आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीलाई तेस्रो पक्षका नेताको पाँच दिने अल्टिमेटम: १० बुँदे सहमति कार्यान्वयन नगरे नेपालतिर जाने चेतावनी

प्रकाशित
836
SHARES

एजेन्सी। नेकपा एमाले विभाजनमा तटस्थ देखिएका एमालेका तेस्रो पक्षका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयनका लागि चेतावनी दिएका छन् । उनीहरुले पार्टी एकताका लागि कार्यदलले गरेको सहमति पाँच दिनमा कार्यान्वयन नगरे ओलीसँगको एकता प्रक्रिया तोडेर माधव नेपाल समूहमा जाने चेतावनी दिएका हुन् ।

महाराजगन्जमा अहिले तेस्रो पक्षका स्थायी कमिटीका सदस्यहरुको छलफल जारी छ । उनीहरुले छलफलमा माधव नेपालसहित १४ सांसदलाई गरिएको कारबाही फिर्ता लिनुपर्ने दवाव दिएका छन् । साथै गत फागुन २८ गतेपछि भएका सबै निर्णहरु खारेज भए आफूहरुले पनि माधव नेपाललाई नयाँ दल दर्ताबाट पछि हट्न दवाव दिने र पार्टी एकताका लागि काम गर्ने बताएका छन् ।

यदि पाँच दिनभित्र कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन र फागुन २८ पछिका निर्णहरु खारेज गरी एकताको वातावरण नबनाए आफूहरुले पनि विद्रोह गर्ने चेतावनी दिएका छन् । स्थायी कमिटी सदस्य भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरासहित २ दर्जन केन्द्रीय सदस्यको बैठक बसिरहेको छ ।

यसै गरि : माधव नेपाललाई साथ नदिने भीम रावलसहित ९ एमाले नेतालाई बाबुरामको कडा प्रश्न

 

लामो समयदेखि माधवकुमार नेपाललाई साथ दिइरहेका नेकपा एमालेका जल्दाबल्दा केही नेताले अहिले उनले नयाँ पार्टी गठन गर्दा साथ नदिएपछि विभिन्न टिप्पणी भइरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखिको विवाद विसर्जन गर्दै वरिष्ठ नेता नेपालले बुधबार पार्टी विभाजन हुनेगरी नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

तर यस क्रममा वर्षाैंदेखि उनको समूहमा रहेका नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्त उनको पार्टीमा सहभागी भएका छैनन् ।

बरु बिहीबार संयुक्त विज्ञप्ति जारी उनीहरूले ओलीलाई माधव नेपालसहित १४ सांसदलाई गरिएको कारबाही फिर्ता लिन र नेता नेपाललाई नयाँ पार्टी दर्ताबाट पछि हट्न सुझाव दिएका छन् ।यसै सन्दर्भमा पूर्व कम्युनिस्ट नेता समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले उनीहरूलाई कडा प्रश्न गरेका हुन् ।

‘एमालेका यी घागडान कणहरूसँग जिज्ञासा( संसारका कम्युनिस्ट पार्टीहरूमाधव नेपाललाई साथ नदिने भीम रावलसहित ९ एमाले नेतालाई बाबुरामको कडा प्रश्नकी हजुरआमा सोभियत कम्युनिस्ट पार्टीको पतन र विसर्जन पार्टी टुटफुट भएर भएको हो कि सिङ्गै पार्टी फतक्कै कुहिएर गर्ल्याम गुर्लुम भएको हो,’ पूर्व प्रधानमन्त्री डा. भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सोधेका छन्, ‘अनि पूर्वी युरोपलगायतका क. पा (कम्युनिस्ट पार्टी) हरू फुटेर हो कि सिङ्गै ढलेका हुन् ? टाउकाको ओखती नाइटामा !’ डा. भट्टराईको दल जसपा वर्तमान गठबन्धन सरकारमा आबद्ध छ।

यो पनि : नेकपा एमालेका सांसदहरु सभामुख अग्नि सापकोटा कार्यालयमा नआएपछि सभामुखको च्याम्बरमा जारी धर्ना स्थगित गरेर बाहिरिएका छन् । सिंहदरबारस्थित सभामुखको कार्यालयमा धर्ना दिनका लागि एमाले सांसद गोकुल बाँस्कोटा, शान्ता चौधरी, धनमाया थापा, लालबाबु पण्डितलगायतका एक दर्जन सांसद पुगेका थिए । तर डेढ घण्टा बढी कुर्दा पनि सभामुख नआएपछि उनीहरु धर्ना छाडेर बाहिरिएका हुन् ।

यसअघि बिहीबार पनि पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न दवाव दिँदै एमाले सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका थिए । तर सो क्रममा एमाले सांसदहरुले सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाएपछि चर्काचर्की नै भएको थियो ।
एमाले सांसद शान्ता चौधरीले बिहीबार सभामुखले एमालेले कारबाही गरेको सांसदलाई पदमुक्त गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको आरोप लगाइन् । उनले आज भने सभामुखले आफूहरुसँग फेस गर्न नचाहेको आरोप लगाइन् ।

‘कसैलाई २४ घण्टामा कारबाही गर्ने, कसैलाई १२ घण्टामै पदमुक्त गरिदिने अनि नेकपा (एमाले)ले कारबाही गर्दाचाहिँ कानुनअनुसार कुर्नुपर्ने ?’, एमाले सांसद सूर्य पाठकले भने, ‘हामीले अरूलाई हतारमा कारबाही गर्ने आधार के हो ? नेकपा (एमाले)ले गरेका कारबाही सूचना दिने विषयको आधार के हो र समयमा भएन भनेर सोध्न गएका थियौँ, तर सभामुख अग्निप्रसाद सापकोटाले आफू आउन नसक्ने जानकारी गराए । त्यसपछि हामी त्यहाँबाट फर्किएका छौं ।’

उनले हिजोको भेटमा नै आफूहरूले भोलि (शुक्रबार) १० बजे आउँछौं भनेको भए पनि सभामुखले सांसदहरूलाई छल्ने प्रयास थालेको बताए । ‘हामीले हिजो नै हामी १० बजे आउँछाैं भनेका थियौँ, तर आज उहाँले अहिले आउन सक्दिनँ भनेर जानकारी गराउनु भयो’, पाठकले भने, ‘सभामुख सधैं कार्यकक्षमै नआउने अवस्था त कसरी बन्ला र ? हामी उहाँलाई भेट्छौं र दोहोरो चरित्रले कसरी सभामुख पदको सम्मान रहन्छ भनेर सोध्छौं ।’

सभामुखलाई कानुनानुसार १५ दिन
कुनै पनि दलले गरेको कारबाही सिफारिस कार्यान्वयन गर्न कानुनले सभामुखलाई १५ दिनको समय दिएको छ । नेकपा (एमाले) ले माधव नेपालसहितका १४ सांसदलाई कारबाही गरेको सूचना गएको मंगलबार संसद् सचिवालयमा दर्ता गरेको हो ।
त्यो कारबाही कार्यान्वयनमा किन हतारो गर्दै हुनुहुन्छ ? भन्ने प्रश्नमा पाठकले आफूहरूले हतारो नगरेर सभामुखको कार्यशैलीमा प्रश्न मात्र उठाउन खोजेको बताए ।

‘उहाँले माओवादीले कारबाही गर्दा एउटा मापदण्ड लागु गर्नुभएको छ, सरिता गिरीलाई कारबाही गर्दा अर्को मापदण्ड लागु गर्नु भएको छ’, पाठकले भने, ‘फेरि, एमालेले कारबाही गर्दा अर्कै मापदण्ड लागु गर्न खोजेको हो ? कि निर्वाचन आयोगको निर्णयपछि कारबाही उल्ट्याउन खोज्नु भएको हो ? यही प्रश्न हामी उहाँसँग सोध्न चाहन्छौं ।’

 

 

प्रतिक्रिया