आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दल दर्ताका लागि माधव नेपाल सहित नेताहरु निर्वाचन आयोगमा

प्रकाशित
538
SHARES

काठमाडाैं । माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतको लागि निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले नेपाल नेतृत्वको पार्टी दर्ता प्रक्रिया बुधबार टुंग्याउने भन्दै दल दर्ताको क्रममा निवेदन दिएका नेताहरुलाई सनाखतको लागि बोलाएको थियो ।

उनीहरु चन्द्रागिरि हिल्स रिसोर्टमा सोमबार बेलुकादेखि पार्टी भेला गरिरहेका थिए । बुधबार बिहान रिसोर्टबाट सोझै आयोग पुगेका हुन् । अहिले आयोगमा सनाखतको काम भइहरेको छ ।

सनाखतका लागि बुधबार बिहान ११:३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ । त्यही अनुसार दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने भएकोले नेताहरु आयोग गएका हुन् ।

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका जीवनराम श्रेष्ठका अनुसार सनाखतको लागि तत्कालीन एमालेका ५४ जना केन्द्रीय सदस्य र ३४ जना संघीय सांसदहरु आयोग गएका छन् ।

यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि पार्टी दर्ता प्रक्रियाको लागि बोलाएको छ । ठाकुरका नेताहरु पनि निर्वाचन आयोग पुगेर सनाखत गरिरहेका छन् ।

निर्वाचन आयोगमा सनाखत गर्न एमाले केन्द्रीय कमिटी सदस्य प्रदीप नेपाल पनि निर्वाचन आयोग पुगेका छन्। नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदा माधवकुमार नेपालले नेपालको नाम केन्द्रीय सदस्यमा राखेका थिए।

नेपालले आफ्नो नाम राखेको भन्दै आफू तटस्थ भएको बताएका थिए। पछि उनले फेरि आफू माधवकुमार नेपालको पक्षमा रहेको बताएका थिए। सनाखत गर्ने दिन उनी आयोग पुगेका हुन्। अहिले उनी आयोगबाट फर्किइसकेका छन्। नेता जगन्नाथ खतिवडाका अनुसार नेपाल नयाँ पार्टी दर्ता गर्न सनाखत गरेर फर्किएका हुन्।

प्रतिक्रिया