आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तालिबान शासनको भयानक सङ्केत- हजारा पुरुषहरूको ‘या’तना दिएर आमह’त्या’ गर्यो

प्रकाशित
1K
SHARES

एजेन्सी। तालिबानले हालै अफगानिस्तानको अल्पसङ्ख्यक हजारा समुदायका पुरुषहरूको “‘आमह’त्या” गर्नुका साथै कतिपयलाई “क्रूरतापूर्वक यातना दिएको” एक अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेष्टी इन्टरन्याशनलले जनाएको छ।

अफगानिस्तानको गजनी प्रान्तमा जुलाई महिनाको आरम्भमा धेरै मानिसहरूको ज्यान लिइएका ती घटनाका प्रत्यक्षदर्शीहरूले त्यसका हृदय विदारक विवरणहरू दिएका छन्।

आइतवार अफगान राजधानी काबुलमाथि कब्जा जमाएपछि तालिबानले आफूहरूको केही नरम छवि प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्। तर एम्नेष्टीका अनुसार उक्त हिं’सा’त्मक घटना तालिबान शासनको “भयानक सङ्केत” हो। हजारा समुदाय अफगानिस्तानको तेस्रो ठूलो जनजाति समूह हो।

तालिबानद्वारा नियन्त्रणपछि अफगानिस्तानको पछिल्लो अवस्था कस्तो छ?
तिनीहरू सामान्यतया शिया इस्लाम मान्ने गर्दछन् र सो समुदायले बहुसङख्यकले सुन्नी इस्लाम मान्ने अफगानिस्तान र पाकिस्तानमा लामो समयदेखि दमन र अत्याचारपूर्ण व्यवहार सहँदै आएका छन्।

विहिवार सावर्वजनिक गरिएको एम्नेष्टीको प्रतिवेदनमा भनिएको देशको पूर्वी गजनी प्रान्तको मालिस्तान इलाकामा जुलाईको ४ र ६ तारिखका बीच नौजना हजारा पुरुषहरूलाई मारिएको थियो।

उक्त मानवअधिकारवादी समूहले विभिन्न प्रत्यक्षदर्शीहरूसँगको कुराकानी र उक्त घटनापछि प्रमाणको रूपमा प्राप्त फोटोग्राफहरूको आधारमा उक्त प्रतिवेदन तयार पारेको बताएको छ।

लडाइँ
स्थानीय गाउँलेहरूले सरकारी सेना र तालिबान लडाकुहरूबीच लडाइँ चर्किएपछि आफूहरू पहाडतर्फ भागेर गएको बताएका थिए। तर तीमध्ये केही खानेकुरा लिनको लागि मुन्डराख्त गाउँमा फर्किँदा तालिबानले तिनीहरूलाई पर्खेर बसेको र घरहरूमा लुटपाट गरेको बताएका छन्। मुन्डराख्त भएर आफ्नो गाउँ फर्कन लागेकाहरूलाई पनि आक्रमण गरिएको बताइएको छ।

विवरणहरूका अनुसार ६ जनालाई गो’ली हा’नी मा’रिएको थियो। ती मध्ये धेरैलाई टाउकोमा गो’ली हा’निएको थियो। र अन्य तीन जनालाई यातना दिएर मारिएको थियो। एक जना प्रत्यक्षदर्शीले तालिबान लडाकुहरूलाई तिमीहरूले किन यस्तो क्रूरता देखाएको भनेर प्रश्न गरेको बताएका छन्।

‘अफगानिस्तान निकै ठूलो र गम्भीर मानवीय सङ्कटमा’
को हुन् तालिबान लडाकु, कसरी भयो उदय जबाफमा “द्वन्द्वको बेला जो पनि मर्न सक्छ। बन्दुक बोक्ने पनि नबोक्ने पनि। यो लडाइँ हो,” भनेर एक जना लडाकुले भनेको बताइएको छ।

सङ्केत
एम्नेष्टीका महासचिव एग्निस कालामार्डले भनिन्, ” जुन क्रूरताका साथ मानिसहरूको ज्यान लिने घटना भएको छ त्यसले तालिबानको विगतको व्यवहारको सम्झना गराएको छ र त्यो अब भविष्यमा तालिबानको शासनमा के हुनेवाला छ भन्ने कुराको पनि भयानक सङ्केत हो। ”

एम्नेष्टीका अनुसार तालिबानको नियन्त्रणमा रहेका कतिपय क्षेत्रमा मोबाइल फोन सेवा काटिएको छ। त्यसका कारण पनि त्यहाँ भएको उक्त घटनाका बारे जानकारी हालसम्म बाहिर आउन सकेको थिएन। एम्नेष्टीले यस्ता घटनाका बारे छानबिन गर्न र जोखिममा रहेकाहरूको रक्षा गर्न संयुक्त राष्ट्र सङ्घलाई आह्वान गरेको छ।

काबुलमा एयरपोर्टतर्फ जाँदै गरेका जर्मन नागरिकमाथि गोली प्रहार

काठमाडौं ।अफगानिस्तानमा काबुल एइरपोर्टमा जाँदै गरेका एक नागरिकलाई प्रहार भएको छ । काबुलमा एयरपोर्ट बाहिर मानिसहरुलाई निकै खतरा रहेको बताइएको छ । जर्मनीको सरकारका प्रवक्ताले यो जानकारी दिँदै आफ्ना नागरिकहरुलाई छिटोभन्दा छिटो अफगानिस्तानबाट बाहिर निकालिने बताएका छन् ।

उनले भने, ‘उनको उपचार भइरहेको छ र उनको ज्यानमाथि कुनै खतरा छैन ।’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अझै पनि काबुलको एयरपोर्ट अझै पनि अस्तव्यस्त देखिएको छ । अहिले अफगानिस्तानका मानिस कुनै पनि अवस्थामा त्यहाँबाट निस्किने प्रयासमा छन् ।

जर्मनीको समाचार एजेन्सी डीपीएका अनुसार जर्मन दूतावासले एयरपोर्ट जाने मानिसलाई चेतावनी जारी गर्दै एयरपोर्टको प्रवेशद्वारमा आक्रमण हुन सक्ने भन्दै सर्तक रहन आग्रह गरेको छ । जर्मनीको सेनाले अफगानिस्तानबाट आफ्ना नागरिकलाई बाहिर ल्याउन हेलिकोप्टर पठाउने विषयमा विचार गरिरहेको बताएको छ ।

सोमबार काबुल एयरपोर्ट अस्तव्यस्त बनेसँगै स्थिति नियन्त्रणमा लिन अमेरिकी सेनाले गोली चलाएको थियो । यो क्रममा केहीको मृत्यु भएको थियो ।

एजेन्सीहरुको सहयोगमा

 

 

प्रतिक्रिया