आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बदला नलिने वाचाबीच तालिबानद्वारा प्रहरी प्रमुख मा’रिए, गम्भीर संकटमा काबुल

प्रकाशित
560
SHARES

काबुल । कुनै पनि सुरक्षा निकायका अधिकारीहरुसँग बदला नलिने तालिबानको घोषणाका बीच अफगानिस्तानका प्रान्तीय प्रहरी प्रमुखको ह’त्या भएको बताइएको छ। प्रमुख जनरल हाजी मुल्ला आचाकजाईलाई गो’ली हानी मा’रिएको भिडियो सार्वजनिक भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन।

तालिबान लडाकूहरुले खिचेको सो भिडियोमा प्रहरी अधिकारीलाई क्रू’रतापूर्वक मा’रिएको देखिएको छ। अफगानिस्तानको सशस्त्र बलमा सेवारत हाजी मुल्ला तालिबानको कब्जामा परेका बेला हेरात शहर नजिकैको बाघिस प्रान्तको प्रहरी प्रमुखको रुपमा कार्यरत थिए।

सत्ताकब्जा गरेपछि तालिबानले आफ्ना सबै दुश्मनहरुलाई आममाफी दिएको घोषणा गरेको थियो। अब अफगानिस्तान युद्धको भूमि नहुने समेत उनीहरुको प्रतिज्ञा थियो। तर, विभिन्न शहरहरुमा गो’ली चलेका आवाज सुनिने गरेका छन। अफगानिस्तान कब्जा गरेपछि तालिबानले हाल घरघरमा गएर पूर्ववर्ती सरकारका समर्थकहरूको खोजी गरिरहेको छ।

त्यस्तै तालिवान समूहले काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि सञ्चारमाध्यम र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो व्यक्त गरेको छ ।

तालिवानले प्रेससहित सबै तहमा दुर्व्यवहार र हतोत्साही बनाएको रिपोर्टहरूको सङ्ख्या बढ्दो रहेको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले सञ्चारकर्मीसँगको कुराकानीमा उल्लेख गरे । यस सम्बन्धमा गरिएको प्रश्नमा प्राइसले भने, “हामी उनीहरूसँग हाम्रा मध्यस्थकर्तामार्फत सबै स्तरमा छलफल अघि बढाउँदैछौँ ।”

यसअघि, रक्षा मन्त्री लोइड अस्टिनले अमेरिकी सञ्चार प्रतिनिधिहरूसँगको कुराकानीमा अमेरिकाको तालिवानसँग अझै पनि धेरै असमझदारीहरू रहेका बताएका थिए ।

राष्ट्रपति जो बाइडेनको तालिवानले अमेरिकी नागरिकलाई विमानस्थलमा कुनै बाधा सिर्जना नगरेको भन्ने भनाइप्रति लक्षित गर्दै रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले तालिवानले अमेरिकी नागरिकलाई दुर्व्यवहार गरिएको भन्ने खबरहरू आफूले सुनेको बताउँदै अमेरिकी सेना उक्त रिपोर्टलाई गम्भीर ढङ्गले लिने बताएका छन् ।

यस्तै काबुल विमानस्थल नजिकै विदेशी नागरिकको अपहरण भएको भनी कतिपय स्थानीय सञ्चारमाध्यमले शनिबार सम्प्रेषण गरेको समाचारलाई तालिबानका एक अधिकारीले खण्डन गरेका छन् । काबुलको विमानस्थलमा अझै पनि अमेरिकी नेतृत्वको उद्धार समूहले काम गरिरहेको र अपहरणबारे आएका सूचना फगत हल्ला मात्र भएको ती अधिकारीले बताए ।

“अपहरणबारे रिपोर्ट एउटा हल्ला हो । तालिबान सदस्यहरूले सबै विदेशी नागरिकलाई विमानस्थलमा पहुँच प्राप्त गर्न मद्दत गरिरहेका छन् । हामी विमानस्थलमा पुग्न सबै विदेशीहरूलाई सुरक्षित मार्ग प्रदान गर्न कटिबद्ध छौं,” तालिबानका प्रवक्ता अहमद उल्लाह वासेकले स्थानीय समाचार संस्था इटललाटरोजलाई बताए ।

उनले शनिबार पनि तालिवान फौजले करिब १५० भारतीयलाई विमानस्थलमा सुरक्षित रुपमा प्रवेश गर्न साथ दिने बताए । तालिवानले आइतबार अफगानको राजधानी कब्जा गरे लगत्तै हजारौं अफगानीहरु देश छोड्न काबुल विमानस्थलमा पुगेका छन् ।

शनिबार बिहान तीनवटा उडानले अफगान भूमि छोड्न चाहने व्यक्तिलाई उद्धार गरेको स्थानीय फरहद मोहम्मदीले बताए । हवाई उडान प्रक्रियामा सहयोग गर्न काबुल विमानस्थलमा करिब पाँच हजार अमेरिकी सेनाको खटाइएको छ ।

एक हप्ताको अन्तरालमा विमानस्थलमा भागदौड मच्चिँदा र गोली चल्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । तालिबानले मुलुकका अधिकांश भूभाग एक महिनाको अन्तरालमा कब्जा गरेपछि अफगानिस्तानको अवस्था अन्यौलग्रस्त बनेको छ ।

प्रतिक्रिया