आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज थप ३,०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

प्रकाशित
528
SHARES

काठमाडौँ।  पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने २ हजार १२६ जना निको भएका छन्। बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ भने ६ लाख९१ हजार २२९ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५सयजना रहेका छन्। जसमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८३ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत।

यसै गरि : चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौँ आइपुग्यो

चीनबाट आठ लाख मात्रा भेरोसेल खोप आइपुगेको छ। नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत गएराति आठ लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार १६ लाख मात्रा खरिद गरिएको खोपमध्ये आठ लाख मात्रा पहिलो चरणमा आइपुगेको हो। उनले आज साँझ थप आठ लाख मात्रा खोप चीनबाट नेपाल आउने बताए।

यस्तै अगामी शनिबार पनि जापानबाट अनुदानमा छ लाख मात्रा एस्ट्राजेनिका खोप आउने उनले जानकारी दिए। प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा एक करोड १६ लाख खोप प्राप्त भइसकेको छ। सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ। अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० पूर्ण मात्राको खोप लगाइसकेका छन्।

यसै  गरि :  बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन्। निवर्तमान मुख्यमन्त्री पौडेलले राजीनामा दिएपछि एमाले उपाध्यक्षसमेत रहेका नेतृ शाक्य नयाँ मुख्यमन्त्री चयन भएकी हुन् । प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका पौडेलले राजीनामा दिएर शाक्य आजै नयाँ संसदीय दलको नेता चुनिएकी हुन्।

एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन्। उनी ओलीको कट्टर आलोचकसमेत थिइन्। तर अध्यक्ष ओलीले सरकार जोगाउने शर्तमा शाक्यलाई मुख्यमन्त्री बनाएका हुन्। अहिले बागमती प्रदेशमा एमालेको एकल बहुमतको सरकार छ। त्यहाँ माधव नेपाल समूहले पनि सरकारलाई समर्थन गरिरहेको छ। उनीहरुले समर्थन नगरेको अवस्थामा सरकार सरकार ढल्न सक्छ।

अहिले एमाले अध्यक्ष ओली बागमतीव र एक नम्बर प्रदेश सरकार जसरी पनि जोगाउने पक्षमा छन्। त्यसका लागि मुख्यमन्त्री माधव नेपाल समूहका नेतालाई दिन उनी तयार भएका हुन्। पहिलो बागमती र त्यसपछि एक नम्बर प्रदेशको मख्यमन्त्री परिवर्तन गर्ने ओलीको रणनीति छ। माधव नेपाल समूहका नेतालाई मुख्यमन्त्री दिएर भएपनि प्रदेश १ को मुख्यमन्त्री जोगाउन उनले नेताहरुसँग कुरा गरिरहेका छन्।

 

प्रतिक्रिया