आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देवरको प्रेममा परेपछि पतिले नै गरिदिए विबाह, भाउजुलाई फसाएर दाजुको जिन्दगी चैट

प्रकाशित
564
SHARES

एजेन्सी । रोचक र विचित्रको दुनियामा भारत विश्वमा नै शिर्ष स्थानमा पर्दै आएको छ । यसैबिच यतिबेला भारतको एउटा खबर भाइरल बनिरहेको छ । जहाँ श्रीमान्लाई छाडेर एक महिलाले उनकै भाई अर्थात नाताले देवरसँग बिहे गरेकी छिन् । त्यो पनि श्रीमान् र परिवार सहित सबैको सहमतिमा ।

घटना हो भारतको बिहार राज्यको भागलपुरको । घटनामा ३० वर्षका पवन गोस्वामीकी श्रीमती प्रियंका गोस्वामीको आफ्नै देवर साजन गोस्वामीसँग प्रेम भएपछि उक्त सम्बन्ले विबाहको रुप धारण गरेको हो ।

देवरसँग गहिरो सम्बनधमा रहेकी गोस्वामीलाई उनकै श्रीमान् आशिर्वाद दिँदै राम्रो गर्नु भनेपछि उनीहरुले उक्त गाउँ छाडेर अन्यत्रै गएका छन् । उनीहरुकी एक छोरीलाई पनि गोस्वामी आँफैले लिएर गएकी छिन् । बिहेपछि आमाले छोरीलाई अब अंकललाई बाबा भन्नुपर्छ भनेर सिकाएकी छिन् ।

यो पनि : केटी बनेर प्रेमिका भेट्न जाँदा पक्राउ परेपछि बेपत्ता

भारतको उत्तर प्रदेशमा हालै आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन थालेपछि रन्थनिएका एक युवक बेहुली बनेकी प्रेमिकालाई भेट्नका लागि केटीको भेष गरेर बिहेस्थलमा छिरेका छन् । केटीको भेषमा विवाहस्थलमा प्रवेश गरेका उनलाई पक्राउ परिएको छ । उत्तर प्रदेशको भादोही जिल्लास्थित एक गाउँमा भएको यो घटनाले समाचारमा स्थान पाएको छ ।

बेहुली पहिरन लगाएका ती युवकले नक्कली कपाल, सिँगारपटार गरेका थिए । काँधमा लेडिज ब्याग भिरेका थिए । उनले महिलाले लगाउने स्याण्डिल लगाएका थिए ।उनी गर्लफ्रेण्डको घरभित्र लुसुक्क छिरे र बेहुलीसँग भेटाइदिन अनुरोध गरे । उनको जीउडाल तथा हाउभाउ देख्दा बेहुलीका घरका मान्छे सशंकित भए ।

बेहुलीका घरका मानिसले आशंका गरेपछि ती युवकले लामो समयसम्म केटी भएको बहाना गरिरहन सकेनन् । उनको पोल खुल्यो र त्यहाँ उपस्थित मानिसहरूले उनलाई समातिहाले । जब उनलाई समातेर उनको घुम्टो तथा नक्कली कपालसमेत हटाइयो तब सबैजना तीनछक परे ।उनलाई प्रहरीमा बुझाउनका लागि पुलिसलाई फोन गर्ने तयारी भैरहेको थियो । अकस्मात ती युवक त्यहाँबाट भाग्न सफल भए । उनलाई घर बाहिर उनका दुईजना साथीहरूले कुरिहेका रहेछन् । उनै साथीहरूसँग उनी त्यहाँबाट बाइकमा सुइँकुच्चा ठोके ।

यो पनि : भारतको तेलगंगाको लथुनर गाउँमा भएको घटनापछि कुखुरालाई प्रहरीले अदालतमा पेश गर्ने भएको छ। प्रहरीले भने भाले अपराधी भएपनि पक्राउ गर्ने बारेमा नसोचेको बताइरहेको छ। २२ फरबरीमा दुइटा भाले जुधिरहेका थिए।

सोही क्रममा एउटा आफ्नै भालेको खुट्टटामा बाँधिएको चक्कुले मालिकको कम्मरको तल्लो भागमा चोट लागेको थियो। चक्कुको प्रहारबाट घाइते भएका मालिकको उपचारको क्रममा निधन भएको हो ।४५ वर्षीय थानुगुल्ला सतीशले प्राय भालेको खुट्टामा एक विशेष प्रकारको चक्कु बाधिदिएका हुन्थे । त्यसैक्रममा गल्तीले कुखुराको भालेको चक्कु सतिशतिरै तेर्सिएको थियो ।

चक्कुले काटेपछि उनको शरीरबाट धेरै रगत बगेको थियो । उनलाई अस्पताल लगिएपनि बाचेनन्। तेलगंगामा कुखुराको लडाई गर्न प्रतिवन्ध गरिएको छ । निषेध हुदाँहुँदै पनि केही मानिसहरु लुकेर भाले जुधाई गर्दै आएका थिए। अब भालेलाई अदालतमा पेश गर्ने भनिएको छ ।

पुरुषले मात्रै खाना पकाउने गाउँ

भारतको एउटा यस्तो गाउँ छ जहाँका घरमा खाना पकाउने काम केवल पुरुषहरूको मात्र हुन्छ ।भान्सेको गाउँ अर्थात् भिलेज अफ कुक्स भनिने कलायुर गाउँ नै त्यस्तो गाउँ हो जहाँ हरेक घरका भान्सामा पुरुषको हात चल्दछ । गाउँका पुरुषहरूले किचेनका राजा भनिन्छ ।

पछिल्लो ५ सय वर्षदेखि उक्त गाउँमा पुरुषहरूले नै घरको खाना पकाउने परम्परा चल्दै आएको छ । गाउँमा झण्डै ८० घर छन् भने गाउँभरमा गरी झण्डै २ सय जना सिपालु शेफ त्यहाँ छन् । पण्डीचेरीबाट ३० किलोमिटर टाढा पर्ने यो गाउँका शेफहरुलाई आसपासका ठाउँहरूमा खाना पकाउने कामका लागि पनि ठूलो माग हुने गरेको छ ।

वर्षको ६ महिना त उनीहरूले बिहे लगायतका भोजमा खाना पकाउने काम नै गर्दछन् । परिवारका अन्य सदस्यहरू कृषि पेशामा रहेका उक्त गाउँका पुरुषहरू खाना पकाउने कामबाट बँचेको समय खेतिपातीमै व्यस्त हुने गरेका छन् ।

 

प्रतिक्रिया