आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पत्रकारलाई लागुऔषध राखेर फसाउने दुई प्रहरी निलम्बित, यस्तो छ भित्रि रहस्य

प्रकाशित
397
SHARES

काठमाडौँ। रौतहटमा सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागुऔषध राखेर पत्रकारलाई फसाएको पुष्टि भएको छ । लागुऔषध ‘प्लटिङ’ गरेको आरोपमा प्रहरीले धीरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरेको छ ।

रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाह र शेख गुलाबलाई १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट सहित पक्राउ गर्ने दुईजना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरिक्षक (असई) उदयप्रसाद यादव र जवान मनोज शाहलाई निलम्बन गरिएको रौतहटका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए ।

पत्रकार महासंघ रौतहट शाखाका सह–सचिव सञ्जय सहनीले धीरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाईकलमा लागुऔषध राख्न लगाएको प्रहरीको छानबिनबाट थाहा भएको छ । सह–सचिव सहनी फरार छन् ।

लागुऔषध राखेपछि सञ्जयले असई यादव र जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएको बताइएको छ । धीरज र जितेशविरुद्ध आपराधिक षड्यन्त्रसन्बन्धी कसुरमा कसुरमा प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान शुरु गरेको छ ।

साउन ३२ मा साँझ ८ बजे रौतहटको गौर नगरपालिका–१ स्थित होटल ग्रिन सिग्नलबाट निस्केका ईशनाथ नगरपालिका–८ घर भएका मोजिबुल्लाह र राजपुर नपा–७ घर भएका शेख गुलाबलाई प्रहरीले पक्राउ गरेको थियो ।
मोजिबुल्लाहले पार्किङ गरेर राखेको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट प्रहरीले ‘प्लटिङ’ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको छानबिनबाट पुष्टि भएको छ ।

तर, रौतहटका पत्रकारहरुले प्रहरीको छानविन फितलो भएको भन्दै प्रदेशस्तरको छानबिन समिति बनाएर घटनाको थप अनुसन्धान गर्न माग गरेका छन् ।

प्रहरी भन्छ–‘सत्यतथ्य सार्वजनिक गर्छौ’

रौतहटमा सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागु औषध राखेर पत्रकारलाई फसाएको आरोप लागेको छ । रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाहलाई प्रहरीले नै फसाएको पत्रकार महासंघ रौतहट शाखाले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।

साउन ३२ मा साँझ ८ बजे रौतहटको गौर नगरपालिका–१ स्थित होटल ग्रीन सिग्नलबाट निस्केका ईशनाथ नगरपालिका–८ घर भएका मोजिबुल्लाह र राजपुर नपा–७ घर भएका शेख गुलाबलाई प्रहरीले पक्राउ गरेको थियो । मोजिबुल्लाहले पार्किङ गरेर राखेको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याब्लेट लागुऔषध नाइट्रोभेट प्रहरीले ‘प्लटिङ’ गरेको पत्रकार महासंघले दाबी गरेको छ ।

असई उदय यादव नेतृत्वको टोलीले अरु दुईजना युवालाई प्रयोग गरेर सो लागु औषध मोटरसाइकलमा राख्न लगाएको फुटेजबाट देखिएको पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झाले रातोपाटीलाई बताए । पत्रकार महम्मद मोजिबुल्लाह र शेख गुलाब जिल्ला प्रहरी कार्यालय रौतहटको थुनामा छन् । सोमबारसम्म उनीहरुलाई रिहा नगरे कडा आन्दोलनमा उत्रने पत्रकार महासंघले चेतावनी दिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख (डिएसपी) नारायण चिमोरियाले दुई दिनमा सत्यतथ्य सार्वजनिक गर्ने बताए । चिमोरियाले रातोपाटीसँग भने–‘अनुसन्धान भइरहेको छ, दुई दिनमा सत्यतथ्य बाहिर ल्याउँछौँ ।

प्रतिक्रिया