आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमिताभ,शाहरुख र सलमानका बडीगार्डको तलब कति हो थाहा छ ?

प्रकाशित
2.6K
SHARES

एजेन्सी। बलिउड कलाकार निकै विलासी जीवन बाँच्छन् । उनीहरुका हरेक साना कुरामा प्रशंसकले निगारानी गरिरहेका हुन्छन् । उनीहरुका बडीगार्ड पनि निकै चर्चित हुन्छन् । हालै अभिनेता अभिषेक बच्चनका पुलिस बडिगार्ड खबरमा आए ।

 

वास्तवमा अमिताभ बच्च्नका पुलिस बडीगार्डलाई साउथ मुम्बईको पुलिस स्टेशनमा ट्रान्सफर गरिएको छ । कन्स्टेबल जितेन्द्र शिन्दे उनका बडीगार्ड थिए । जितेन्द्र अमिताभसँग सन् २०१५ देखि काम गरिरहेका थिए । अमिताभसँग जितेन्द्रलाई धेरैजसो देखिन्छ ।

जितेन्द्रको वार्षिक कमाई १.५ करोड बताइन्थ्यो । यो मामिलामा प्रहरीले शिन्देले यति धेरै पैसा कहाँबाट कमाइरहेका छन् भनेर अनुसन्धान गरिरहेको छ । यस्तै शिन्देका अनुसार उनी एक सेक्युरिटी एजेन्सी पनि चलाउँछन् ।

स्मरण रहोस्, अमिताभलाई सरकारको तर्फबाट एक्स श्रेणीको सुरक्षा दिइएको छ । यसअन्तर्गत दुई कन्स्टेबल सधैं तैनाथ रहन्छन् । यस्तै, हामी नायक शाहरुख खानका नीजि बडिगार्डबारे कुरा गर्दै छौं, जसको नाम रवि सिंह हो । रवि सिंह छायाजस्तै उनीसँग सधैं देखिन्छन् चाहे शाहरुख भारतमा हुन् वा विदेशमा ।

शाहरुख खानका नीजि बडीगार्ड इन्डष्ट्रिका सबैभन्दा बढी तलब खाने बडिगार्डमध्ये एक हुन् । रिपोर्टका अनुसार वर्षौंदेखि शाहरुखसँग काम गरिरहेका रविले वार्षिक २.७ करोड भारु तलब थाप्छन् ।

यस्तै, नायक सलमान खानका बडिगार्ड शेरालाई पहिचानको कुनै आवश्यकता छैन । उनी चर्चाको केन्द्रमा छन् । शेरा सलमानका बडिगार्ड हुनुका साथै उनीहरुबीच निकै मित्रवत् व्यवहार पनि देखिन्छ ।

शेरा सलमान खानसँग दुई दशकभन्दा पनि बढी समयदेखि सँगै छन् । शेरा सलमानलाई आफ्ना मालिक भन्छन् । सलमानले आफ्नो फिल्म बडिगार्ड शेराका लागि समर्पित गरेका थिए । रिपोर्टका अनुसार शेरा २ करोड वार्षिक तलब लिने गर्छन् ।

२५ वर्षदेखि सलमानको रक्षा गर्दै आएका छन् शेरा, तलब कति हो थाहा छ ?

बलिउडका चर्चित नायक सलमान खानका बडीगार्ड शेरा पनि निकै चर्चित छन् । तर शेराबारे विस्तृत जानकारी निकै थोरैलाई मात्रै थाहा छ । आउनुहोस्, उनीबारे जानकारी लिऔंः

शेराको वास्तविक नामः शेराको वास्तविक नाम गुरमितत सिंह जोली हो । शेराको जन्म मुम्बईको एक सिख परिवारमा भएको थियो र र उनलाई वाल्यकालदेखि नै बडीबिल्डिङको शौख थियो ।

बडीबिल्डिङ च्याम्पियन हुन् शेराः शेराले सन् १९८७ मा मिस्टर मुम्बई जुनियर जितेका थिए । त्यसको अर्को वर्ष उनले मिस्टर महाराष्ट्र जुनियर प्रतियोगितामा भाग लिएका थिए ।

सन् १९९५ देखि सलामानसँगै छन् शेराः शेराको भेट सलमान खानसँग सन् १९९५ मा भएको थियो, त्यतिबेलादेखि उनी सलमानको छायाजस्तै सधैं सँगै हुन्छन् ।

शेराको तलबः भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार सलमान आफ्नो सुरक्षाका लागि शेरालाई वार्षिक २ करोड बढी रकम दिन्छन् । अर्थात्, शेराको मासिक तलब १६ लाख भारुभन्दा बढी छ ।

आफ्नै सेक्युरिटी एजेन्सी चलाउँछन् शेराः शेराको आफ्नै एउटा सेक्युरिटी एजेन्सी छ जसले व्यापारी र सेलिब्रिटीलाई सुरक्षा प्रदान गर्ने गर्छ । शेराले उक्त सेक्युरिटी एजेन्सीको नाम आफ्नो छोरा टाइगरको नाममा राखेका छन् ।

जस्टिन बीबरलाई समेत सुरक्षा दिइसकेका छन्ः चर्चित अन्तर्राष्ट्रिय गायक जस्टिन बीबर मुम्बई आउँदा उनको सुरक्षाको जिम्मेवारी सलमानको आग्रहमा शेराले नै निभाएका थिए ।

अन्तिम साससम्म भाइसँगः शेरा अब सलमानको परिवारको सदस्यजस्तै भइसकेका छन् । उनले एक अन्तरवार्तामा आफ्नो जीवनको अन्त्यसम्मै आफू भाइसँग नै रहने बताएका थिए ।

एजेसीको सहयोगमा।

यसै गरि , होस्ट पारिश्रमिक’मा सलमान र अमिताभ अगाडि

बलिउडका कलाकारहरु पछिल्लो समयमा फिल्ममा भन्दा टेलिभिजन शोको होस्टका रुपमा काम गर्न आकर्षित हुन थालेका छन् । त्यहीकारण उनीहरुको कमाई पनि फिल्मको भन्दा बढी हुने गरेको छ । यसमा सलमान खान, अमिताभ बच्चन, शाहरुख खान र आमिर जस्ता स्टारको नाम अग्रपंक्तिमा आउने गरेको छ ।

पछिल्लो तथ्यांक अनुसार होस्टको कमाईको मामलामा सलमान र अमिताभले शाहरुखलाई पछाडि छोडेका छन् । अभिनेता सलमान वार्षिक रुपमा टेलिभिजन रियालिटी शो ‘बिग बोस’ होस्ट गर्दै आएका छन् । हालका दिनमा उनी ‘बिग बोस सिजन १४’को होस्ट गरिरहेका छन् । यो शोको होस्ट गर्नका लागि उनले प्रतिभाग १४ करोड पारिुश्रमिक लिएका छन् ।

अर्का अभिनेता अमिताभले आफ्नो चर्चित शो ‘कौन बनेगा करोडपति’को होस्ट गर्नका लागि महंगो पारिश्रमिक बुझ्ने गरेका छन् । अमिताभले यो सबै शोको होस्ट गर्नका लागि १ सय ८० करोड पारिश्रमिक लिएका छन् । उनले कैयौं वर्षदेखि यो शो होस्ट गरिरहेका छन् ।

अभिनेता शाहरुखले पनि कुनै समयमा आफ्नो करियर टेलिभिजनबाट नै सुरुवात गरेका थिए । उनले ‘कौन बनेगा करोडपति’को तेस्रो संस्करण र टेलिभिजन शो ‘क्या आप पाँचवी पास से तेज है ?’ जस्तो शो होस्ट गरेका छन् । सन् २०११ मा उनले कलर्स च्यानलमा शो ‘जोरका झटका’ पनि होस्ट गरेका थिए । समाचार अनुसार यो शोका लागि उनले करिब ४५ करोड पारश्रमिक बुझेका थिए ।

एजेसीको सहयोगमा।

 

प्रतिक्रिया