आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तालिबानको यस्तो कडा निर्देशनले अफगानिस्तानमा रुवाबासी सुरु, गम्भीर संकट निम्तिने संकेत

प्रकाशित
510
SHARES

एजेन्सी। अफगानिस्तानमा फेरि तालिबान शासन फर्किएको छ । आइतबार तालिबानले राजधानी काबुलमा नियन्त्रण गरेका छन् । यससँगै राष्ट्रपति अशरफ गनी र कूटनीतिज्ञहरुले देश छाडेका छन् । काबुल र राष्ट्रपति भवनमा नियन्त्रण गरेपछि तालिबानी प्रवक्ताले युद्ध समाप्त भएको घोषणा गरेका छन् । तालिबानले सरकारी कर्मचारीहरुलाई चेतावनी दिँदै २० वर्ष पहिले जस्ता थिए त्यस्तै बन्न भनेको छ ।

अफगानिस्तानमा तालिबान फर्किएसँगै सरकारी कर्मचारीको कठिनाइ बढेको छ । यद्यपि तालिबानले कर्मचारीहरुलाई नयाँ सुरुवात गर्न भनेको छ । तालिबानले सरकारी कर्मचारीलाई २० वर्ष पहिले तालिबान शासनमा जसरी काम गर्ने अब त्यही बाटोमा फर्किन भनेको छ । तालिबानले कर्मचारीलाई नयाँ सुरुवात गर्न र भ्रष्टाचार, घोटाला, अल्छीपनासँग सावधान रहन भनेको छ ।

तालिबानका राजनैतिक प्रवक्ता मोहम्मद नइमले अल जजीरा टेलिभिजनसँग भने ‘अफगानिस्तानका जनता र मुजाहिदीनहरुको लागि आजको दिन निकै ठूलो दिन हो । २० वर्षको बलिदान र उनीहरुको मेहनतको फल आज प्राप्त भयो । अल्लाहलाई धन्यवाद छ । देशमा युद्ध समाप्त भयो ।’

नइमले अफगानिस्तानको नयाँ सरकार कस्तो हुन्छ भन्ने छिटै प्रस्ट पारिने बताएका छन् । उनले भने ‘अफगानिस्तान अलग थलग रहन चाहँदैन र शान्तिपूर्ण तरिकाले अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन आह्वान गर्छ । हामी हाम्रो देशको, हाम्रा जनताको स्वतन्त्रता चाहन्थ्यौं र हामी त्यहाँसम्म पुगेका छौं । हामी कसैलाई पनि अरु कसैलाई निशाना बनाउनको लागि हाम्रो जमिन प्रयोग गर्न दिने छैनौं ।’

मुल्ला बरादर र अखुंदजादामध्ये कसले सम्हाल्छन् तालिबानी सत्ता ? के हो उनीहरुको हैसियत ?

लिबानले अफगानिस्तानमा कब्जा गरेको छ । अफगानी राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरुल्लाह सालेहले देश छाडेका छन् । यस्तोमा अब सत्ताको नेतृत्व कुन तालिबानी नेताले गर्छन् भन्ने प्रश्न उठेको छ । यो प्रश्नको जवाफमा २ नामको सबैभन्दा बढी चर्चा छ । ती नाम हुन् मुल्ला अब्दुल गनी बरादर (माथि तस्वीरमा दायाँतर्फका) र हिब्लुल्लाह अखुंदजादा । यी दुई नेता को हुन् र तालिबान संगठनभित्र उनीहरुको हैसियत के हो ?

मुल्ला अब्दुल गनी बरादर

मुल्ला अब्दुल गनी बरादर ती ४ जनामध्ये एक हुन् जसले १९९४ मा तालिबान संगठनको गठन गरेका थिए । सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा भएको आक्रमणमा तालिबानलाई सत्ताबाट हटाइएको थियो । त्यतिबेला उनी नाटो सैन्य बलविरुद्ध विद्रोहका प्रमुख बनेका थिए । पछि फेब्रुअरी २०१० मा अमेरिका र पाकिस्तानको एक संयुत्तः सैन्य अभियानमा उनलाई पाकिस्तानको कराची सहरबाट गिरफ्तार गरिएको थियो ।

साल २०१२ सम्म मुल्ला अब्दुल गनी बरादरको बारेमा धेरै जानकारी थिएन । त्यो समयमा अफगानिस्तान सरकार शान्ति वार्तालाई बढावा दिन जुन बन्दीहरुलाई रिहा गर्न माग गर्थ्यो उनीहरुको सूचीमा बरादरको नाम प्रमुख हुन्थ्यो । सेप्टेम्बर २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गरेको थियो । तर यो स्पष्ट हुन सकेको थिएन कि उनी पाकिस्तानमै बसे वा बाहिर गए ।

मुल्ला बरादर तालिबानका नेता मुल्ला मोहम्मद उमरका सबैभन्दा विश्वासिला सिपाही र डेप्युटी थिए । जब उनलाई गिरफ्तार गरियो त्यतिबेला उनी तालिबानका दोस्रो सबेभन्दा ठूला नेता थिए । अफगानिस्तान प्रशासनका बरिष्ठ अधिकारीहरुलाई सधैं यो लाग्थ्यो कि बरादरको कदका नेताले तालिबानलाई शान्ति वार्ताको लागि मनाउन सक्छन् ।

०१८ मा कतारमा अमेरिकासँग वार्ता गर्नको लागि तालिबानको कार्यालय खुल्दा उनलाई तालिबानको राजनीतिक दलको प्रमुख बनाइयो । मुल्ला बरादर सधैं अमेरिकासँग वार्ताको समर्थन गर्थे । १९९४ मा तालिबानको गठनपछि उनले एक कमाण्डर र रणनीतिकारको भूमिका सम्हालेका थिए । मुल्ला उमर जीवित रहँदै उनी तालिबानको लागि आर्थिक स्रोत जुटाउने र दैनिक गतिविधिका प्रमुख थिए ।

उनी अफगानिस्तानका सबै युद्धमा तालिबानको तर्फबाट अहम भूमिका निभाइरहे र खासगरी हेरात र काबुल क्षेत्रमा सक्रिय थिए । जब तालिबानलाई सत्ताबाट हटाइएको थियो त्यतिबेला उनी तालिबानका डेप्युटी रक्षा मन्त्री थिए । उनको गिरफ्तारीको समयमा अफगानिस्तानका एक अधिकारीले बीबीसीसँग भनेका थिए ‘उनकी पत्नी मुल्ला उमरकी बहिनी हुन् । तालिबानको सारा पैसाको हिसाब उनी नै राख्छन् । उनी अफगान बलविरुद्ध सबैभन्दा खतरनाक आक्रमणको नेतृत्व गर्थे ।

तालिबानका अन्य नेताहरुजस्तै मुल्ला बरादरमाथि पनि संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको थियो । उनलाई यात्रा गर्न र हतियार खरिद गर्न प्रतिबन्ध थियो । २०१० मा गिरफ्तार हुनुभन्दा पहिले उनले निकै सीमित सार्वजनिक बयान दिएका थिए । २००९ मा उनले इमेलमार्फत न्युजवीक पत्रिकालाई जवाफ दिएका थिए । अफगानिस्तानमा अमेरिकाको बढ्दो सक्रियताप्रति इंगित गर्दै उनले तालिबान अमेरिकालाई भारीभन्दा भारी नोक्सान पुर्याउन चाहेको भनेका थिए ।

उनले जबसम्म हाम्रो जमिनबाट दुश्मनको अन्त्य हुँदैन तबसम्म हाम्रो जिहाद चलिरहन्छ भनेका थिए । इन्टरपोलका अनुसार मुल्ला बरादरको जन्म उरुजगान प्रान्तको देहरावुड जिल्लाको वीटमाक गाउँमा १९६८ मा भएको थियो । उनको सम्बन्ध दुर्रानी कबिलासँग भएको मानिन्छ । अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाइ पनि दुर्रानी हुन् ।

हिब्तुल्लाह अखुंदजादा

हिब्तुल्ला अखुंदजादा अफगान तालिबानका प्रमुख नेता हुन् जो इस्लाम धर्मका विद्वान हुन् र कान्दाहारका हुन् । उनले नै तालिबानको दिशा परिवर्तन गरेर अहिलेको अवस्थामा पुर्याएको मानिन्छ । तालिबानको गढ रहेको कान्दाहारसँग उनको सम्बन्धले उनलाई तालिबानको बीचमा पकड बनाउन सहयोग गर्यो । १९८० को दशकमा उनले सोभियत संघविरुद्ध अफगानिस्तानी विद्रोहका कमाण्डरको भूमिका निभाएका थिए । तर, उनको पहिचान सैन्य कमाण्डर भन्दा धार्मिक विद्वानको रुपमा बढी छ ।

उनी अफगान तालिबानको प्रमुख बन्नुभन्दा पहिले पनि तालिबानका शीर्ष नेताहरुमध्ये एक थिए र धर्मसँग सम्बन्धित तालिबानका आदेश उनले नै दिन्थे । उनले दोषी ठहरिएका हत्या र अवैध यौन सम्बन्ध राख्नेहरुको हत्या र चोरी गर्नेहरुको हात काट्ने आदेश दिएका थिए । हिब्तुल्लाह तालिबानका पूर्वप्रमुख अख्तर मोहम्मद मंसुरका डेप्युटी पनि थिए । मंसुरको मे २०१६ मा अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएको थियो । मंसुरले आफ्नो इच्छापत्रमा हिब्तुल्लाहलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए ।

पाकिस्तानको क्वेटामा हिब्तुल्लाहको भेटघाट जुन तालिबानी शीर्ष नेताहरुसँग भयो उनीहरुले नै उनलाई तालिबानको प्रमुख बनाएको मानिन्छ । समाचार एजेन्सी एएफपीका अनुसार इच्छापत्र पनि उनको नियुक्तिलाई वैधता दिनको लागि थियो । यद्यपि तालिबानले उनको चयनलाई सर्वसम्मतिबाट भएको निर्णय भनेको थियो । करिब ६० वर्षका मुल्ला हिब्तुल्लाहले आफ्नो धेरैजसो जीवन अफगानिस्तानमा नै बिताएका छन् । उनको क्वेटामा तालिबानका शुरासँग पनि नजिकको सम्बन्ध छ । हिब्तुल्लाहको नामको अर्थ ‘अल्लाहको तर्फबाट प्राप्त उपहार’ हो । उनी नूरजाइ कबीलासँग सम्बन्धित छन् ।

प्रतिक्रिया