आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पत्रकार फसाउन प्रहरी प्रयोग भएकोबारे अध्यन गर्न हेडक्वार्टरले बनायो छानविन समिति

प्रकाशित
492
SHARES

काठमाडौँ । रौतहटमा सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले ला’गुऔ’षध राखेर पत्रकारलाई फसाएको घटना छानविन गर्न प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कुमार महत नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए । समितिमा प्रहरी प्रधान कार्यालय कानुन शाखा र सा’इबर ब्यूरोका अधिकृत सदस्य छन् ।

साउन ३२ मा साँझ ८ बजे रौतहटको गौर नगरपालिका–१ स्थित होटल ग्रीन सिग्नलबाट निस्केका ईशनाथ नगरपालिका–८ घर भएका पत्रकार महम्मद मोजिबुल्लाह र राजपुर नपा–७ घर भएका शेख गुलाबलाई प्रहरीले प’क्राउ गरेको थियो ।

मोजिबुल्लाहले पार्किङ गरेर राखेको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याब्लेट ला’गुऔ’षध नाइ’ट्राभेट प्रहरीले ‘प्लान्ट’ (राखेको) गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको छानबिनबाट पुष्टि भएको छ । ला’गुऔ’षध ‘प्लान्ट’ गरेको आरोपमा प्रहरीले स्थानीय धीरज यादव र जितेशकुमार यादवलाई प’क्राउ गरेको छ ।

ला’गुऔ’षध ना’इट्राभेट राख्ने भूमिका खेलेको आ’रोपमा प्रहरी सहायक निरीक्षक (असई) उदयप्रसाद यावद र जवान मनोज शाह समेत निलम्बनमा परेका छन् । घट’नामा रौतहटका एसपी सिद्धिविक्रम शाहको भूमिका समेत शंकास्पद देखिएपछि हेडक्वार्टरले छानविन समिति बनाएको हो ।

पत्रकार महासंघ रौतहट शाखाका सह-सचिव सञ्जय सहनी र एसपी शाहको बीचमा मोजिबुल्लाहलाई प’क्राउ गरेपछि भएको कुराकानीको अडियो बाहिरिएको छ । अडियोमा शाहले हाँस्दै भनेका छन्, ‘सञ्जय जी, काम भयो हैन ?’

सहसचिव सहनी फरार छन् । धिरज र जितेशविरुद्ध आपराधिक ष’ड्यन्त्र सम्बन्धी क’सुरमा प्रहरीले अदालतबाट म्याद लिएर अ’नुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया