आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काबुल एयरपोर्ट र एयर ट्राफिक अमेरिकाको नियन्त्रणमा , यसरि हुदैछ विदेशीको धमाधम उद्धार

प्रकाशित
1.3K
SHARES
101216-N-8054-E-015

एजेन्सी। अमेरिकाले अफगानिस्तानको दूतावासमा रहेका आफ्ना सबै कर्मचारी फिर्ता लगेको छ। दूतावास भवनबाट अमेरिकी झण्डा निकालिएको छ।
अमेरिकी सेनाले एयरपोर्टको एयर ट्राफिक आफ्नो नियन्त्रणमा राखेको जनाएको छ। दुई दिनमा अफगानिस्तानमा रहेका हजारौँ अमेरिकीलाई त्यहाँबाट निकाली सक्ने जनाइएको छ। यसका साथै केही अफगानीलाई पनि अमेरिकी सेनाले उद्धार गरेर आफ्नै देशमा लाने जनाइएको छ।

यसका लागि ६ हजार अमेरिकी सैनिक अहिले अफगानिस्तानमा छन्। अहिले सयौँ व्यक्ति अफगानिस्तान छाड्न हतारिएका छन्। जुनसुकै बेला तालिवानबाट आफूहरूमाथि आक्रमण हुने हो कि भनेर उनीहरू त्रासमा छन्।

Passengers trying to fly out of Kabul International Airport amid the Taliban offensive wait in the terminal in Kabul,

जनरल फ्रान्क म्याकेन्जीले दोहामा रहेका तालिवान नेतासँग भेट गर्दै आफ्ना सम्पूर्ण नागरिकलाई सुरक्षित ढङ्गले बाहिर निकाल्ने कुरामा सहमत गराएका थिए।

आइतबार काबुललाई तालिवानले नियन्त्रण लिएको केही बेरमै अमेरिकाले आफ्ना ५ सय जना कर्मचारीलाई आइतबार नै फिर्ता लगेको थियो । चार हजारमध्ये बाँकी रहेका कर्मचारी सोमबार बाहिर निकालिएका हुन्।

यतिमात्र होइन, संयुक्त अरब इमिरेट्स (युएई) ले समेत त्यहाँ रहेका कूटनीतिक नियोगका व्यक्तिलाई उद्धार गर्न पहल जारी राखेको छ। यूएईले फ्रान्स, संयुक्त अधिराज्य, युरोपेली युनियन, क्यानडा, अस्ट्रेलिया, अमेरिका, जर्मनी र इजिप्ट लगायत देशका कर्मचारीको उद्धार गर्न युएईले पहल जारी राखेको छ।

यसैबीच अफगान राष्ट्रपति अस्राफ घानीले देश छाड्ने निर्णय कठिन रहेको जनाएका छन्। फेसबुक स्ट्याटस मार्फत उनले आफू देशको सेवा गर्न अझै तयार रहेको पनि जनाएका छन्। उनले आफूले शान्तिपूर्णरूपमा सत्ता नछाडेको भए तालिवानले काबुल नै रक्ताम्मे बनाउने योजना बनाएको र सत्ता छाडेर धेरैको ज्यान जोगाएको उल्लेख गरेका छन्।

आइतबार नै उनी ताजकिस्तान गएको भनिए पनि ताजकिस्तान अन्तिम लक्ष्य नरहेको जनाइएको छ । अफगानिस्तानमा आएको संकट बारे अमेरिकी राष्ट्रपति जो वाइडेनले केही दिनमै राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।

संयुक्त राष्ट्र संघले मानव अधिकारवादी सङ्गठनसँग मिलेर तयार गरेको रिपोर्टअनुसार पछिल्लो एक महिनामा १७ हजार ५ सय व्यक्ति विस्थापित भएका छन् । तीमध्ये धेरै जना गजनी र लोहार प्रान्तबाट अहिले काबुलमा शरणार्थीको रूपमा बसोबास गर्नेहरू छन्।

‘कोअर्डिनेसन फर ह्युमेनेटेरियनय अफेयर्स’ का अनुसार १३ हजार ५ सय जनालाई उनीहरूले आवास, खाना, बसोबास तथा न्यूनतम आवश्यकताका सामानको व्यवस्था गरिएको छ। अमेरिकाले आफ्ना नागरिक त्यहाँबाट निकालेसँगै फ्रान्सले पनि दुई विमान मार्फत आफ्ना सबै नागरिकलाई फिर्ता लैजान कदम चालेको छ ।

अफगानिस्तानको पछिल्लो घटनाक्रम बारे कुरा गर्दै टर्कीका प्रधानमन्त्री रेसेप ताइएब एर्डोगानले पाकिस्तानसँग मिलेर अफगानिस्तानमा स्थायित्वका लागि प्रयास गर्ने बताएका छन्। सो क्षेत्रमा शान्ति र स्थायित्वका लागि प्रयास निरन्तर राख्ने उनले बताए।

तालिवानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि धेरै देशले आफ्ना कर्मचारीलाई फिर्ता बोलाए पनि रुसले भने आफ्नो दूतावास यथावतै राख्ने भएको छ। तालिवानले रुसलाई सुरक्षित ढङ्गले त्यहाँ रहन सक्ने ग्यारेन्टी गरेसँगै रुसले आफ्ना कर्मचारीलाई त्यहीँ राख्ने निर्णय गरेको हो।

तालिवानले राष्ट्रपति कार्यालयसहित सत्ता कब्जा गरेपछि त्यहाँको केन्द्रीय बैंक कसरी चल्ने हो भन्ने प्रश्न उठेको छ।

सत्ता कब्जापछि तालिवानले गैरतालिवान अफगानीहरूलाई पनि सत्तामा समावेश गर्ने घोषणा गरेको छ। तालिवान प्रक्ता साहेन सोहेलले पूर्वसत्ताका केही परिचित अनुहारलाई तालिवान सत्तामा पनि समावेश गर्ने जनाएका छन्।

विकसित घटनाक्रमसँगै अमेरिकासहित पाँच दर्जन देशले संयुक्त विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरूको सुरक्षामा चासो देखाएका छन् । त्यहाँ कुनै क्षति भएको अफगानिस्तान नै जिम्मेवार हुने उल्लेख गरेका छन्।

यसरी विज्ञप्ति जारी गर्नेमा अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, बुर्कीना फासो, क्यानडा, चिली, कोलम्बिया, कोस्टारिका, चेक गणतन्त्र, डेनमार्क, डोमेनिक गणतन्त्र र एल साल्भाडोर छन्।

इस्टोननिया, हाइ रिप्रेजेन्टेटिभ अफ द युरोपियन युनियन फर फरेन एफेयर्स एन्ड सेक्युरिटी पोलिसी, फेडरल स्टेट अफ मिक्रोनेसिया, फिजी, फिनल्यान्ड, फ्रान्स, जर्जिया, जर्मनी, घाना, ग्रिस, ग्वाटेमाला, गुयना, हाइटी, होन्डुरस, आयरल्यान्ड, आइसल्यान्ड, इटाली र जापानले पनि संयुक्त विज्ञप्तिमा समावेश छन्।

लाट्भिया, लाइबेरिया, लिचेस्टाइन, लिथुवानीया, लक्जेम्बर्ग, माल्टा, मार्सल आइसल्यान्ड, माउरिसानिया, नाउरु, नेदरल्यान्ड, न्युजिल्यान्ड, नाइजर, नर्वे, पलाउ, पनामा, पाराग्वे, कतार, कोरिया, साइप्रस, रोमानिया, सियरायिोन र स्लोभाकियाले पनि विज्ञप्तिमा समावेश छन्। विज्ञप्ति जारी गर्ने अन्य देशमा स्पेन, सुरीनाम, स्विडेन टोगो, टोंगा, युगान्डा, संयुक्त अधिराज्य, युक्रेन र यमन छन्।

यसै गरि :  काबुलस्थित अमेरिकी दूतावासमा खटिएका ३ सय ८५ नेपालीको उद्धार, दोहा पुर्‍याइयो,युरोपियन युनियन डेलिगेट्सको कार्यालयमा खटिएका नेपाली सुरक्षागार्डहरुको पनि उद्धार,उद्धार गरिएकाहरुलाई अमेरिकाले नै नेपाल पठाइदिने।

अमेरिकाले काबुलस्थित अमेरिकी दूतावासमा खटिएका नेपाली सुरक्षा गार्डहरुलाई उद्धार गरेको छ । उनीहरुलाई सोमबार बिहान उद्धार गरेर दोहा पुर्‍याएको हो । दूतावासमा ३ सय ८५ जना नेपाली सुरक्षा गार्ड कार्यरत थिए ।

दोहास्थित अमेरिकी बेस क्याम्प । काबुलबाट उद्धार गरिएकाहरुलाई अमेरिकाले यहाँ राखेको छ । तस्बिरः ग्लोबल सेक्युरिटी ।
यस्तै, काबुलस्थित युरोपियन युनियन डेलिगेट्सको कार्यालयमा खटिएका नेपाली सुरक्षागार्डहरुलाई पनि अमेरिकाले उद्धार गरेर दोहा लगेको छ । उक्त कार्यालयमा ७४ जना नेपाली कार्यरत थिए । यी ७४ जना कामदारमध्ये कति जनालाई दोहा पुर्याइएको भन्नेबारे खुलेको छैन ।

उनीहरुलाई दोहा पुर्‍याउनुअघि हमिद कारजाई विमानस्थलस्थित अमेरिकी सैन्य क्याम्पभित्र आइतबार राखिएको थियो । त्यहाँबाट आइतबार र सोमबार गरी दोहा पुर्याइएको हो । उनीहरुलाई अफगानस्तान पठाउने एफएसआई वर्ल्ड वाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले सबै नेपालीहरुलाई अमेरिकाले सुरक्षित रुपमा दोहा पुर्याएको बताए । ‘हामीले पठाएका गार्डहरुमध्ये ३८५ जना काम गरिरहेका थिए,’ उनले भने,’उनीहरु सबैको सकुशल उद्धार भएको छ । ‘

उद्धार गरिएका नेपाली गार्डहरुलाई दोहास्थित अमेरिकी बेस क्याम्पमा राखिएको गुरुङले बताए । ‘नियमित उडान मार्फत उनीहरुलाई अमेरिकाले काठमाडौं पठाइदिने छ,’ गुरुङले भने ।

यसैगरी, अमेरिकी रक्षा मन्त्रालयले काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत कर्मचारीलाई उद्धार गर्ने कार्य सफलतापूर्वक सम्पन्‍न भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ,‘दूतावासका सबै कर्मचारीहरुको सफल उद्धार भइसकेको छ । उनीहरु हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको अमेरिकी सैन्य क्याम्पभित्र सुरक्षित छन् । ’

अफगानस्तानमा साउनस २८ सम्म १४ हजार ८ सय ९२ जना नेपालीले श्रम स्वीकृति लिएर गएका छन् । तीमध्ये ८ हजार जनाले पुनःश्रम स्वीकृति लिएर गएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसरी गएकामध्ये हाल कति जना कार्यरत छन् भन्ने यकिन विवरण सरकारसँग छैन । यसबाहेक पनि भारतीय बाटो हुँदै अफगानस्तान पुगेका छन् ।

दूतावासमा कार्यरत कर्मचारी तथा सुरक्षागार्डहरुलाई हेलिकप्टरमार्फत हमिद अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइएको थियो । तालिबान समूहले काबुल सहरलाई पनि पूर्ण रुपमा नियन्त्रणमा लिएको छ । केही पश्चिम देशका दूतावासका कर्मचारीहरु अझै काबुल सहरभित्रै रहेका छन् ।

यसै गरि  :  अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको उद्धारका लागि काम गर्ने निर्णय लिएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

फाइल तस्बिर ।
‘आज बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तामा विकसित घटनाक्रमप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ,’ कार्कीले भने ।

अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि सरकारका सम्बन्धित निकायहरूलाई समन्वय गर्न पनि निर्देशन दिइएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै, बेलायतको राजधानी लन्डनमा भूतपूर्व गोर्खा सैनिकले थालेको आमरण अनशनप्रति सरकारको ध्यानाकर्षण भएको पनि मन्त्री कार्कीले बताए । भूतपूर्व सैनिकहरूले समान अधिकारको माग राख्दै आमरण अनशन थालेका छन् ।

‘यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र यससम्बन्धी कूटनीतिक प्रक्रिया अघि बढिसकेकाले आमरण अनशन लगायत फिर्ता लिनका लागि भूतपूर्व गोर्खा सैनिक सम्बद्ध सबैलाई आह्वान गर्ने निर्णय भयो,’ कार्कीले भने ।

अफगानिस्तानको काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलायो

 

अफगानिस्तानको काबुल एयरपोर्टमा सोमबार अमेरिकी सेनाले गोली चलाएको छ । तालिवानले काबुल कब्जा गरेसँगै एयरपोर्टमा भीड बढेपछि अमेरिकी सेनाले गोली चलाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले स्रोतलाई उदृत गर्र्दै बताएअनुसार अमेरिकी सेनाको गोली लागेर २ व्यक्तिको मृत्यु भएको छ । काबुल एयरपोर्ट अमेरिकी सेनाले नियन्त्रणमा लिएको जनाइएको छ ।

अफगानिस्तान तालिवानको कब्जामा परेपछि काबुल एयरपोर्टमा अहिले चर्को भीड देखिएको छ । अमेरिकी सेनाले गोली चलाए लगत्तै एयरपोर्टमा भागदौड मच्चिएको थियो । गोली चलेसँगै उक्त विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया