आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कैयौं अमेरिकी नेताहरुसँग यौनसम्बन्ध भएकी महिला चिनियाँ जासुस भएको खुलासा

प्रकाशित
6.4K
SHARES

काठमाडौ। चीनको तर्फबाट अमेरिकामा भइरहेको जासुसीका विषयमा महत्वपूर्ण खुलासा भएको छ। चीनकी एक महिलाको पाँच वर्षसम्म अमेरिकाका कैयौं नेताहरुसँग यौनसम्बन्ध थियो।

ती महिला खासमा चीनकी जासुस भएको र उनले सूचना पाउनकै लागि अमेरिकी नेताहरुसँग रात बिताउने गरेको खुलासा भएको छ । यी महिलाको कैयौं नेताहरुसँग प्रेम सम्बनध थियो।

अक्सिअसको रिपोर्टअनुसार यी महिलाको कम्तीमा २ अमेरिकी नेताहरुसँग यौन सम्बन्ध रहेको पुष्टि भएको छ। अन्य नेताहरुसँग पनि उनको सम्बन्ध रहेको भए पनि रात बिताएकै कुराको भने पुष्टि हुन सकेको छैन।

रिपोर्टअनुसार यी महिला फांग फांग र क्रिस्टिन फांग नामले चिनिन्थिन्। यी महिलाले चिनियाँ खुफिया एजेन्सीको लागि काम गरिरहेको रिपोर्टमा दावी गरिएको छ।

फांगले कैयौं अमेरिकी नेताहरुका लागि निर्वाचनमा पैसा जुटाउने काममा सहयोग पनि गरेकी थिइन्। फांग सन् २०११ देखि २०१५ सम्म अमेरिकाको क्यालिफोर्नियामा बसेकी थिइन्।

जब उनलाई एफबीआइले आफूलाई पक्रन सक्ने आभास भएपछि उनी अमेरिकाबाट भागेको रिपोर्टमा दावी गरिएको छ। फांगले अमेरिकी संसदका युवा सदस्यहरुसँग निकटता बढाउने कोसिस पनि गरेकी थिइन्।

अमेरिकी सांसद एरिक स्वालवेल दोस्रो पटक चुनाब लड्दा फांगले पैसा जुटाउने काममा सहयोग पनि गरेकी थिइन्। फांगले पैसा जुटाउन तुलसी गबार्डलाई पनि सहयोग गरेकी थिइन्।

क्यालिफोर्नियाको राजनैतिक सर्कलमा फांग निकै चर्चित भएकी थिइन्। ती महिलाले त्यहाँका २ जना नेताहरुसँग यौन सम्बनध पनि राखेकी थिइन्। रिपोर्टमा उनले चीनको सुरक्षा मन्त्रालयको निर्देशनमा जासुसी गरेको दावी गरिएको छ।

रिपोर्टका अनुसार एफबीआइले फांगको बारेमा अचानक जानकारी पाएको थियो । एजेन्सीले अर्कै एक व्यक्तिको बारेमा जाँच गर्ने क्रममा फांगको बारेमा अचानक खुलासा भएको थियो।

फांगले अमेरिका आएपछि क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा भर्ना भएकी थिइन्। फांग चिनियाँ विद्यार्थी संगठन तथा एसियन प्यासिफिक आइल्याण्डर अमेरिकन पब्लिक अफेयर्सको अध्यक्ष पनि भएकी थिइन्।

यी दुई पदमा रहने क्रममै फांगको क्यालिफोर्नियाको राजनैतिक सर्कलमा प्रवेश भएको थियो।  यस्तो चर्चितकला थाहा पाएपछि अमेरिकी खुफिया एजेन्सी  हैरान बनेको छ।

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले पछिल्ला केही वर्षयता चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धमा चौतर्फी प्रभाव परेको टिप्पणी गरेका छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटमा उनले अमेरिकाले चीनको आन्तरिक मामिलामा बेइमानीपूर्वक हस्तक्षेप गरेको बताए।मन्त्री वाङले वर्तमान अमेरिकी कांग्रेसले तीन सयभन्दा बढी चीनविरोधी विधेयकहरू पेस गरेको,

र नाै सयभन्दा बढी चिनियाँ संस्था र व्यक्तिहरूलाई विभिन्न ढंगले एकपक्षीय प्रतिबन्धको सूचीमा समावेश गरेको उल्लेख गर्दै यसबाट सामान्य द्विपक्षीय सम्बन्धमा समेत गम्भीर आघात परेको बताए।

विदेशमन्त्री वाङका अनुसार यसका अतिरिक्त संयुक्त राज्य अमेरिकाले विश्वव्यापीस्तरमा चीनलाई दबाउन विभिन्न साना र मध्यम खालका घेराहरू निर्माण गर्दै साना र मध्यम आकारका देशहरूमा पनि सोहीअनुकूलको दबाब दिइरहेको छ।

यी अभ्यासहरू जनताको हितसँग मेल नखाने र दुई देशसहित अन्तर्राष्ट्रिय समुदायको अपेक्षाअनुरूप पनि नभएको भन्दै मन्त्री वाङले चीनले यसको स्पष्ट विरोध गरेको स्पष्ट पारेका छन्।

ताइवान मुद्दाको वास्तविक स्थिति एक चीन रहेको तथा मुख्य भूमि र ताइवान एउटै देशको हो भन्ने कुरामा जोड दिँदै वाङले ऐतिहासिक अनुभव र तथ्यहरूले यसको प्रतिनिधित्व गरेको उल्लेख गरे।

ताइवान तनावको वर्तमान अवस्थाको मुख्य कारण ताइवान अधिकारीहरूले बारम्बार एक–चीन ढाँचा तोड्ने प्रयास गरेका छन् र ताइवान स्वतन्त्रता सेनाहरूको लागि संयुक्त राज्य अमेरिकाको सहयोग र समर्थन पनि त्यतिकै दोषी छ,’ वाङले भने।

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले संयुक्त राज्य अमेरिकाले एक चीन नीतिलाई निरन्तरता दिने र दुई पक्षले आपसी सम्मानको भावनामा द्विपक्षीय सम्बन्ध विकास गर्नुपर्ने कुरा दोहोर्‍याएका छन्।

म्यानमारमा अमेरिकी पत्रकारलाई ११ वर्षको जेल सजाय: म्यानमारको फ्रन्टिअर म्यागाजिनका पत्रकार डेनी फेन्सटरलाई म्यानमारको एक अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ।

सेनाको नियन्त्रणमा रहेको म्यानमारको अदालतले फेन्सटरलाई अध्यागमन कानुनको उल्लंघन गरेको, अवैधानिक साँठगाँठ गरेको तथा असन्तुष्टहरूलाई सेनाविरुद्ध भड्काएकोलगायतका आरोपमा दोषी ठहर गरेको हो।

उनलाई केही दिनअगाडि आतंकवाद र राज्यद्रोहको मुद्दा पनि लगाइएको थियो। फ्रन्टिअरले अदालतको निर्णयलाई ‘निर्ममताको हद’ भएको प्रतिक्रिया दिएको छ।

अनलाइन साइट फ्रन्टिअर म्यानमार’ का प्रबन्ध सम्पादक ३७ वर्षीय फेन्सटरलाई गत मे महिनामा यांगुन विमानस्थलबाट सैन्य सरकारले पक्राउ गरेको थियो। फेन्सटर गत फेब्रुअरीमा सेनाले शासन हत्याएपछि पक्राउ पर्ने दर्जनौँ स्थानीय पत्रकारहरूमध्ये एक हुन्।

फ्रन्टिअरका अनुसार फेन्सटर पक्राउ पर्नुभन्दा अघि सैन्य सरकारको आलोचक मानिने स्वतन्त्र सञ्चारमाध्यम ‘म्यानमार नाओ’सँग आबद्ध थिए। पछिल्लो घटनाक्रम बारे अमेरिकी धारणा आउन बाकि छ।

प्रतिक्रिया