आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नयाँ दल दर्ता गर्दै माधव नेपाल, यस्तो छ अन्तिम तयारी, को-को जादैछन ओलीलाई छोडेर ?

प्रकाशित
892
SHARES
sf7df8f}F, ^ k';M ;d;fdlos ljifodf wf/0ff /fVb} jl/i7 g]tf g]kfn d'n'ssf] ljsl;t kl5Nnf] /fhgLlts 36gf qmdaf/] ;~rf/sdL{;fd' cfˆgf] wf/0ff /fVb} k"j{k|wfgdGqL dfwjs'df/ g]kfn . tl:a/M /f]zg ;fksf]6f ÷/f;;

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको छ। नेता नेपालले एकदुई दिनमै नयाँ दल दर्ताको तयारी गरेका छन्।

नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको स्रोतले जनाएको छ। ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन। नयाँ दल दर्ताको तयारी छ। नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन’, नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘विधान, राजनीतिक प्रतिवेदन सबै तयारी अवस्थामा छ।’

ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ। पार्टी विभाजन रोक्न मंगलबार साँझ ३० जना केन्द्रीय सदस्यले आन्तरिक छलफल गरे। नेता नेपाल पनि ओली एकताका लागि तयार भए दल विभाजन गर्ने पक्षमा छैनन्। तर ओलीले पेलेर जाने संकेत गरेपछि उनी नयाँ दल दर्ताको तयारीमा लागेका हुन्। ‘ओलीले अन्याय गर्दैनन्, सबै साथीलाई न्यायपूर्ण भावनाले हेर्छन् भने पार्टी विभाजन हुँदैन तर त्यसको ग्यारेन्टी उनले दिन सक्दैनन्’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।

नेपाल पक्षका केन्द्रीय सदस्यहरू टंक कार्की, अरूण नेपाल, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, रविन कोइराला, भानुभक्त जोशी, ममता गिरी, जीवन घिमिरे, निरज आचार्य, माधव अर्याल, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, पवित्रा निरौला खरेल, राजबहादुर बुढा, जयबहादुर राई, चन्द्रबहादुर शाही, नारायण खतिवडालगायत नेताहरूले पार्टीलाई विभाजन हुनबाट रोक्न पहल गरिरहेका छन्। ‘पार्टी विभाजन गर्नहुन्न भन्ने हाम्रो मत रहेको छ तर यो खतरा झन् बढ्दै गएको छ’, छलफलमा सहभागी केन्द्रीय सदस्य सुनुवारले भने।

उनीहरू राति अबेरसम्म छलफलमा जुटेका थिए। त्यस्तै, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अमृत बोहोरा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, भीम आचार्य, हरि राई, प्रतापलाल श्रेष्ठ, गरिमा शाह, सोमप्रसाद पाण्डे, झपट रावल पनि पार्टी विभाजन गर्नहुन्न भन्ने पक्षमा छन्। उनीहरू पार्टी विभाजन भए ओलीतिर बस्ने कि नेपालतिर लाग्ने भन्ने दोधारमा छन्। सरकारले राजनीतिक दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश सिफारिस गरेको भन्दै बिष्ट, भट्टराई र भट्टले विरोध गरेका छन्।

ओलीले पार्टी एकताको ढोका बन्द गरे नयाँ दल बनाउनुपर्छ भन्नेमा झलनाथ खनाल, वामदेव गौतम, मुकुन्द न्यौपाने, वेदुराम भुसाल, रघुजी पन्त, जगन्नाथ खतिवडा, विरोध खतिवडा, श्रीमाया थकाली, रामकुमारी झाँक्री, प्रकाश ज्वाला, पर्शुराम मेघी गुरुङ, राजेन्द्र पाण्डे, विजय पौडेल, जयन्ती राई, रामप्रित पासवानलगायतको पंक्ति छ।

वरिष्ठ नेता नेपालले मंगलबार दिउँसो अध्यक्ष ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताएका थिए। आफ्नो समूहसम्बद्ध जनवर्गीय संगठनहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफूहरूले एकताका लागि अन्तिमसम्म पहल गरेको भए पनि ओली सच्चिने सम्भावना नभएकाले नयाँ दल बनाउनुको विकल्प नभएको बताए। पार्टी उपमहासचिव घनश्याम भुसालले एकताका लागि अन्तिम पहल गर्ने भनेको र त्यसमा आफूले सहमति दिएको नेपालले बताए। यो समाचार नागरिक दैनिकमा छ ।

नेकपा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएको कारण अब अर्को पार्टी दर्ता गर्ने संकेत गरेका छन् ।

उनले अध्यक्ष केपी शर्मा ओली एकलौटी रुपमा अगाडि बढेका कारण अहिलेको अवस्था आएको उनले बताए । जनताको पीडा र भावनामा ओली एकाकार बन्न नसक्दा यो अवस्था आएको उनले बताए ।

उनले भने, ‘ओलीले पार्टीभित्रएको एउटा पक्षलाई सखाप पार्न खोज्नुभयो। पार्टीमा जीवन समर्पण गरेकाहरुलाई अन्याय भोग्नुपर्ने अवस्थामा पुर्‍याउँदा विद्रोह गर्न पुग्यौँ ।’

उनले एकताका प्रयास अघि बढेपनि अघि सारिएका कुराहरु ‘नाटक’मा मात्र परिणत भएको बताए । कुनै पनि सहमतिहरु पालना नगरिएको उनले बताए ।

अहिले १४ जना नेतालाई कारबाही गरिएको भर्खर सूचना पाएको भन्दै उनले ओलीले ‘माधव नेपालका लागि ढोका बन्द भैसक्यो’ भन्दै विभिन्न आरोपहरु लगाएको बताए ।

‘उहाँ पार्टी विभाजनका लागि उद्दत हुनुभएको छ । अब पार्टीलाई पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेका छौँ’, उनले भने ।

उनले अब क्रान्तिकारी पार्टीमा रुपान्तरण गरिने बताए । उनले भने, ‘आन्दोलनको झण्डा बुलन्द गरिनेछ । नेपाली जनताको प्यारो शक्तिका रुपमा बनाइने छ ।’

उनले भने, ‘अरु पार्टीसँग एकताको सम्भावना छैन, सहकार्य हुनसक्छ । कारबाहीबाट हामी विचलित हुने छैनौँ ।’

केपी ओलीले आत्मालोचना गरेर, गल्ति स्वीकारेर आए एकताका लागि कहिल्यै पनि ढोका बन्द नहुने बताए । अब हुने एकता ‘सही विचारमा आधारित एकता’ हुने उनले बताए ।

मंगलबार बानेश्वरमा सांसद तथा केन्द्रीय सदस्यको भेलामा नेता नेपालले अब छुट्टै पार्टी दर्ता गरेर अघि बढ्ने संकत गरे । ओली इमान्दार नभएपछि एमालेमा बस्नु के अर्थ छ भन्दै उनले अब नयाँ दलमार्फत जनतामा जाने बताए ।

छलफलपछि एमाले सांसद मेटमणि चौधरीले एमाले विभाजन गर्ने कुरा टुङ्गो लागेको बताए ।

२० प्रतिशत थ्रेसहोल्ड राखेर नयाँ पार्टी दर्ता गर्ने कानून आए लगतै दल दर्ता हुने उनले बताइन् । उनले लोकतान्त्रिक पार्टीमा नयाँ दल दर्ता गर्ने अधिकार सबैलाई भएको र कसैले रोक्न नसक्ने धारणा राखे ।

सरकारले राजनीतिक दल विभाजनका लागि अध्यादेशमार्फत् २० प्रतिशत सदस्य पर्याप्त हुने अध्यादेश पारित गरेपछि एमालेले विभाजन रोक्न सदस्य संख्या बढाउने निर्णय गरेको थियो ।

राष्ट्रपतिले अध्यादेश अध्ययन गर्दै :

मंगलबारको मन्त्रिपरिषद् बैठकले अघि बढाएको राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा छ । अध्ययन र रायका लागि भन्दै राष्ट्रपति कार्यालयले अध्यादेश जारी गरिसकेको छैन ।

राष्ट्रपतिबाट जारी भएको अध्यादेश राजपत्रमा प्रकाशित भएपछि मात्रै कार्यान्वयन हुनेछ । स्रोतका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ को उपदफा २ संशोधन गर्न लागिएको छ ।

सो उपदफामा भनिएको छ, ‘कुनै दलको केन्द्रीय समिति र संघीय संसद्को संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरूसमेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिनेछैन ।’

ऐनको यो प्रावधानमा रहेको ‘केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य’ भन्ने ठाउँमा ‘केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य’ राखेर संशोधन गर्न लागिएको छ ।

एमाले ‘विभाजन’मा देउवाको अनौठो संयोग


एमाले विभाजनमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनौठो संयोग देखिएको छ । २५ वर्षअघि तत्कालीन प्रधानमन्त्री देउवाले हस्ताक्षर गरेको महाकाली सन्धिलाई अनुमोदन गर्ने विषयमा एमाले विभाजित भएको थियो । अहिले देउवा नै प्रधानमन्त्री भएको वेला एमाले पुनः विभाजननजिक छ ।

एमाले विभाजनलाई सहयोग पुग्ने गरी देउवाले दल विभाजनसम्बन्धी अध्यादेश अगाडि बढाएका छन् । ४ असोज ०५३ मा संसद्को दुईतिहाइ मतले महाकाली सन्धि पारित भएको थियो ।

तत्कालीन एमालेमा सन्धिसम्बन्धी विवादमा महासचिव माधव नेपाल र केपी ओलीसँग टकराव बढ्दै जाँदा २१ फागुन ०५४ मा वामदेव गौतम नेतृत्वको समूहले पार्टी फुटाएर नेकपा माले गठन गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सो सन्धिको पक्षमा नेपाल र ओलीसहितका बहुमत नेता उभिएका थिए । देउवाले हस्ताक्षर गरेको आठ महिनापछि सन्धि संसद्को दुईतिहाइ मतबाट पारित भएको थियो

प्रतिक्रिया