमा छन् ।यीमध्ये एक जनालाई उपसभामुखको जिम्मेवारी दिइने भएको छ । तर, उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा टुंगो लागेको छैन ।

नयाँ दलको प्रमाणपत्र लिएपछि संसदीय दलको नेता, राष्ट्रिय सभा दलको नेता, प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रमुख सचेतक, सचेतक गरी ६ जना सांसदले विभिन्न जिम्मेवारी पाउनेछन् ।

यसरी एकीकृत समाजवादीले सरकारमा ६, संसदीय जिम्मेवारीमा ६ र उपसभामुख एक गरी १३ सांसदलाई नयाँ जिम्मेवारीमा पठाउने भएको छ ।त्यसमध्ये संसदीय दलको नेतामा नेपाल स्वयं नै जाने भएका कारण बाँकी चारको छनोट गरिने भएको छ । यसबाहेक विभिन्न संसदीय समितिका सभापति हेरफेर हुँदा एकीकृत समाजवादीले कम्तीमा तीनवटा संसदीय समितिको सभापति पाउने सम्भावना छ ।

वडा सदस्य हारेकी चौधरी एकाएक मन्त्री बन्दै, भाग्य बलियो भएपछि कसको के लाग्छ ?

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन गर्न सजिलो हुनेगरी अध्यादेश ल्याएपछि नेपालको राजनीतिले नयाँ मोड लिएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका छन् भने सरकार झन बलियो बनेको छ ।

माधवकुमार नेपालले एमाले विभाजन गराएर एकिकृत समाजवादी पार्टी दर्ता गराएका छन् भने जनता सभाजवादी पार्टी फुटाएर महन्थ ठाकुरले लोकतान्त्रीक समाजवादी पार्टी दर्ता गराएका छन् ।

एमालेमा रहँदा माधव नेपाललाई जीन्दगीभर साथ दिएका जनाधार बलियो भएका हाइप्रोफाइल नेताहरु धेरैले साथ दिएनन् । तै पनी माधव नेपाल एमाले फुटाइ छोड्ने मिसनमा अगाडी बढे र अहिले नयाँ दल दर्ता गरिकन सो पार्टीको अध्यक्ष बने ।

जनाधार बलियो भएका नेताहरुले साथ नदिए पछि निर्वाचन भने पछि परैबाट तर्सिने, निर्वाचनमा लज्जास्पद पराजय भोगेका र निवार्चन सँग कहिल्यै साइनो नभएका समेत धेरै नेताहरुलाई बोकेर माधव नेपालले पार्टी विभाजन गराएका छन् ।

विरोध खतिवडा बाहेक पटक–पटक निर्वाचन फेस गरेको र चुनाव जितेको नेता कसैले पनि साथ दिएका छैनन् माधव नेपाललाई । रामकुमारी झाँक्रीले जति नै चर्का कुरा गरे पनि आजसम्म स्ववियुको निर्वाचन समेत जितेकी छैनन् ।

सांसदमा उनलाई एमालेले कहिल्यौ प्रत्याक्ष निर्वाचनका लागि टिकट दिएन । यस पटक रामकुमारी एमालेको समानुपातिक लिष्टबाट सांसद बेनेकी हुन् ।

वडा सदस्यमा पराजित भएर पनि पछि पार्टीको समानुपातिक लिष्टमा पर्न सफल सांसद लक्ष्मी चौधरीले पनि माधव नेपाललाई साथ दिएकी छिन् । भिम रावलको विशेष कृपामा सांसद बनाइएकी उनी अब मन्त्री बन्ने भएकी छन् ।

माधव नेपालले मन्त्रीकै ललिपप देखाएपछि लक्ष्मी चौधरीले अन्तिम समयमा आएर माधव नेपाललाई साथ दिएकी हुन् । नेपालले आफूसँग लागेका सबैलाई मन्त्री बनाउने बचन दिइसकेका छन् ।

चौधरीलाई माधव नेपाले उपसभामुख वा मन्त्री नभए पनि राज्यमन्त्रीसम्म बनाउँने बचन दिएका छन् । माधव नेपालले आफूलाई साथ दिने जती सबै सांसदलाई मन्त्री बनाउँने तुरुप फालेपछि सबैजना अहिले दंग छन् ।

६–६ महिनामा मन्त्री फेरेर भए पनि सबैलाई मन्त्री बनाउँने बचन माधव नेपालले दिएको स्रोतको दावी छ । उनको पक्षमा संघिय संसदका ३३ जना सदस्यले साथ दिएका छन् ।

अहिले प्रतिनिधी सभामा समानुपातिक सांसद बनेकी चौधरी कैलालीको धनगढी उपमहानगरपालिका–५ को वडा सदस्यको उमेद्धार बनेकी थिइन । तर उनले वडा सदस्य पनि जित्न नसकेर नमजाले पराजित बनेकी थिइन् ।

सासंद चौधरी २०७४ को स्थानिय निर्वाचनमा धनगढी उपमहानगरपालिका–५ बाट वडा सदस्य पदमा पराजित भएकी थिइन् । त्यसक्रममा तत्कालिन एमालेबाट उमेद्धार चौधरीले ७९८ मत प्राप्त गरेकी थिइन् भने उनिसंगै उमेद्धार रहेकी नेपाली कांग्रेसकी यसोदा भण्डारीले १७८७ मतले चौधरी ल्याएर विजय भएकी थिइन् ।

भण्डारीको तुलनामा चौधरीले आधाभन्दा कम मतले हारेकी थिइन् । चौधरी पहुँचकै आधारमा सामानुपातिकबाट प्रतिनिधि सभा सासंद बनिन् ।

नेपाली कांग्रेसबाट निर्वाचित उप–महानगरपालिका–५ का वडा अध्यक्ष हिरा सिं पातलीले चौधरी आफ्नो वडामा तत्कालिन एमालेबाट वडा सदस्यको उम्मेदवार रहेको र आफूहरुले एमालेको प्यानलै पराजित गरेको बताए ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ