आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तालिवानले सत्ता हातमा लिएपछि, चीनको दियो यस्तो कडा प्रतिक्रिया, अमेरिका तनाबमा

प्रकाशित
1.6K
SHARES

बेइजिङ। अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि विकसित पछिल्लो घटनाक्रमप्रति चीनले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ। सोमबार बेइजिङमा पत्रकार सम्मेलनको आयोजना गरी चिनियाँ परराष्ट्र मन्त्रालयले अफगानी जनताको इच्छा र छनोटको चीनले सम्मान गर्ने स्पष्ट पारेको छ।

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेलगत्तै चीन उत्साही भएको छ । उसले अफगानिस्तानमा ठूलो लगानीतर्फ ध्यान दिन थालिसकेको छ । चिनियाँ विदेश मन्त्रालयको धारणा आउने गरेको ग्लोबल टाइम्सले चीनले अफगानिस्तानको पुनः निर्माण र विकासमा ध्यान दिनसक्नेबारे लेखेको छ । शान्ति र स्थिरता स्थापित भएलगत्तै प्रस्तावित बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई अन्र्तगत लगानी बढाउने ग्लोबल टाइम्सले जानकारहरुको भनाई भन्दै उल्लेख गरेको छ ।

चिनियाँ विदेश मामलाका जानकारहरुले तालिवानले स्थिरता ल्याउनेतर्फ कदम चाले नराम्रो मान्न नसकिने बताएका छन् । चीनले इस्लामिक अतिवादीहरु हावी हुन नदिने गरी छिमेकी मित्रहरुसँग मिलेर प्रतिआतंकवादको रणनीति बनाइसकेको उल्लेख छ । ताजिकिस्तान र पाकिस्तानसँगको सीमामा कडाई गरिसकेको समेत भनिएको छ ।

कतिपयले चीनले अफगानिस्तानमा सेना पठाउने या बलियो पकड बनाउने विषय पनि उठाएका छन् । पश्चिमा मिडयाले यस्तो खबरहरु प्रकाशित गरिरहेका छन् । तर, चीनले अमेरिकाले जस्तो गल्ती नगर्ने चिनियाँ विश्लेषकको भनाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ । उसले भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्न सक्ने विषय उठाएको छ ।

यसअघि चिनिया विदेशमन्त्री वाङ ईसँग गत महिना तालिवानी नेता मुल्ला अब्दुर गनी बरादारसहितको ९ सदस्यीय टोलीले सिनजिनमा भेटवार्ता गरेका थिए । तालिवानले चीनसँग सुमधुर सम्बन्धको प्रस्ताव राखेको थियो । चीनको चाहना अनुसार कतिपय पृथकतावादी इस्लामिक अतिवादी समूहसँग सम्बन्ध बिच्छेदको प्रतिवद्धता समेत जनाएको थियो ।

अफगानिस्तानको ४ दशक लामो युद्ध स्थगित भएर शान्ति प्राप्त होओस् भन्ने चाहना ३ करोड भन्दा बढी अफगानी मात्रै नभएर अन्तर्राष्ट्रिय समुदाय, क्षेत्र र देशहरूको रहेको थियो’, चिनियाँ परराष्ट्र प्रवक्ता ह्वा छुन यिङले भनिन्।

आइतबार अफगानिस्तानमा तालवानले युद्धको अन्त्य भएको र समावेशी तथा खुला इस्लामिक सरकार गठनका साथै जनताको सुरक्षाको जिम्मा लिने तालिवानी नेताहरूको भनाइमा आफूले ध्यान दिएको पनि प्रवक्ता ह्वाले बताइन्। ह्वाले भनिन्, ‘यी भनाइहरूको कार्यान्वयन हुने र स्थितिको शान्तिपूर्ण रूपान्तरण तथा सबै प्रकारका अपराध तथा आतंकवादको अन्त्य हुनेमा चीन आशावादी छ।

अफगानिस्तानमा रहेको चिनियाँ दूतावास र कर्मचारीहरूले सामान्य रूपमा आफ्नो काम जारी राखेको बताउँदै ह्वाले अफगानिस्तानबाट अधिकांश चिनियाँ नागरिकहरू दूतावासको पहलमा अघि नै चीन फर्किए र बाँकी चिनियाँहरू दूतावासको सम्पर्कमा रहेको जानकारी दिइन्।

यसअघि अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने घोषणा भएपछि तालिवानका नेताहरूले चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए। जुलाई २८ तारिख तालिवान पोलिटिकल कमिटिका प्रमुख बारादार र पार्टीका अन्य नेताहरूसँग बेइजिङ नजीकको थ्यानचिन सहरमा मन्त्री वाङ यीले भेटवार्ता गरेको चिनियाँ विदेश मन्त्रालयको वेबसाइटले उल्लेख गरेको छ। भेटमा मन्त्री वाङले महत्वपूर्ण छिमेकी भएको नाताले उस्को आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नीतिबारे ब्याख्या गरेका थिए भने अफगानी जनताको हातमा सो मुलुकको भविष्य तथा भाग्य निश्चित हुनेतर्फ जोड दिएका थिए।

तालिवान नेताहरूलाई चीनभित्र सहजै भेटघाट गर्न दिनुले त्यहाँको राजनीतिक परिस्थितिलाई चीनले आधिकारिक मान्यता दिएको ठहर्ने टिप्पणी गरिएको छ। मन्त्रालयको वेबसाइटमा सार्वजनिक तस्बिरअनुसार वाङ यीले व्यक्तिगत तथा सामूहिक रूपमा फोटो खिचाएका छन् जसमा निकै हार्दिकता झल्किएको चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन्।

अफगानिस्तानमा तालिवान सत्ताको उदयले नेपालसहित दक्षिण एशियामा सम्भावित असर

अफगानिस्तानमा फेरि तालिवान सत्ता स्थापित भएको छ । यसअघि सन् १९९६ देखि २००१ सम्ममा तालिवानले देशको तीन चौथाइ भाग कब्जा गरेको थियो । त्यस समयमा सारिया वा मुस्लिम कानुनका कारण त्यहाँका बासिन्दाले भोगेको सास्ती वर्णन गर्न नै कठिन मानिएको छ । यो कानूनले महिलालाई शिक्षा आर्जन गर्न र पुरुषलाई दाह्री खौरिन प्रतिबन्ध लगाउँछ । यसले दिने यातना र कठोर जीवन.का अन्य थुप्रै पाटा छँदैछन् ।

काबुलमा तालिवान सत्ता स्थापित भएको चौबीस घण्टा पूरा भएको छ । त्यहाँ तालिवानले आफ्ना सम्पूर्ण नियम लागु गरिसकेको छैन । सत्ता व्यवस्थित बनाउन उनीहरू केन्द्रित छन् । यसअघि नै कब्जा गरेका धेरै प्रान्तमा कठिन शासन शुरू भएको छ ।

तालिवानले सीमा क्षेत्र र ग्रामीण भेगमा पुरुषलाई दाह्री खौरिन प्रतिबन्ध, लगाएको छ । महिला र पुरुषबीच बोलचालामा बन्देज छ । महिलाका लागि सार्वजनिक रोजगारी बन्देज छ । महिलाका लागि शिक्षामाथि प्रतिबन्ध शुरू भएको छ । परम्परागत इस्लामिक विद्यालयबाटै प्रशिक्षित तथा सोभियत युद्धको समयमा स्थापित तालिवानले २५ वर्षअघि मोहम्मद ओमारबाट शासन सत्ता हत्याएको थियो ।

त्यसै अवधिमा अफगान नागरिकमाथि ज्यादति भइरहेको समयमा अमेरिकाले १ लाख ६० हजार मानिसका लागि पठाएको खाद्यान्न तालिवानले नष्ट गरेको थियो । घरहरू भत्काइएका थिए । यो समयमा अफगानिस्तान मरुभूमिकै रूपमा परिणत भएको थियो ।

धार्मिक अतिवादले यसरी जरो गाडेको थियो कि गैरमुस्लिमका लागि अफगानिस्तानमा सुखी हनु त धेरै टाढाको कुरा, मुस्लिममध्ये पनि उनीहरूको समूहसँग संलग्न नहुनेका लागि जीवन अत्यन्त कठिन थियो । चरम भेदभावको अवस्था थियो ।

सञ्चार, चलचित्र, पेन्टिङ र फोटोग्राफीमाथि प्रतिबन्ध लगाइएको थियो । पुरुष चिकित्सकले महिला बिरामीको स्वास्थ्य परीक्षण गर्न बन्देज लगाइएको थियो । कुनै महिला सार्वजनिक स्थानमा जानै परे सम्भव भएसम्म श्रीमानका साथमा र नभए परिवारकै पुरुष सदस्यका साथमा बुर्का लगाएरमात्र जान पाउने नियम थियो । सोही समयमा तालिवानले धेरै सांस्कृतिक धरोहरहरू पनि नष्ट गरेका थिए । बुद्धको १५ सय वर्ष पुरानो प्रतिमा नष्ट गरेका थिए ।

त्यस समयमा अल कायदाका नेता ओसामा बिन लादेन मातहतका २५ सय लडाकु पनि तालिवानका निम्ति लडेको थिए । सन् २००१ को सेप्टेम्बरपछि तालिवानले पाकिस्तानको सहयोग पाउन छाड्यो । यसअघि अफगानिस्तानमा सोभियत सङ्घले आक्रमण गर्दा बालुचिस्तान पनि नियन्त्रणमा लिन सक्ने डर पाकिस्तानलाई थियो । यस कारण पाकिस्तानले विद्रोही समूहलाई साथ दिएको थियो जो लामो समय कायम रह्यो ।

सन् १९९५ मा पास्थुन समुदायको नियन्त्रणमा इस्लामिक सारिया कानुन नै लक्ष्य रहेको तालिवानले सार्वजनिक गरेको थियो । इस्लामिक न्यायिक शिक्षालय हानो फाइ स्कुलका यी उत्पादन तालिवान आफूहरूलाई मुल्लाह ओमारका अनुयायी बताउँछन् ।

सन् १९९६ मा तालिवानको उदयपछि अफगानिस्तानको अवस्था यतिसम्म खराब थियो कि विद्युत्, टेलिफोन, खानेपानीजस्ता सुविधाको अभाव थियो । खाद्यान्न अभावका कारण कुपोषणको गम्भीर समस्या थियो । कुपोषणकै कारण एक चौथाइ बालकको पाँच वर्षको हुनअघि नै ज्यान जान्थ्यो । उनीहरूलाई सहयोग गर्न गैरसरकारी संस्थालाई अफगानिस्तान प्रवेश वर्जित थियो । मजार, हेरात र सोमाली उपत्यकाको एक तिहाई जनसंख्या विस्थापित भएको थियो ।

बीस वर्षपछि फेरि तालिवान सत्ता स्थापित भएको छ । यसको मुख्य असर अफगानिस्तानमा रहेका हिन्दु र सिखहरूमाथि हुने अनुमान छ । बीस वर्षअघि पनि यसै खालको ज्यादतिका कारण धेरै हिन्दु र सिखहरू अफगानिस्तान छाड्न बाध्य भएका थिए । हिन्दु र सिखहरू अछुत मानिने हुँदा छुट्टै पहिरनका हुन्थे जसका कारण मुस्लिमहरू नछोई हिँड्न सक्थे ।

अहिले तालिवानले काबुलमा सत्ता कब्जा गरेपछि युद्ध सकिएको र हिंसा नभड्काउने घोषणा गरेको छ । विपक्षी कूटनीतिक नियोगका कर्मचारीलाई निर्बाध रूपमा आफ्नो देशमा लैजान सक्ने घोषणा पनि गरेको छ । सरकारमा गैरतालिवानलाई पनि समावेश गर्ने घोषणा गरेको छ।

काबुल कब्जापछि तालिवानको यस्तो घोषणाले विगतको भन्दा उदार तालिवानको झल्को दिएको छ । आफगानी सर्वसाधारणहरू भने यसमा विश्वस्त हुनसकेका छैनन् । उनीहरू त्रासमा छन् घरभित्रै बस्ने गरेका छन्।

ग्रामीण भेगमा अवस्था त्रासपूर्ण रहेको छ । महिलाहरूलाई जर्बजस्ती तालिवान लडाकुका श्रीमती बन्न दबाब दिन थालिएको छ । थुप्रै महिलाहरू भागेर काबुल पुगेका छन् । युवाहरूलाई जर्बजस्ती कब्जा गरेर उनीहरूको हतियार बोक्न लगाउने गरिएको छ । उनीहरूले भन्ने गरिएको इस्लामिक कानून गरिएको छ । नमान्नेले यातना पाउने गरेका छन्।

यी सबै घटना र परिदृष्यले अबको अफगानिस्तान मुस्लिम कानुनका कठोर बन्देजहरू पालना गर्नुपर्नेछ । महिला, हिन्दु र सिखहरूका लागि जीवन साँच्चै कठिन बन्नेछ । तालिवानको शासन कालमा दक्षिण एसिया नै आतंकित भएको विगत छ।

१९९९ को २४ डिसेम्बरका दिन काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्ट, दिल्लीतर्फ उडिरहेको इन्डियन एयरलाइन्सको उडान नम्बर ८१४ को जहाज अपहरण भएको थियो । सो विमान थुप्रै स्थान घुमाएर कन्दाहारमा अवतरण गराइएको थियो ।

सैँतीस वर्षीय कप्तान देवी शरणले चलाएको सो विमान पाँच जना नकाबधारीले अपहरण गरेका थिए । विमानमा रहेका १७६ जना मध्ये २७ जनालाई अपहरणकारीले दुबईमा लगेर छाडेका थिए । एक जना गम्भीर घाइते भए भने अन्य धेरैलाई चोटपटक लागेको थियो ।

यो अपहरणपछि तालिवानहरू भारतीय जेलमा रहेका आतंककारी मुस्ताक अहमद जँगार, अहमद ओमार सैयद सेख र मसुद अजरलाई छुटाउन सफल भएका थिए । यिनीहरू सन् २००२ मा डानियल परको अपहरण र हत्या तथा मुम्बईको आतंककारी हमलामा संलग्न थिए ।

त्यसो त अफगानिस्तानमा रहेका हिन्दु र सिखहरूप्रति कठोर तालिवान शासनमा अफगानिस्तानमा रहेका नेपालीको जीवन थप समस्याग्रस्त हुन सक्छ। सन् २०१६ मा राजधानी काबुलमा मिनीबसमा यात्रा गरिरहेका नेपाली सुरक्षाकर्मीको आत्मघाती आक्रमणमा ज्यान गएको थियो।

अफगानिस्तानका शरणार्थी भारत र त्यहीँबाट नेपाल आगमनको सम्भावना रहेको तथा यी स्थानमा तालिवानको निशाना बन्न सक्ने डर पनि त्यत्तिकै रहेको छ । तालिवान सत्ताको उदयसँगै बहुधार्मिक भए पनि धार्मिक सद्भाव रहेको नेपाल लगायत दक्षिण एसियाली देशहरूको वातावरणमा असर पर्ने आधारहरू देखिएका छन्।

प्रतिक्रिया