आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लालीगुराँस सहकारीमा माओवादी युद्धकालको कालोधन लुकाएको खुलासा, यस्तो छ रहस्य

प्रकाशित
2.5K
SHARES

काठमाडौं । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा कालोधन लुकाएको खुलाशा भएको छ । मंगलबार प्रकाशित आर्थिक दैनिकले यस्तो खुलाशा गरेको हो ।

सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सहकारीको अर्बौं रकम हिनामिना गरेर सहकारी बैंकमा प्रवेश गरेको उक्त पत्रिकाले बताएको छ ।

यस्तो छ समाचार–

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा अर्बौँ हिनामिना गरेर विवादमा आएका सुरेन्द्र भण्डारीको नेतृत्वमा नेपाल सहकारी बैंकको कार्यालय उद्घाटन भएको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँडलाई समेत बिटुल्याइसकेका भण्डारीले यसपटक कांग्रेसका निष्ठावान् नेता आनन्दप्रसाद ढुंगानालाई दुरुप्रयोग गरी प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगी आफ्नो स्वार्थअनुरुप सहकारीको बैंकको नाममा आफ्नो धन्दा अगाडी बढाउन लागेका हुन् ।

विश्व बैंकले समेत सम्पत्ति शुद्धीकरण अभियान चलाइरहेको बेला नेपालमा कालोधन कारोबारी, मिटरब्याजी तथा जनयुद्धमा माओवादी प्रभावशाली नेताहरुले भण्डारी सीईओ रहेको श्री लालिगुरास बहुउद्देश्यीय सहकारीमा जम्मा गरेको कालोधनलाई त्यहाँबाट निकाली सेतो बनाउने अखडाको रुपमा भण्डारलिे यो संस्था प्रयोग गर्न लागेका हुन् । प्रशस्त कालोधन जम्मा गरी भण्डारीले संस्थालाई धनी संस्था भनि देखाएर आफ्नो आर्थिक हैसियत समेत बढाएका छन् । भण्डारीको यस्तो गतिविधिको अहिलेसम्म कहीँ कतैबाट छानबीन भएको छैन ।

अहिले सञ्चालन भइरहेको सहकारी बैंकको सिद्धान्तभन्दा बाहिर गएर समानान्तर संस्था खडा गरी भण्डारीले आफू सीईओ रहेको श्री लालिगुरास सहकारीमा भएको कालोधनलाई सेतो बनाउन नै प्रधानमन्त्री देउवा, कांग्रेसका वरिष्ठ नेताहरु तथा माओवादीका नेताहरुलाई समेत प्रभावमा पारेका हुन् । आफूलाई आर्थिक रुपमा फाइदा हुने भएपछि भण्डारीले राष्ट्र बैंकलाई समेत नटेरी लाइसेन्स नै नभएको संसथाको गत शुक्रबार काठमाडौंको बानेश्वरमा कांग्रेसका निष्ठावान नेता ढुंगानाको समेत दुरुपयोग गरी कार्यालय उद्घाटन गरेका हुन् ।
अध्यक्ष भण्डारीका अनुसार नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथै नेपाल सहकारी बैंक सञ्चालनमा आउने छ ।

‘लाइसन पाउनासाथ कारोबार सुरु गरिहाल्नेछौँ । केही साथीले यो बैंकलाई नेपाली कांग्रेसको बैंक भनेर हल्ला गर्दै हिँडेका छन् । केहीले त बैंक खोल्न दिनै हुँदैन भन्ने गरेका छन् । तर म भन्छु यो बैंक कुनै पार्टीविशेषको नभई देशैभरका सहकारीहरूको सेवामा समर्पित बैंक हो । यसलाई पार्टी विशेषको हो भन्न मिल्दैन,’ उनले उद्घाटनमा भनेका थिए,‘अब यो बैंक अघि बढिसकेको छ । आशयपत्र लिनासाथ देशैभर कारोबार अघि बढाउनेछौँ । छ महिनाभित्र अनुमतिपत्र पाएर बैंक सञ्चालनमा आउनेछ ।’

तर राष्ट्र बैंक ऐनमा सहकारी बैंक सम्बन्धी कुनै व्यवस्था नै नभएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । नेपाल सहकारी बैंकले कार्यालय खोलेको विषयमा राष्ट्र बैंकका अधिकारीलाई सम्पर्क गर्दा उक्त बैंक राष्ट्र बैंकको सरोकार भित्र नपर्ने बताए ।

राष्ट्र बैंकका सह प्रवक्ता नारायण प्रसाद पोखरेलका अनुसार सहकारी बैंकलाई नियमन, सुपरिवेक्षण गर्नका लागि राष्ट्र बैंकसँग कुनै ऐन, कानुन छैन । ‘राष्ट्र बैंकले कानुन नै नभएपछि इजाजत दिने त कुरै आउँदैन । त्यसैले जबसम्म ऐन बन्दैन तबसम्म हामी कुनै सुपरिवेक्षण नै गर्छौँ न अरु केही,’ उनले भने ।

यता सहकारी विभागका प्रवक्ता सुरेन्द्र राज पौडेललाई सम्पर्क गर्दा उनले आफ्नो घरमा पण्डित आएको र आफू पूजाआजामा व्यस्त रहेको भन्दै प्रतिक्रिया दिनबाट पन्छिए ।

नेपाल सहकारी बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी मार्फन दर्जनौँ व्यक्तिलाई ठगी गरेको भन्दै विभिन्न निकायमा छानबीन चलिरहेको छ । उनीबाट ठगिएको भन्दै गायक रामकृष्ण ढकालले पत्रकार सम्मेलन नै गरेर घटना सार्वजनिक गरेका थिए ।

सिआइबीमा भण्डारीले ऋणीको सम्पत्ति किर्ते मुल्यांकनका आधारमा आफ्नै कम्पनि खडा गरेर हत्याउने गरेको फाइल अनुसन्धानमा छ । उच्च राजनीतिक पहुँचका कारण उनीमाथिको छानबीन प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ