आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पत्रकार फसाउने रौतहटका एसपी शाहमाथि छानविन शुरु, यसरि आफै फसे एसपी शाह

प्रकाशित
1.7K
SHARES

काठमाडौ । निमयविपरित घुमुवा राखेको र पत्रकारलाई फसाउन लागुऔषध प्रयोग गरिएको सम्बन्धमा रौतहटका एसपी सिद्धिविक्रम शाहमाथि छानविन शुरु भएको छ । घुमुवाले पत्रकारलाई लागुऔषध राखेर फसाउन खोजेको विषयमा एसपीकै संलग्नता रहेको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण महतको संयोजकत्वमा समिति गठन गरी उनीमाथि छानविन शुरु भएको हो ।

पत्रकार मोजि बुल्लाह र शेख अतिउल्लाहलाई फसाउन लागुऔषध राखिएको घटना रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहकै योजनामा भएको आशंका गरिएको हो । एसपी शाहले यो घटना लगतै घटनाका अभियुक्तसँग गरेको कुराकानीको अडिओ सार्वजनिक भएपछि उनलाई शंकाको घेरामा राखिएको थियो ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाले एसपी शाहलाई तत्काल निलम्बन गरेर कारबाही गर्न माग गरेको छ । गत साउन ३२ गते मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले गौरमा चेकजाँचका क्रममा लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको दाबी गरेको थियो। तर घटनामा उनीहरुको संलग्नता नदेखिएको र प्रहरीकै संलग्नता रहेको भन्दै पत्रकारलाई सोमबार छाडिएको थियो ।

नियमविपरित राखिएका घुमुवा प्रहरीले पत्रकार फसाउन खोज्दा आफै फसेका थिए । प्रहरी प्रधानकार्यालयले घुमुवा प्रहरी नराख्न गरेको परिपत्रलाई समेत वेवास्था गरी रौतहटमा परिचालन भएका घुमुवा प्रहरीले पत्रकारकै मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोज्दा आफै फसेका हुन् । पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाइएका दुई प्रहरी अहिले निलम्बनमा परेका छन् ।

रौतहटका सञ्चारकर्मीले प्रहरीका घुमुवाले अनियमितता गरेको समाचार लेखेपछि उनीलाई लागुऔषध प्रयोग गरी सुनियोजित तवरले फसाउन खोजेका थिए । जिल्ला प्रहरी कार्यलय रौतहटमा कार्यरत असइ उदय यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी थप कारवाहीको प्रकृया अघि बढाएको थियो ।

यो पनि , खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता

साेलुखुम्बु। सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नं २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको छ।

सोही नगरपालिकाको वडा नं ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए। मङ्गलबार दिउँसो भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन्। उनको खोजीका लागि ठूलो सङ्ख्यामा जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भए पनि खोला बढेकाले समस्या भएको प्रनाउ कटवालको भनाइ छ। गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बगाएकोे वडाध्यक्ष मिङमार दोर्जी शेर्पाले बताए।

प्रतिक्रिया