आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यौ न व्यवसायका लागि भाडामा अपार्टमेन्ट, ग्राहकलाई भित्र छिर्न पासकोड व्यवस्था

प्रकाशित
1.1K
SHARES

काठमाडाैं । ललितपुरको पुल्चोकमा रहेको एक अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर एक महिलाले व्यावसायिक रुपमा ‘यौ न व्यवसाय’ गरेको खुल्न आएको छ।

सोमबार साँझ महानगरीय प्रहरी परिसरका टोलीले सो अपार्टमेन्टमा छापा मारेर संचालक गीता खड्गीसहित ७ जनालाई पक्राउ गरेपछि अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर व्यावसायिक रूपमा यौ न व्यवसाय गरेको खुल्न आएको हो।

प्रहरीका अनुसार उक्त अपार्टमेन्ट खड्गी र उनीसँग बस्दै आएका सुरज खड्गीले भाडामा लिएका थिए। प्रहरीले छापा मारेर संचालक खड्गीसहित तीन जना युवती र तीन जना पुरुष ग्राहकलाई रंगेहात पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा झापा घर भइ हाल काठमाडौं २८ डल्लू बस्दै आएका वर्ष ५० का राजेश अग्रवाल, रुकुम घर भइ कुमारीगाल बस्ने वर्ष २३ की एक युवती, बर्दिया ठाकुरबाबा नगरपालिका घर भइ बुढानिलकण्ठ बस्दै आएका वर्ष २९ का सुनिल विष्ट, बालाजु बस्ने २४ वर्षीया एक युवती, काँडाघारी बस्ने २५ वर्षीया युवती र काभ्रे पनौतीका ३३ वर्षीय प्रतिक कर्माचार्य छन्।

युवतीहरूलाई विभिन्न प्रलोभन देखाएर खड्गीले यौ न व्यवसायमा लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ। गीता खड्गी र सुरज खड्गीले मासिक ५० हजार भाडामा अपार्टमेन्ट लिएर यौ न व्यवसाय गरिरहेको सूचना आएपछि छापा मारेको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन्। उनका अनुसार प्रहरी ग्राहक बनेर त्यहाँ प्रवेश गरेको थियो।

‘हामीले फोन नम्बर पत्ता लगाइसकेपछि केही दिन ग्राहक जस्तै बनेर कुरा गर्‍यौं,’ एसएसपी बज्राचार्यले भनिन्, ‘त्यसपछि उनीहरूले भित्र प्रवेशका लागि पासकोड दिने रहेछन्, त्यो लिएर हामी गयौं।’

मोबाइलमा दिइएको पासकोड नभने अपार्टमेन्ट प्रवेश गर्न खड्गीले ढोका नै नखोलिदिने गरेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार अपार्टमेन्टभित्रै बार, सिसिटिभी र परिवार नियोजनका अस्थायी साधन किन्ने व्यवस्था मिलाइएको थियो। त्यसवापत उनीहरूले ग्राहकसँग चर्को मूल्य लिने गरेको प्रहरीले जनाएको छ।

खड्गीले क्रिष्टिना केसी नाम गरेकी युवतीलाई यौ न व्यवसाय संचालनका लागि सुपरभाइजर बनाएकी थिइन्। उनले ग्राहक खोज्ने, ग्राहकलाई म्यासेज पठाउने, ह्वाट्सएपमा युवतीका फोटा पठाइदिने गर्ने अनुसन्धानमा खटेका एक प्रहरीले जानकारी दिए। ‘एक ग्राहकसँग चार हजारदेखि २० हजार रूपैयाँसम्म लिने गरेका रहेछन्,’ एसएसपी बज्राचार्यले भनिन्, ‘युवतीहरूलाई ग्राहकबाट लिएको रकमको आधा दिँदा रहेछन्।’

खड्गीले उक्त अपार्टमेन्टमा अहिलेसम्म आएका ग्राहकको सूची नै बनाएर राखेको खाता पनि प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसमा पचासभन्दा बढी ग्राहकको नाम र मोबाइल नम्बर रहेको एसएसपी बज्राचार्यले बताइन्।

पक्राउ परेकामाथि वेश्यावृत्ति र वेश्यागमनको प्रचार-प्रसार गर्न नहुने ऐन अन्तर्गत अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको छ। उनीहरू दोषी भए कम्तीमा तीन वर्ष कैद र तीस हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। प्रहरीले अनुसन्धान बलियो बनाएर जाने हो भने यो ऐनले घरबेटी र भाडामा दिनेलाई पनि अनुसन्धानको दायरामा तान्न सक्छ।

यो पनि : बलात्कारमा फसेका सशस्त्र एसएसपीलाई अदालतले किन दियो सफाई ?

चितवन घर भएकी ‘पोखरा–१३’ भनिने महिलाले अधिकारीसँग सहमतिको सम्बन्ध राखेर १० लाख मागेकी थिइन्
काठमाडौं– जिल्ला अदालत कास्कीले ‘पोखरा–१३०’ नामाकरण गरेकी महिलाले सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी राजेन्द्र अधिकारीलाई लगाएको बलात्कार मुद्दामा सफाई दिएको छ।अदालतले ‘सहमतिको सम्बन्ध’लाई बलात्कार भन्न नमिल्ने नजीर र दलील उल्लेख गर्दै अधिकारीलाई सफाई दिएको हो। एक महिनाअघि नै अधिकारी थुनामुक्त भएका छन्।वर्षौंदेखि परिचित महिलासँग दिनभरी बसी रक्सी खाएपछि सहमतिमा सम्बन्ध राखिएको थियो। सो घटनापछि ति महिलाले १० लाख माग्दा दिन नसकेपछि अधिकारीलाई बलात्कारको अभियोग लगाएकी थिइन्।

पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बलको हुल तथा दङ्गा ब्यवस्थापन शिक्षालयका प्रमुखबाट सरुवा भएर फर्कने तयारी गरिरहेका बेला ३१ असार ०७७ मा बलात्कार मुद्दामा अधिकारीलाई पक्राउ गरी थुनामा राखिएको थियो।ति महिलाले पछि बयान फेरेकी थिइन्। ‘मलाई बलात्कार भएको होइन, म घर फर्कन लाग्दा सर कोठामा नहुनु भएको र ढोका खोल्न लाग्दा उल्टो लक भएकोले नखुलेर मैले आत्तिएर प्रहरी कन्ट्रोलमा फोन गरी चाँडो निस्कन उक्त आरोप लगाएको’ भन्ने बयान दिएकी थिइन्।

तैपनि बलात्कार अभियोगको अनुसन्धानका क्रममा डीएनए परीक्षणका लागि अस्पताल लगिएको ‘पोखरा–१३०’ नामकी महिलाको पिंक रङ्गको पेन्टी पछि नभेटिनुलाई पनि अदालतले फैसलामा एउटा प्रमाण रहेको उल्लेख गरेको छ।जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले मुद्दाको फैसलामा बलात्कारका विषयमा पनि व्याख्या गरेका छन्। ‘एसएसपी मुद्दामा सहमतिको सम्बन्ध देखियो। सहमतिको सम्बन्ध र बलात्कार फरक कुरा हुन्’, फैसलामा उल्लेख छ।

फैसलामा अभियोजन पक्षले सरकारी साक्षीका रूपमा प्रस्तुत गरेका घटनास्थल, मुचुल्कामा सही गर्ने ब्यक्तिहरूले अदालतमा आइ बकपत्र गर्दा वारदात सम्बन्धमा आफूहरूलाई थाहा नभएको बताएको, घटनास्थलबाट कुनै होहल्ला या आवाज नआएकोलगायतका तथ्यहरू उल्लेख गरी बलात्कार नभएको ठहर गरिएको छ।तर ति महिलाले सुरुआतमा भने फरक बयान दिएकी थिइन्।

‘मसँग एसएसपीको पूर्व चिनजान भइ मलाई साली भनेर बोलाउनुहुन्थ्यो । मेरो पोखरा आउने काम परेकोले फोन गर्दा म पनि सरुवा भएर जाँदैछु, मेरो निवासमा आउ, सँगै खाना खाउँला भन्नुभएकोले चितवनबाट स्कुटीमा उहाँको निवास लामापाटन गएकी हुँ’, महिलाले सुरुआती बयानमा भनेकी थिइन्,‘त्यतिबेला उहाँले रक्सी खाएजस्तो लागेको थियो। हामी दुई जनाले सँगै खाना खाएपछि उहाँले आफ्नो सुत्ने कोठा तथा बिस्तरा देखाउने बहानामा जबर्जस्ती बिस्तारामा तानी बलात्कार गर्नुभयो र रुमालले बिर्य पुछी मलाई बाथरुममा पठाउनुभयो। मैले बाथरुममा भएको स्प्रे धाराको पानीले गोप्य अङ्ग धोएकी हुँ।’अदालतमा एसएसपी अधिकारीले पनि बयान दिएका थिए।

उनले भनेका थिए–
मैले उनलाई फोनमार्फत चिनेर फोन, भाइबर, म्यासेन्जर समेतबाट अडियो, भिडीयो कलमार्फत बोल्ने, जिस्कने गर्दथ्यौँ । यसै क्रममा मायाप्रेम बसी माया प्रेमका शब्दहरूको आदान प्रदान पनि हुने गरेको थियो । उनले हजुर पोखरा भएकै बेला भेट्न आउँछु भनेकोले मैले हुन्छ भने । उनी पोखरा आइपुग्दा म निवासमा थिइनँ, उनैले फोनमा भान्जी भेट्न आएकी छन् भनेर गेटमा भनिदिनु भनिन् र मैले गेटमा भान्जी नभनी मेरो गेष्ट आएकी छन्, भित्र राख्नु भनेँ। उनी मेरो निवासमा आइपुग्दा बिहानको सवा ९ बजेको थियो। म निवासमा पुगेर बैठकमा हामी दुई एकछिन बसेपछि उनले बिस्तरामा आराम गर्ने भनी मेरो कोठामा गइन्। केही छिनपछि मलाई भित्र बोलाएर उनी नै मलाई छुन, लडीबुडी गर्न आएकी हुन्। मेरो ओठ, मुख र गालामा किस खान खोजेपछि मैले सरकारी कार्यालय हो यस्तो नगरौँ भनेको थिएँ।’

पछि उनले तपाईंको बेइज्जत गराइदिन्छु, तपाईंका आइजीपी शैलेन्द्र खनाल र रेणु दिदी भरतपुरकी मेयर सँग मेरो राम्रो सम्बन्ध छ, उनीहरूलाई तपाईंले मलाई बलात्कार गर्नुभो भनिदिन्छु भन्न थालिन्। तिमीलाई चाहिएको कुरा भन, तर मेरो बेइज्जत नगर भनेपछि उनले १० लाख रूपैयाँ मागिन्।
पैसा नभएकाले म तनावमा परेँ र, एकछिन बस्दै गर म पैसा खोज्न जान्छु भनेर निस्किएँ। धेरै तनाव भएकोले मैले निवासमै बोतलमा भएको रक्सी खाएँ। बाहिर निस्किएर सप्रनाउ मोहन न्यौपानेलाई म फसेँ, मकहाँ आएकी केटीले १० लाख मागीरहेकी छे, दिइन भने बेइज्जत गर्छु भन्छे, पैसा छैन के गरुँ भनेँ। डीएसपीसँग पनि कुरा गरेँ। उनीहरू दुवैले यो केस अब हजुर आफैंले सल्ट्याउनु पर्छ भने। म निवाससँगैको झाडीमा बसेर अब के गरौँ भनेर सोचिरहेको थिएँ, प्रहरी आएर मलाई पक्रिए।

२६ चैत ०७७ मा नै एसएसपीले सफाई पाए पनि भर्खरै कारागारमुक्त भएका छन्। पक्राउ गरी थुनामा राख्दा एसएसपी अधिकारीले आत्महत्या गर्छु भनेपछि कडा निगरानीमा राखिएको थियो।फैसलामा ति महिलाको विषयमा भने अदालत मौन रहेको छ।
अनलाईन मार्ग डटकममा प्रकाशित समाचार कपी गरेको पाईएमा कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुने सूचित गरिन्छ ।

प्रतिक्रिया