आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

घरभाडा तिर्न नसक्ने महिलासँग यौनसुख माग्ने घरबेटी छ्याप्छ्याप्ती, यस्तो छ भित्रि रहस्य

प्रकाशित
695
SHARES

काठमाडौं। कोरोनाभाइरसका कारण गरिएको लकडाउनमा आम्दानीको बाटो बन्द भएपछि भाडाको घरमा बस्नेहरुलाई ठूलो समस्या परिरहेको छ । रोजगारी गुमेपछि मानिसहरुसँग घरभाडा तिर्ने समेत पैसा छैन । यही बीचमा यसरी भाडाको घरमा बसेर भाडा तिर्न नसक्ने स्थितिमा पुगेका महिलाहरुसँग घरबेटीले घरभाडाको बदलामा यौनसुखको माग गरेका घटनाहरु ठूलो संख्यामा भेटिएका छन् ।

अमेरिकाको नेशनल फेयर हाउजिङ एलायन्स (एनएफएचए)को एक रिपोर्टको हवाला दिँदै समाचार एजेन्सी रोयटर्सले लेखेको समाचार अनुसार सय भन्दा धेरै फेयर हाउजिङ समूहहरुले पूरै अमेरिकामा मानिसहरुलाई यो समस्यासँग जुधिरहेका देखेका छन् । यो महामारीको बीचमा अमेरिकामा यौन उत्पीडनका घटना १३ प्रतिशतले बढेका छन् । एक महिलाले एनएफएचएको वेबसाइटको माध्यमबाट भनिन् ‘यदि मैले मेरो प्रोपर्टी म्यानेजरसँग सेक्स गर्न अस्वीकार गरेको भए उसले मलाई घरबाट निकालिदिन्थ्यो । एक सिंगल मदर भएको नाताले मसँग अर्को कुनै विकल्प बाँकी थिएन । म आफ्नो घर गुमाउन चाहन्नथें ।’

भाडाको बदलामा सेक्सको माग गर्नेहरु अब अमेरिकाका साथै बेलायतमा पनि जाँचको दायरामा आएका छन् । सेक्सको बदलामा भाडा माफ गरेर आवास सुविधा दिने नाममा बढिरहेका अनलाई विज्ञापनहरुबाट पनि पदा उठाउन थालिएको छ । विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण लाखौंले रोजगारी गुमाएका छन् । लकडाउन र यात्रामा प्रतिबन्ध भएका कारण व्यवसाय ठप्प छ । आयका सबै माध्यम समाप्त भएपछि मानिसहरु आर्थिक अभावसँग जुधिरहेका छन् ।

उत्तरी अमेरिका र युरोपेली अथोरिटीहरुले क्यास बेनिफिट, रेन्ट फ्रिजिस र निष्काशन प्रतिबन्ध सम्बन्धी नयाँ नियम लागू गरेका छन् ताकि मानिसहरुलाई धेघर हुनबाट बचाउन सकियोस् । एनएफएचएका सल्लाहकार मोर्गन विलियम्सका अनुसार घरबाहिर निस्कन नपाउने मानिसहरुको लागि कैयौं पटक निकै कठिन विकल्प बाँकी हुन्छन् । यिनैमध्येको एक भाडाको बदलामा सेक्सको पूरै तथ्यांक खोज्नु निकै कठिन छ ।

विशेषज्ञहरुका अनुसार कानुनको राम्रो ज्ञान नभएका कारण घरबेटीको शिकार बनेका पीडित महिलाहरुमाथि उल्टै वेश्यावृत्तिको आरोप लाग्न सक्ने खतरा छ । बेलायतको हाउसिङ च्यारिटी शेल्टरको २०१८ को एक रिपोर्टअनुसार विगत ५ वर्षमा प्रोपर्टी म्यानेजरहरुले करिब अढाइ लाख महिलाहरुलाई भाडाको बदलामा सेक्सको अफर गरेको पाइएको छ ।

यसै गरि , १७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेका आरोपी १३ महिनापछि पक्राउ  परेका छन्।

१७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेका आरोपीलाई १३ महिनापछि पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । कास्कीको मादी गाउँपालिका वडा नं ९ सिप्लिवेशी घर भई सोही गाँउपालिकाको वडा नं १० मकै खोला स्थित मामाको घरमा बस्ने १७ वर्षीया कोपिला परियारको बलात्कारपछि हत्या गरेका आरोपी १३ महिनापछि पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा स्याङजा हरिनास गाउँपालिका वडा नं. ६ चालिसे घर भएका ४५ वर्षीय राम बहादुर थापा (मोटे) भनेर चिनिने खड्क बहादुर खवास रहेका कास्की प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । कास्की प्रहरीले स्याङजा प्रहरीको सहयोगमा पुतलीबजार नगरपालिका ४ शिवमन्दिर चोकवाट पक्राउ गरि कास्की ल्याएको थापाले जानकारी दिए ।

१५ असार २०७७ का दिन घरवाट निस्कीएर अबेरसम्म घर नआएकी परियारको १० दिनपछि मादी ११ मुखियाशेर स्थित पातिघारीमा सडेर किरा परेको अवस्थामा शव फेला परेको थियो । उनको माथिल्लो भागमा कपडा भएपनि कम्मर मुनीको भागमा कपडा नभएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । बलात्कारपछि उनले लगाएको सुरुवालले घाँटी कसेर खवासले हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाई छ ।

घटना अनुसन्धानपछि प्रहरीले हत्या गरेको आरोपमा खवासलाई पक्राउ गरेको हो । त्यस समय मजदुरीका लागि खवास मादी आएका थिए । पक्राउ परेका थापालाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया