आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दुनियालाई चकित पार्दै तालिबानको यस्तो घोषणाले अफगानिस्तानका ४ करोड जनतामा छायो खुसीयाली

प्रकाशित
0.9K
SHARES

एजेन्सी। अफगान राष्ट्रपतिको कार्यालय कब्जा गरेसँगै तालिबानले आफूलाई विजयी भएको दाबी गरेको छ । साथै उसले युद्ध पनि सकिएको घोषणा पनि गरेको छ । यो सँगै ४ करोड अफगानी जनता उत्साहित भएका छन । अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेपछि आफैँले विजयी भएको दाबीसहित युद्ध सकिएको घोषणा गरेको हो ।

तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हामीले चाहेको प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता ।’उनले विदेशी शक्तिहरूलाई अफगानिस्तानमा हस्तक्षेप गरेर असफल हुने प्रयास नगर्न पनि चेतावनी दिएका छन् ।

तालिबान लडाकु काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार नै देश छाडेका छन् । उनी काजकिस्तान गएको जनाइए अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको पछिल्लो विवरणमा उज्वेकिस्तानमा शरण लिएर बसेको जनाइएको छ । उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताएको विवरणहरु आएका छन् ।

अमेरिकी दूतावास विमानस्थलमा

राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि अमेरिकाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल परिसरलाई अस्थायी रुपमा दूतवास बनाएको छ ।हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको हो । विमानस्थल परिसरमा ४ हजार अमेरिकी सैनिक परिचालन गरेको अमेरिकाले धमाधम आफ्ना नागरिकको उद्धार गरिरहेको छ । अब अफगानिस्तानमा कार्यरत १ हजार ४०० अमेरिकी कर्मचारी पनि स्वदेश फर्काउने तयारी अमेरिकाले गरेको छ ।

यसै गरि : आतकंवादी तालिवानसँग उठबस गर्ने पाकिस्तानी क्रिकेटर अफ्रिदी नेपाल छिर्ने तयारीमा, जोडदार रुपमा उठ्यो बन्देज लगाउनुपर्ने माग

चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी नेपाल आउने तयारी रहेका छन् । उनको आतंकवादमा संलग्न चरमपन्थी संगठन तालिवानसँग कनेक्सन देखिएको पछि नेपालमा बन्देज लगाउन दिन नहुने माग जोडदार रुपमा उठेको छ । हाल अफगानिस्तानमा सत्ता कब्जा गरिरहेको तालिवानका एक नेतासँग अफ्रिदीको उठबस पाइएको हो ।

पछिल्लो समयको पाकिस्तानी टि – २० क्रिकेट लिगमा तालिवानका कमाण्डरसँग अफ्रिदी एकै मञ्चमा देखिएका थिए। अहिले अफगानिस्तानमा सत्ता कब्जा गर्दा ति तालिवानी कमाण्डर अग्रपंक्तिमा देखिएका छन्। विश्व समुदायले तालिवानलाई आतंकवादी संगठन भन्दै प्रतिबन्ध लगाइरहेका त्यसैसँग कनेक्सन भएका क्रिकेटर अफ्रिदी नेपाल आउँदैछन्। उनी नेपालमा चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी(ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न नेपाल आउन लागेका हुन्।

इपीएल असोज ९ देखि २३ गतेसम्म सञ्चालन हुँदैछ। अफ्रिदी काठमाडौं किङ्स–११ बाट क्रिकेट खेल्न काठमाडौं आउने तय भएको छ । तर उनको आतंकवादी कनेक्सन देखिएसँगै कुटनीतिक र अन्तर्राष्ट्रिय कुटनीतिका हिसाबले बन्देज लगाउनुपर्ने कुटनीतिका जानकार बताउँछन्।

उनलाई स्वागत गर्दा नेपालको छवि धुमेलिने भएकाले सचेत हुनुपर्ने जानकार बताउँछन् । अफ्रिदीको आतंकवादी कनेक्सन पर्दाफास भएपछि इपीएलका अध्यक्ष अमिर अख्तरमाथि पनि नल्याउन दबाब बढेको छ ।

यसै गरि, तालिबानको हातबाट अर्को विद्रोही समूहले गर्यो ३ जिल्ला कब्जा

काबुल। अफगानिस्तानको बग्लान प्रान्तका केहि जिल्ला अफगान सरकारको एक वफादार गुटले तालिबान लडाकुहरुलाई पराजित गरी कब्जामा लिएको छ। बीबीसीका अनुसार तालिबानबाट कब्जा गरिएका तीन जिल्लाहरु पाली हिसार, डि सलाह र बानो छन्।

अफगानिस्तानको राजधानी काबुलको उत्तरमा रहेको पञ्जशीर उपत्यका तालिबानको बिरूद्ध प्रतिरोधको अन्तिम प्रमुख गढ मानिन्छ।काबुलको उत्तरमा हिन्दुकुश पहाडले घेरिएको पञ्जशीर उपत्यका लामो समयदेखि प्रतिरोधको केन्द्रको रुपमा परिचित छ। विश्लेषकहरुका अनुसार यदि तालिबानले पञ्जशिरमा हमला गरे भने त्यहाँ भेला भएका बिद्रोही समूहहरु उनीहरुसंग लड्नेछन्।

एजेन्सी सहयोगमा

प्रतिक्रिया