आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौंमा १६ भदौसम्म निषेधाज्ञा थप, यस्तो छ सिडिओको आदेश

प्रकाशित
371
SHARES

काठमाडौँ। काठमाडौं उपत्यकामा १६ भदौसम्म निषेधाज्ञा थप भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबारको बैठकपछि एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।

मानिसहरू भेला हुन, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर आदि गर्न–गराउन नपाउने गरी निषेधाज्ञा थप भएको छ । पार्टी प्यालेस, सिनेमा हल, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जनस्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भिडभाड हुने अन्य गतिविधि गर्न रोक लगाइएको छ ।
यस्तो छ सिडिओको आदेश

 

प्रतिक्रिया