आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कसले सम्हाल्दै छन अफगानिस्तानको नेतृत्व ? यस्तो छ सरकार गठनको तयारी

प्रकाशित
2K
SHARES
1 Page~04~32.indd

एजेन्सी। तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै अब सत्ता कसले सम्हाल्ला र कस्तो रहला अबको सत्ता भन्ने चासो सर्वत्र छ। अहिले सरकारको नेतृत्वमा रहने दुई जनाको नाम आएको छ। मुल्ला अब्दुल गनी बरादर र हिब्तुल्लाह अखुन्दजादा।

मुल्ला अब्दुल गनी बरादर तालिबानका संस्थापक नेता हुन्। उनलाई रणनीतिकारको भूमिकामा चिनिन्छ। अमेरिकाले अफगानिस्तानमा सन् २००१ मा ‘आक्रमण’गर्दा त्यतिबेला उनी तालिबानको डेपुटी रक्षामन्त्री थिए।

सन् २०१० फेब्रुअरीमा अमेरिका र पाकिस्तानको संयुक्त अभियानको क्रममा उनी कराँची सहरबाट पक्राउ परेका थिए। अफगानिस्तानको सरकारसँग शान्ति वार्ता हुदा उनको नाम पहिलो प्राथमिकतामा परेको थियो।

सन् २०१८ मा कतारमा अमेरिकासँग वार्ता हुँदा उनी तालिबानको पार्टी प्रमुख थिए। उनले अमेरिकासँग वार्ताको समर्थन गरेका थिए। मुल्ला उमरको विश्वासपात्रका रूपमा उनलाई लिइन्थ्यो। उनी जीवित रहँदासम्म तालिबानका लागि आर्थिक कोष जम्मा गर्ने र दैनिक गतिविधिको नेतृत्वमा रहे।

त्यस्तै, तालिबानका अर्का नेता हिब्तुल्लाह अखुन्दजादा इस्लाम धर्मका विद्वान मानिन्छन्। उनकै कारण आज तालिबान यो ठाउँमा आएको मानिँदै आएको छ। तालिबानको मुख्य गढ क्षेत्र मानिएको अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारका स्थानीय हुन्।

सन् १९८० को दशकमा उनले तत्कालीन सोभियत संघ (रुस)विरुद्ध अफगानिस्तानको विद्रोहमा कमान्डरको भूमिका निर्वाह गरेका थिए। तर, उनी सैन्य कमान्डरका रूपमा भन्दा एक धार्मिक विद्वानका रूपमा चिनिन्छन्। हिब्तुल्लाह तालिबानका पूर्वप्रमुख अख्तर मोहम्मद मन्सुरको उत्तराधिकारी थिए। मन्सुरको सन् २०१६ मा अमेरिकी ड्रोन ‘हमलामा’ ‘मृत्यु’ भएको थियो। आजको राजधानी दैनिकमा निराजन पौडेलले खवर लेखेका छन्।

यसै गरि : अफगानिस्तानमा तालिबानी समूहले कब्जा जमाएसँगै ‘त्रास’ पैदा भइरहेको अवस्थामा सरकारले त्यहाँ रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ। सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि सरकारका सम्बन्धित निकायहरूलाई समन्वय गर्न पनि निर्देशन दिएको छ ।

सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को सोमबारको बैठकले अफगानिस्तानमा नेपाली नागरिकको उद्धारका लागि तत्काल काम थाल्ने निर्णय गरेको बताएका छन्।

मन्त्रिपरिषद्को बैठकले अफगानिस्तामा विकसित घटनाक्रमप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकपछि प्रवक्ता कार्कीले भने।

गृह मन्त्रालयले पनि अफगानिस्तानमा भएका नेपालीको उद्धार गरी घरसम्म पु¥याउने व्यवस्थासमेत मिलाउन निर्देशन दिएको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार बसेको बैठकले त्यहाँ रहेका नेपाली नागरिकलाई कसरी सुरक्षित राख्ने र स्वदेश फर्काउने भन्ने विषयमा कार्ययोजनासहित कार्य गर्न र उनीहरूलाई स्वदेशमा ल्याइसकेपछि गर्नुपर्ने तयारी गरी स्वदेश फर्काइएका नागरिकको स्वास्थ्य जाँचको व्यवस्था गर्ने र संक्रमितहरूलाई उपचारको व्यवस्था र अरूलाई घरसम्म पु¥याउने व्यवस्थासमेत मिलाउन निर्देशन दिइएको छ।

यसअघि, सरकारले आइतबार मात्रै नेपालीलाई उद्धार गर्न समिति गठन गरेको थियो। परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा गृह, अर्थ, श्रम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको छ।

समितिलाई अफगानिस्तानमा रहेका नेपालीहरूको लगत संकलन गर्ने, तत्काल आउन चाहनेहरूको तथ्यांक संकलन गरी फारम भराउने र तत्काल उद्धार गरेरै ल्याउनुपर्ने भए ल्याउनेगरी अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली काठमाडौं आइपुगेकाम गर्न निर्देशन दिइएको छ ।

यसै गरि : अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली काठमाडौं आइपुगे

अफगानिस्तानबाट कुबेत हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन्। उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कुबेत पुर्याएको थियो । नेपालीलाई ल्याउन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । उनीहरुलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने छ । त्यसपछि प्रक्रिया पुर्याएर घर पठाइने सुरक्षा स्रोतले बतायो ।

यसै गरि : बाइडनले भने- तालिबानले सत्ता कब्जा गर्नुमा अफगान सरकार जिम्मेवार

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अहिलेको स्थिति आउनुमा त्यहाँकै नेता जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको निर्णयको उनले बचाउसमेत गरे ।

विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशवासीलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दै बाइडनले भने, ‘हाम्रा सैनिकहरुले अझै धेरै जोखिम उठाउन सक्थे तर त्यहाँका नेता देश छोडेर भागे । आइतबार तालिबान लडाकुहरु राजधानी काबुल प्रवेशगरेलगत्तै राष्ट्रपति असरफ घानीले देश छाडेका थिए ।

अफगानिस्तानको यो अवस्था आउनुमा आफूप्रति प्रश्न उठिरहेको भन्दै अमेरिकी राष्ट्रपति बाइडनले देश छाडेर भाग्ने राष्ट्रपति घानीलाई पनि प्रश्न उठाउनु पर्ने बताए। तालिबानले अफगानिस्तान कब्जा गर्नुमा सरकारकै कमजोरी औंल्याउँदै उनले भने, ‘हामीले हजारौं सैनिक अफगानिस्तान पठायौं, अफगान सेनालाई तालिम दियौ।

अरबौं डलर खर्च गर्यौं। अफगान सुरक्षा बललाई २० वर्ष तालिम दियौं। तर अफगानिस्तानका नेताहरु देश छाडेर भागे, छिट्टै हतियार बुझाए। हतियारले सुसज्जित यति धेरै सैनिकले कसरी हार माने यो गम्भीर सोचनीय विषय हो ।’अफगानिस्तानको अवस्था अचानक बदलिएको बताउँदै उनले ‘आतंकवादविरुद्धको’ लडाइँ जारी रहने बताए।

अफगानिस्तानमा गुलामीको साङ्लो तोडियो : पाकिस्तान

यसैबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानका जनताले गुलामीको साङ्लो तोड्न सफल भएको प्रतिक्रिया दिएका छन् ।सोमबार राजधानी इस्लामावादमा आयोजित एक कार्यक्रममा उनले सो प्रतिक्रिया दिएका हुन्। अफगानिस्तानले गुलामीको साङ्लो तोडेको बताउँदै उनले संसारमा रहेको दासत्वको साङ्लो तोडिन भने अझै बाँकी रहेको बताए।

तालिबानले अफगानिस्तानमा पुनः ‘कब्जा’ जमाएको छ। सन् २००१ मा अमरिकाको आक्रमणपछि सत्ताबाट च्यूत भएको तालिबानले अमेरिकी सेना फिर्ता गएसँगै अफगानिस्तानमा कब्जा जमाएको हो। अमेरिकी सेनाले २० वर्षसम्म अफगानिस्तानमा लडाइँ गर्‍यो। यो क्रममा अमेरिकाले अर्बौं डलर खर्चिएको थियो।

अमेरिकाले सन् २०११ मा अफगानिस्तानमा सबैभन्दा धेरै एक लाख १० हजार सैनिक परिचालन गरेको थियो। अहिले यो संख्या ६५० मा झरेको छ। यद्यपि आफ्नो नागरिकलाई फिर्ता लैजान उसले थप पाँच हजार सैनिक काबुल पठाएको छ । त्यस्तै अधिकारिक तथ्यांकमा अपरेसन फोर्स र अन्य अस्थायी एकाईलाई भने समावेश गरिएको हुँदैन।

अमेरिकालाई कति महँगो बन्यो अफगानिस्तान ‘युद्ध’ ?

अमेरिकाबाहेक उसका सहयोगी मुलुकले पनि अफगानिस्तानको युद्धमा भाग लिँदै आफ्ना सेनाहरु पठाएका छन्। नेटोले २०१४ मा नै आफ्नो ‘युद्ध’ मिसन अन्त्य गरेको थियो तर उसले १३ हजार ‘सैनिक’ अफगानी सेना र ‘आतंकवाद’ नियन्त्रणको लागि खटाउँदै आएको थियो।

त्यसका साथै अफगानिस्तानमा धेरै निजी सुरक्षा कन्ट्र्याक्टरमार्फत भएका सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो। निजी कम्पनीबाट आएका सुरक्षाकर्मीमा अधिकांश अमेरिकी नागरिक थिए।

कति रकम खर्च भयो ?

अफगानिस्तानको ‘युद्धमा’ भएको अधिकांश खर्च अमेरिकाले गरेको छ । सन् २०१० देखि २०१२ को बीचमा अमेरिकाले सबैभन्दा धेरै सैनिक अफगानिस्तानमा खटाउँदा ‘युद्धको’ खर्च वार्षिक करिब एक खर्ब डलर पुगेको अमेरिकाको सरकारी तथ्यांक छ ।

अमेरिकाले त्यसपछि ‘आक्रामक’ अपरेसन चलाउन थाल्यो र अफगानी सेनालाई तालिम दिने रणनीति ल्यायो । त्यसपछि भने खर्चमा कमी आयो । सन् २०१८ सम्म आइपुग्दा’ युद्धको’ खर्च वार्षिक ४५ अर्ब डलरमा झरेको अमेरिकी रक्षा मन्त्रालयले बताएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार अफगानिस्तानमा सन् २००१ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्म अमेरिकाले सात खर्ब ७८ अर्ब डलर रकम खर्च गरेको छ ।

त्यसका साथै अमेरिकाको विदेशमन्त्रालयका साथै यूएसएड र अन्य सरकारी एजेन्सीले पुनर्निर्माणको परियोजनामा थप ४४ अर्ब डलर खर्च गरेका छन् । यसरी हेर्दा २००१ देखि २०१९ सम्ममा समग्रमा आठ खर्ब २२ अर्ब डलर रकम खर्च भएको देखिन्छ । यसमा पाकिस्तानमा गरिएको खर्च भने उल्लेख छैन । अमेरिकाले अफगानिस्तानसँग सम्बन्धित अपरेसनको लागि पाकिस्तानको बेस पनि प्रयोग गरेको थियो ।

२०१९ मा ब्राउन युनिभर्सिटीले सार्वजनिक गरेको एक अध्ययनले भने अफगानिस्तान र पाकिस्तानको युद्धमा अमेरिकाले करिब ९ खर्ब ७८ अर्ब डलर खर्च गरेको देखाएको छ ।

अमेरिकापछि अफगानिस्तानमा सबैभन्दा धेरै सेना खटाएका बेलायत र जर्मनीले पनि यो युद्धमा क्रमशः ३० अर्ब र १९ अर्ब डलर रकम खर्च गरेको आकलन छ । यस वर्षसम्ममा नेटोले ७ करोड २० लाख डलरका सामग्री र उपकरण अफगानिस्तान पठाइसकेको छ ।

कहाँ खर्च हुन्थ्यो यो रकम ?

अफगानिस्तान युद्धमा खर्च गरिएको ठूलो रकम आतंकवाद नियन्त्रण कार्यक्रम र सैनिकको खाना, कपडा, स्वास्थ्य स्याहार, विशेष भत्ता र अन्य सुविधामा खर्च हुँदै आएको छ।

आधिकारिक तथ्यांकअनुसार २००२ यता अमेरिकाले पुनर्निमाणका परियोजनाहरुमा करिब एक खर्ब ४३ अर्ब डलरभन्दा धेरै रकम खर्च गरेको छ। जसमध्ये आधाभन्दा धेरै अफगानी सुरक्षा बलको संरचना निर्माणको लागि खर्च गरेको थियो। करिब ३६ अर्ब डलर शासन र विकासको लागि खर्च गरिएको छ भने थोरै रकम ‘लागू औषध’ नियन्त्रण र मानवीय सहायताको लागि खर्च गरिएको छ।

यो रकममध्ये केही रकम त्यत्तिकै खेर गएको, ‘ठगी’ तथा दुरुपयोग हुँदै आएको छ । २०२० अक्टोबरमा अमेरिकाको संसद्मा प्रस्तुत गरिएको प्रतिवेदनमा पुनर्निर्माणको लागि गरिएको खर्चमध्ये २००९ मे देखि २०१९ डिसेम्बरसम्ममा १९ अर्ब डलर रकम हराएको छ ।

मानवीय क्षति

२००१ मा तालिबानसँगको ‘युद्ध’ सुरु भएपछि ३५०० विदेशी सेनाले ‘मृत्यु’ भएको छ, जसमध्ये २३०० अमेरिकी सेना छन् । बेलायतका ४५० सेनाको ‘मृत्यु’ भएको छ । यो ‘युद्धको’ क्रममा २० हजारभन्दा धेरै अमेरिकी सेना घाइते भएका छन् ।

अफगानी सेनाको ‘मृत्यु’ भने विदेशी सेनाको तुलनामा निकै बढी छ । अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले २०१९ मा पाँच वर्षको अवधिमा ४५ हजारभन्दा धेरै अफगानी सेनाको ‘मृत्यु’ भएको बताएका थिए ।

ब्राउन युनिभर्सिटीले २०१९ मा सार्वजनिक गरेको आकलन अनुसार सन् २००१ मा ‘युद्ध’ सुरु भएपछि ‘मृत्यु’ हुनेको अफगानी सुरक्षाकर्मीको संख्या ६४ हजारभन्दा धेरै छ । युनाइटेड नेसन्स एसिस्टेन्स मिसन इन अफगानिस्तानका अनुसार २००९ यता अफगानिस्तान ‘युद्धमा’ करिब एक लाख ११ हजारभन्दा धेरै आम नागरिक मृत्यु वा घाइते भएका छन् ।

प्रतिक्रिया