आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय विमानस्थलबाहिर शक्तिशाली ब’म वि’स्फोट, थप विवरणसहित

प्रकाशित
1K
SHARES

काठमाडाैं । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर वि स्फोट भएको पेन्टागनले पुष्टि गरेको छ। पेन्टागनका प्रेस अधिकारी जोन किर्बीले वि स्फोटमा भएका हताहतीबारे स्पष्ट नभएको बताए।

वि स्फोटबारे थप विवरण प्राप्त हुनासाथ जानकारी गराइने उनले बताए। ब्रिटिश रक्षा मन्त्रालय स्रोतले विस्फोटमा यूकेको कोही सैनिक परेको खबर आफूहरूले नपाएको जनाएको छ। हमला हुन सक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन वि स्फोटको खबर आएको छ।

पश्चिमा मुलुकहरूले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा आतङ्कवादी हमला हुन सक्ने भन्दै सचेत गराएका छन्। उद्धारको आशामा विमानस्थलमा अझै हजारौँ मानिस कुरिरहेका छन्।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार बुधवार करिब साढे १३ हजार मानिसलाई उद्धार गरिएको छ। योसँगै अमेरिका र उसका साझेदारहरूले अगस्ट १४ तारिखयता उद्धार गरेका मानिसहरूको सङ्ख्या ९५ हजार सात सय पुगेको छ।

यता अफगानिस्तानमा दोस्रो पटक सत्तामा आएको इस्लामिक कट्टरपन्थी तालिबानले पाकिस्तानलाई आफ्नो दोस्रो घर भएको बताएको छ । तालिबान प्रवक्ता जबीबुल्लाह मुजाहिदले पाकिस्तान दोस्रो घर भएको भन्दै आफूहरुले पाकिस्तानविरुद्ध केही हुन नदिने बताएका छन् ।

बीबीसीका अनुसार अफगानिस्तानको भूमिलाई कुनै अर्को मुलुकविरुद्ध प्रयोग हुन नदिनेसमेत बताएका छन् । उनले अफगानिस्तानमा इस्लामिक आतंकि संगठन आईएसआईएसको कुनै संगठन नरहेकोसमेत बताएका छन् । उनले अफगानिस्तानमा कुनै आतंकी संगठनलाई स्थान नभएको बताएका छन् ।

तालिबानले भारत र पाकिस्तानको सम्बन्धबारे पनि बोलेको छ । तालिबान प्रवक्ता मुजाहिदले भारत र पाकिस्तानले आपसी विवाद वार्ताकै माध्यबाट सुल्झाउनुपर्ने बताएका छन् । उनले दुबै देश छिमेकी भएको भन्दै छिमेकीबीचको समस्या समाधान हुनुपर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

तालिबानले जम्मू कश्मीरबारे बोल्दै भारतले विवादित क्षेत्रका विषयमा संवेदनशील सकरात्मक हुनुपर्ने बताएका छन् । उनले तालिबानले भारतसँग पनि सुमधुर सम्बन्ध चाहेको बताएका छन् । तर अफगानिस्तानमा तालिबानको कब्जा भएपछि भारतले आफ्नो दूतावास बन्दसमेत गरेको छ ।

यसैबीच इस्लामिक संगठन अल कायदाले अफगानिस्तानमा तालिबानले कब्जा गरेकोमा बधाइ दिएको छ । बीबीसीका अनुसार अल कायदाको एसियाली संगठनले एक वक्तव्य जारी गर्दै बधाई दिएको हो ।

अफगानिस्तानमा तालिबानको कब्जामा पाकिस्तान जिम्मेवार: अमरुल्ला सालेह

अफगानिस्तानका पहिलो उपराष्ट्रपति अमरुल्ला सालेहले अफगानिस्तानमा तालिबानले कब्जा गर्नुमा पाकिस्तान जिम्मेवार रहेको बताएका छन् । काबुलमा तालिबानको कब्जापछि भागेर पंजशीर उपत्यका पुगेका उनले तालिबानको कब्जाका लागि अअमेरिकी विशेष प्रतिनिधि जलमई खलीलजाद र पाकिस्तान जिम्मेवार रहेको बताएका हुन् ।

बीबीसी न्यूजसँग कुरा गर्दै उनले तालिबानको माध्यमबाट पाकिस्तानले अमेरिकालाई ब्ल्याकमेल गरेको र अमेरिकाले फिर्ता हुनुभन्दा अगाडि अफगान सरकारलाई तयारी गर्ने समय नदिएको टिप्पणी गरेका छन् ।

अमरुल्ला सालेहले अमेरिकाले अफगान सेनालाई हवाई आक्रमणमा सहयोग गर्न बन्द गरेको बताए । उनले आफूहरु अफगान सेनासम्म पुग्नै नपाएको भन्दै यही कारण अफगान सेनाले तालिबान समक्ष आत्मशमर्पण गरेको बताए ।

उनले अमेरिकाले यो भारीबाट कहिल्यै छुट नपाउने बताएका छन् । तत्कालिन राष्ट्रपति अश्रफ घानी भागेर यूएई पुगेपछि अमरुल्ला सालेहले आफूलाई कार्यबाहक राष्ट्रपति घोषणा गरेका छन् ।

तालिबानको यो सेनाले गर्ने छ काबुलको सुरक्षा

अफगानिस्तानमा तालिबाने काबुल शहरको महत्वपूर्ण क्षेत्रको सुरक्षाका लागि नयाँ सुरक्षा बल बनाएको छ । हालै कैयौं चरमपन्थी संगठनहरुले शहरको शान्ति सुरक्षालाई चुनौती दिने जस्ता सन्देशहरु सार्वजनिक गरेका थिए ।

२४ अगस्टमा एक ट्वीटर पोस्टमा तालिबानको अरबी भाषाको ह्याण्डलले यो विषयमा जानकारी दिएको छ । ट्वीटमा एक तस्वीरसहित लेखिएको छ, ‘यो फतेह वाक’ अथवा विजेता बल हो यसले काबुल शहरमा गस्ती गर्न सुरु गरिसकेको छ ।’

पोस्ट गरिएका ४ वटा तस्वीरमा हतियारसहित सैनिक आफ्नो सुरक्षा वाहनका साथ देखिन्छन् । अर्को तस्वीरमा यी सवारी साधानमा नयाँ फोर्सको पस्तो र अंग्रेजी नाम देखिन्छन् ।

महत्वपूर्ण स्थानको सुरक्षा

तालिबानको अरबी भाषाको ट्वीटर ह्याण्डलले यसभन्दा धेरै जानकारी दिएको छैन । तर इस्लामिक इमिरेट्सको मल्टिमिडियाको ह्याण्डलले नयाँ फोर्सले सराय शहजादासहित काबुल शहरको सुरक्षा गरिरहेको दावी गरेको छ ।१५ अगस्टमा तालिबानले काबुलमा कब्जा गरेपछि उसको अरबी भाषाको ट्वीटर ह्याण्डलले बद्री ३१३ नामको एक यूनिटलाई स्पेशल बलको नामबाट प्रचारित गरेको थियो । १५ र १७ अगस्टका ट्वीट्समा तालिबानले बद्री ३१३ यूनिटलाई राष्ट्रपति भवनका साथै रणनीतिक र संवेदनशील क्षेत्रको सुरक्षामा तैनाथ गरिएको बताइएको छ ।

जुलाईमा तालिबान प्रवक्ता जबीबुल्लाह मुजादिनले बद्री ३१३ को पासिंग आउटबारे ट्वीट गरेका थिए । यसअघि उनले नोभेम्बर २०१८ मा पनि यही फोर्सको चर्चा गरेका थिए । गएका दिनहरुमा तालिबानले मानिसहरुको जीवन सामान्य अवस्थामा फर्किएको सन्देश दिने प्रयास गरिरहेको छ ।

चीनद्वारा सहयोगको प्रस्ताव

यसैबीच चीनले अफगानिस्तानमा शान्ति र पुनःनिर्माणका लागि सहयोग गर्न तयार रहेको बताएको छ । चीनले अफगान तालिबानको एक प्रतिनिधिमण्डलले चिनियाँ राजदूतसँग भएको भेटका क्रममा यस्तो सहयोगको प्रस्ताव गरेको हो । चिनियाँ सरकार समर्थित सञ्चार माध्यम द पेपरले चिनियाँ राजदूत र तालिबान प्रतिनिधिमण्डलबीचको भेटलाई प्रभावकारी र महत्वूर्ण भनेको छ ।

रुस र पाकिस्तानपछि तालिबानको कब्जालाई सहज रुपमा लिने चीन तेस्रो मुलुक हो । काबुलमा नियन्त्रण गर्नुभन्दा पहिला पनि तालिबान प्रतिनिधिमण्डल बेइजिङ गएको थियो । सो प्रतिनिधिमण्डलले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेको थियो । चिनियाँ सञ्चार माध्यमहरुले सो भेटको तस्वीर सार्वजनिकसमेत गरेका थिए । त्यतिबेला नै तालिबानले चीनसँग समन्वय गर्न तयार रहेको बताएको थियो । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया