आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिका चीन घमासान यु’द्ध हुने संकेत, चीनलाई भन्योः जबर्जस्ती चल्दैन अब के हुन्छ ?

प्रकाशित
739
SHARES

एजेन्सी। दक्षिण पूर्वी एसियाको भ्रमणमा रहेकी अमेरिकी उप–राष्ट्रपति कमला ह्यारिसले सिंगापुर भ्रमणको बेला दक्षिण चीन सागरको मुद्दामा धारणा राख्दै चीनप्रति निशाना साँधेकी छिन्। सोमबारबाट उनको दक्षिण पूर्वी एसियाको भ्रमण सुरुवात भएको छ। उनले सिंगापुर भ्रमणका बेला दक्षिण चीन सागरमा चीनले जबर्जस्ती गरेको गर्ने गरेको र अन्य दाबीकर्ता मुलुकलाई धम्क्याउने गरेको आरोप लगाइन्।

दक्षिण चीन सागर एक रणनीतिक समुद्र मार्ग हो। यो समुद्र तेल र ग्यासजस्ता प्राकृतिक खनिजले सम्पन्न छ। तर यो पुरा समुद्री क्षेत्रमा चीनले आफ्नो अधिकार भएको बताउँछ। चीनसँगै भियतनाम, फिलिपिन्स, मलेसिया र ब्रुनाईले पनि यो समुद्रमा दाबी प्रस्तुत गर्दछन्। ह्यारिसले दक्षिण चीन सागरको विषयमा भनेकी छिन्,‘हामी खतराको स्थितीमा आफ्ना सहयोगीको साथमा हुनेछौं।’

दक्षिण चीन सागरको मामिलामा अमेरिकाले चीनको दाबीको बिरोध गर्दै आएको छ र पछिल्लो समय अमेरिकी जहाजहरु सो समुद्री क्षेत्रमा तैरिन थालेका छन्। सन् २०१६ मा अन्तर्राष्ट्रिय अदालतले पनि यो सागरमा चीनको दाबी अवैधानिक भएको बताएको थियो। इन्डो–प्यासिफिक क्षेत्रमा चीनविरुद्ध एक हुने भनेर अमेरिकाले भारत, अस्ट्रेलिया, जापान र आफू सम्मिलित क्वाड समूह नै गठन गरेको छ।

सिंगापुरमा ह्यारिसले भनेकी छिन्,‘चीनका यी अवैध दाबीहरु खारेज भइसकेका छन्। तर बेइजिङको पछिल्ला गतिविधिले यहाँ नियममा आधारित फैसलालाई बेवास्ता गरीरहेको छ र त्यो अन्य राष्ट्रहरुको सार्वभौमिकताको लागि खतरा छ।’ चीनले दक्षिण चीन सागरमा कृत्रिम टापु खडा गरेर सेना नै तैनाथ गरेको छ।

अमेरिकी यस टिप्पणीले चीन र अमेरिकाबीचको सम्बन्ध थप चिसिने अनुमान गरिएको छ। यो सागरको दाबीकर्ता राष्ट्र अमेरिका होइन तर अमेरिकी उपस्थिती यहाँ बढ्दै गएपछि चीनीले अमेरिकाले आफ्नो सार्वभौमिकतामाथि प्रहार गरेको आरोप लगाउँदै आएको छ। आफूले आवश्यक कारवाही गर्ने पनि चीनले बताएको छ। तर ह्यारिसले दक्षिण चीन सागरको विषयमा दिएको पछिल्लो अभिव्यक्तिले अमेरिका यहाँ आफ्नो उपस्थिती देखाउन दृढ छ भन्ने देखिन्छ।

यसै बीच चीनद्वारा अमेरिकी अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ

हङकङस्थित चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाइएको जवाफ स्वरूप चीनले कैयौँ अमेरिकी नागरिक र संस्थाहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उक्त सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस पनि छन्।

अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङको उक्त निर्णय सार्वजनिक भएको हो। हङकङमा गरिएका सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले त्यहाँस्थित चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो।वाशिङ्टनले आफ्नो व्यापारिक समुदायलाई हङकङमा काम गर्दा जोखिम बढिरहेको पनि चेतावनी दिएको छ।

अघिल्लो वर्ष भएका विशाल लोकतन्त्र पक्षधर प्रदर्शनहरूपछि चीनले हङकङमा नयाँ सुरक्षा कानुन कार्यान्वयनमा ल्याएको थियो। त्यसले देशको विभाजन, देश द्रोह र विदेशी शक्तिहरूसँग गठ जोड गर्ने विरुद्ध आजीवन कारावास अधिकतम सजाय तोकेको छ।

क्रवार चिनियाँ विदेश मन्त्रालयले हालै अमेरिकाले ‘हङकङको व्यावसायिक वातावरण धमिल्याउने गरी औचित्यहीन’ प्रतिबन्ध घोषणा गरेको भन्दै त्यसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको चरम उल्लङ्घन गरेको जनाएको छ।उसले पूर्वमन्त्री रससहित अमेरिकाका सात नागरिक र निकायमाथि प्रतिबन्ध लगाइने पनि जानकारी दिएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पको वाणिज्य मन्त्रीका हैसियतमा रसले पूर्व अनुमति नलिइ अमेरिकी फर्महरूसँग कारोबार गर्न पाउने चिनियाँ फर्महरूको सङ्ख्या विस्तार गरेका थिए।त्यसबाट ह्वावेई र जेडटीईजस्ता अग्रणी चिनियाँ प्रविधि कम्पनी प्रभावित भएका थिए।

चीनको प्रतिबन्धमा पर्नेमा ह्युमन राइट्स वाचकी चीन निर्देशक सोफी रबिन्सन, यूएस-चाइना इकोनोमिक एण्ड सेक्युरिटि रिभ्यू कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमीउ र इन्टरन्याश्नल रिपब्लिकन इन्स्टिच्यूटका एडम किङ छन्। ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले चीनले बदलामा चालेको कदमले अमेरिका ‘विचलित नहुने’ बताइन्।

उनले भनिन्, “यी कदमहरू बेइजिङले कसरी कुनै ओहदामा नरहेका नागरिक, कम्पनी र नागरिक समाजका संस्थाहरूलाई राजनीतिक सन्देश दिने उद्देश्यले दण्डित गर्छ त्यसको पछिल्ला प्रमाण हुन्।”

राष्ट्रपति ट्रम्पको कार्यकालमा बेइजिङ र वाशिङटनबीचको सम्बन्ध थप चिसिएको थियो। कोभिड-१९ को उत्पत्ती, मानव अधिकार र साइबर सुरक्षा जस्ता विषयमा अझै पनि सो सम्बन्ध तिक्ततापूर्ण छ।

विदेशी शक्तिले धम्काउन खोजे ‘तिनको टाउकोमा प्रहार हुने, यो सप्ताहान्त बिग्रँदो सम्बन्धलाई सम्बोधन गर्ने उपायबारे छलफल गर्न सेरमन चीन जाँदैछिन्। राष्ट्रपति बाइडनले सत्ता सम्हाले यता बेइजिङ भ्रमण गर्ने उनी सबैभन्दा वरिष्ठ अधिकारी हुन्।चीनको प्रतिबन्ध सामना गर्ने ट्रम्प प्रशासनका पछिल्ला अधिकारी रस हुन्।

गएको ज्यानुअरीमा चीनले पूर्व अमेरिकी विदेशमन्त्री माइको पोम्पेओ सहित २७ जना वरिष्ठ ट्रम्प अधिकारीहरूलाई प्रतिबन्ध लगाएको थियो।बाइडन प्रशासनले त्यसलाई ‘अनुत्पादक र निन्दनीय’ भनेको थियो।

 

प्रतिक्रिया