आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेसमा लफडा सुरु, सभापतिहरुले देउवालाई दिए यस्तो कडा चेतावनी अब के हुन्छ ?

प्रकाशित
670
SHARES

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापनइतरका जिल्ला सभापतिहरुले आसन्न १४औं महाधिवेशनका लागि पार्टीले तयार पारेको निर्वाचन निर्देशिका संशोधन गर्न माग गरेका छन्।

उनीहरुले शनिबार सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गर्न माग गरेका हुन्। साथै, क्रियाशील सदस्यता सुनियोजित रुपमा थप्ने÷हटाउने कार्य भएकोप्रति पनि उनीहरुले आपत्ति जनाएका छन्।

वडा तहबाट निर्णय भइआएका नामहरु हटाउने, ठाडै केन्द्रबाट जथाभावी नामहरु थप्ने र झिक्ने तथा शतप्रतिशतभन्दा बढी नामहरु इन्ट्री गर्ने जस्ता धाँधलीजन्य गतिविधि रोक्न निरन्तर आग्रह गर्दै आएको उनीहरुको भनाइ छ।

‘यस्ता अनियमिततालाई बेलैमा रोक्नु त कता हो कता, झन पछिल्ला दिनमा आएर सुनियोजित ढंगबाट अमूक व्यक्तिको स्वार्थसिद्धि गर्न तथा लामो समयदेखि पार्टीमा रगत–पसिना भिजाएका निष्ठावान नेता कार्यकर्ताको राजनीतिक हत्या गर्न हजारौं संख्यामा क्रियाशील सदस्य थप्ने वा मेट्ने वा अर्को वडामा पन्छाउनेजस्ता अशोभनीय कामहरु भइरहेबाट हामी स्तब्ध भएका छौं’, पत्रमा भनिएको छ, ‘त्यसमाथि ७७ वटै जिल्लाका सभापतिको एउटै प्रक्रियाबाट निर्वाचन हुने विधानको प्रस्ट व्यवस्थाविपरीत निर्वाचन निर्देशिका जारी भएबाट हामीलाई थप चिन्तित बनाएको छ।’

सभापतिलाई लेखेको पत्रमा तीन बुँदे माग अघि सारिएको छ। ती माग भोलि सम्म पूरा गर्नसमेत अल्टिमेटम दिइएको छ। भोलिसम्म माग पूरा नभए केन्द्रीय कार्यालयमा अनसन, धर्नालगायतका कार्यक्रम गर्ने चेतावनीसमेत पत्रमा दिइएको छ।

यस्तो छ पत्र :

श्रीमान् सभापति ज्यू,
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
बीपी स्मृति भवन, बीपीनगर, ललितपुर।

विषय : माग सम्बोधनका लागि हार्दिक अनुरोध।

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यताको पारदर्शीतासम्बन्धी विषयलाई लिएर देसभरिका लाखौं सदस्य साथीहरुको भावनाको प्रतिनिधित्व गर्दै आरम्भदेखि नै हामीले नेतृत्व समक्ष प्रस्ट विचार राख्दै आएका हौं। वडा तहबाट निर्णय भइआएका नामहरु हटाउने, ठाडै केन्द्रबाट जथाभावि नामहरु थप्ने र झिक्ने तथा शतप्रतिशतभन्दा बढी नामहरु इन्ट्री गर्ने जस्ता धाँधलीजन्य गतिविधि रोक्न निरन्तर आग्रह गर्दै रह्यौं। यस्ता अनियमिततालाई बेलैमा रोक्नु त कता हो कता, झन पछिल्ला दिनमा आएर सुनियोजित ढंगबाट अमूक व्यक्तिको स्वार्थसिद्धि गर्न तथा लामो समयदेखि पार्टीमा रगत(पसिना भिजाएका निष्ठावान नेता कार्यकर्ताको राजनीतिक हत्या गर्न हजारौ संख्यामा क्रियाशील सदस्य थप्ने वा मेट्ने वा अर्को वडामा पन्छाउने जस्ता अशोभनीय कामहरु भइरहेबाट हामी स्तब्ध भएका छौं। त्यसमाथि ७७ वटै जिल्लाका सभापतिको एउटै प्रक्रियाबाट निर्वाचन हुने विधानको प्रस्ट व्यवस्थाविपरीत निर्वाचन निर्देशिका जारी भएबाट हामीलाई थप चिन्तित बनाएको छ।

तसर्थ,
१. प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस्।
२. क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्डबमोजिम सत्यतथ्य छानबिन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस्।
३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस्।

हाम्रो उपरोक्त मागहरुलाई संबोधन गर्नेगरी यही भाद्र ७ गतेभित्र आवश्यक कदम नचालिएमा भोलिपल्ट (भाद्र ८ गते) बाट केन्द्रीय कार्यालयमा धर्ना, अनसन लगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन हामी बाध्य हुने व्यहोरा जानकारी गराउँछौं। जय नेपाल।

विनीत
जिल्ला सभापति एवं साथीहरु

यो पनि  : बिल धेरै निकालेको भन्दै होटलमा बम राखेपछि..

भक्तपुरको एक होटलमा बिल धेरै निकालेको भन्दै बम राखेको आरोपमा युवक पक्राउ परेका छन। पक्राउ पर्नेमा काँभ्रेको तेमाल गाउँपालिका–२ डाडाँगाउँ घर भएका ३२ वर्षीय नवीन तामाङ छन।

प्रहरीका अनुसार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ मा रहेको दिव्येश्वरी गेस्ट हाउसमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि तामाङलाई पक्राउ गरिएको हो।

उनले गेष्टहाउसको कोठामा पुरानो कुकरमा नांगो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद वस्तु राखेका थिए। गेस्ट हाउसमा बम राखिएको खबर आएपछि नेपाली सेनाको बम डिस्पोजल टोली सो स्थानमा पुगेको थियो। उक्त वस्तुलाई निष्क्रिय पार्दा विस्फोटक पदार्थ फेला परेन।

होटलमा केही समयदेखि बस्दै आएका ग्राहकले सञ्चालकसँग झगडा गरिरहेको खुलेपछि उनलाई सोधपुछ गर्दा तामाङले सो बस्तु राखेको स्वीकारेका हुन। सोधपुछ गर्ने क्रममा धेरै बिल उठाएकाले प्रेसर कुकुर राखिदिएको उनले प्रहरीलाई बताएका छन।प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया