आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तालिबानको सत्ता कब्जा गर्ने अन्तिम तयारी, राष्ट्रपति घनीले छाडे देश, सरकारी निकाय सबै नियन्त्रणमा

प्रकाशित
1.4K
SHARES

काठमाडौँ। तालिबान समूहले केन्द्रीय राजधानकी काबुल बाहेक देशका सबैजसो प्रमुख शहर र प्रान्तीय राजधानी कब्जा गरिरहँदा अफगानिस्तानको सिमा क्षेत्रमा तैनाथ ८४ अफगान सैनिकले अफगान-उज्वेकिस्तान सीमा पार गरी स्थानीय प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार जानकारी गराएको छ।

तालिबानको आक्रमणबाट ज्यान जोगाउन उनीहरु अर्को देश भागेका हुन्। उज्वेकिस्तानको मन्त्रालयले भनेको छ,‘अगस्त १४ मा ८४ जना अफगान सरकारी सैनिकको एउटा समूहले सीमा पार गरको छ र उनीहरूलाई राज्य सुरक्षा सेवाका सीमा फौजका आएकाइहरूले पक्राउ गरेका छन्।

यसै गरि, अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ ।
सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् ।

सीमा उल्लङ्घन गरी उज्वेकिस्तान पुगेका अफगान सैनिकलाई पक्राउ गर्दा उनीहरूबाट कुनै प्रतिरोध नभएको मन्त्रालयले बताएको छ। उनीहरूमध्ये तीन सिपाही घाइते रहेका र उनीहरूलाई उपचारको व्यवस्था गरिएको रूसी सञ्चार संस्था स्पुत्निकले मन्त्रालयलका अधिकारीलाई उद्धृत गरी समाचार लेखेको छ।

सिपाहीहरूलाई उज्वेकिस्तान सरकारद्वारा चिकित्सा सहायता, खाना र अस्थायी आश्रय दिएको बताइएको छ।

रूसी समाचार संस्थाका अनुसार अफगानिस्तानको उत्तरमा रहेको एक मात्र प्रान्त बल्खको राजधानी बल्ख तालिबानको नियन्त्रणमा आएपछि देशको सम्पूर्ण उत्तरी क्षेत्र लडाकूहरूको नियन्त्रणमा आएको छ।

विदेशी सेनाको पूर्ण फिर्ता भएको केही हप्ताभित्रै तालिबानले अफगान सेना र नागरिकहरू विरुद्ध आफ्नो आक्रामक हमलालाई तीव्र बनाउँदा अफगानिस्तानमा हिंसाग्रस्त अवस्था देखिरहेको छ। तालिबान समूह अहिले देशको केन्द्रीय राजधानी काबुलमा प्रवेश गर्न थालिसकेको छ।

विद्रोही समुह तालिबान लडाकुहरु केन्द्रीय राजधानी घुस्न थालेपछि अफगानिस्तानका राष्ट्रपति असरफ गनीले आपतकालीन बैठक बोलाएका छन्। राष्ट्रपति गनी, अमेरिकाका विशेष दूत जलमे खलिलजाद र नेटोका अधिकारीहरु बिच वार्ता भइरहेको बीबीसीहिन्दीले जनाएको छ।

तालिबानले काबुल बाहेक देशका सबै शहर र प्रान्तीय राजधानी कब्जा गरिसकेको अवस्थामा यो आपतकालीन बैठक बोलाइएको हो। शनिबार मात्र राष्ट्रपतिले देशवासीको नाममा सम्बोधन गर्दै सेनाहरु संगठित गर्ने र हिंसा रोक्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

यसको मतलब उनी तालिबानसँग भिड्ने पक्षमा छन्। अब तालिबानविरुद्ध उनले नेटोसँग सहयोग माग्ने देखिएको छ। आज काबुल छेउकै जलालाबाद युद्ध बिनै तालिबानले कब्जा गरेको छ र काबुलको ढोकामै पुगेर उसले सरकारलाई आत्मसमर्पण गर्न चेतावनी दिएको खबरहरु आएका छन्।

अहिले पनि ५ हजार अमेरिकी फौज काबुलमा भएको बताइन्छ। तर उनीहरु आफ्ना नागरिक तथा कूटनीतिज्ञ मात्र निकाल्न त्यहाँ पुगेका हुन्। यदी नेटोले फेरि तालिबानविरुद्ध आक्रमण गरेमा यो शान्ति सम्झौताको उल्लंघन हुने तालिबानले यसअघि नै बताउँदै आएको छ। तालिबानले आफू सत्तामा आउने दृढता देखाइसकेको छ। तालिबानले राष्ट्रपति गनीलाई राजीनामा दिन बारम्बार चेतावनी दिइरहेको छ।

शान्ति सम्झौता
सन् २०२० फेब्रुअरी २९ मा अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच अफगानिस्तानमा ‘शान्ति र स्थायित्व’ बहाल गर्ने सम्झौता भएको थियो। कतारमा भएको सम्झौताअनुसार १४ महिना भित्र नेटोका सेनाहरु घर फर्किए आफूले हिंसा नमच्चाउने र शान्ति प्रक्रिया अगाडि बढाउने तालिबानको भनाइ थियो।

अमेरिकाले ३१ अगस्ट भित्र आफ्ना सबै सेनालाई अमेरिका फर्कन आदेश दिइसकेको छ। नेटोमा आवद्ध बेलायत लगायतका राष्ट्रले अमेरिकाले तोकेको समय अगावै आफ्ना सबै सेना फर्काइसकेका छन्।

आगामी सेप्टेम्बर ११ भित्र विदेशी सेना फर्किसक्नु पर्ने तालिबानको माग छ। यदी ती सेनाहरु अझै अफगानिस्तानमा रहे आफूले ती सेनालाई देश कब्जा गर्न बसेका लडाकु सम्झिने तालिबानले बताएको छ। तर यतिबेला अफगानिस्तानबाट नेटोका सेनाहरु धमाधम फर्कन थालेपछि तालिबानले आक्रमण चर्काएको छ। त्यहाँ शान्ति बहाल हुनेभन्दा गृहयुद्धले अग्र रुप लिएको देखिएको छ।

पृष्ठभूमि
सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाका नेता ओसामा बिन लादेनको निर्देशनमा अमेरिकाको वर्ड ट्रेड सेन्टरमा आक्रमण भएको थियो। चार विमान हाइज्याक हुँदा दुई विमान वर्ड ट्रेड सेन्टरमा ठोक्काइएको थियो। एउटा विमान अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा खसेको थियो भने एउटा पेन्सेल्भेनियाको चौरमा खसेको थियो। यो घटनामा ३ हजार जनाको ज्यान गएको थियो।

त्यसबेला तालिबानले अफगानिस्तानमा सरकार चलाइरहेका थिए। ओसामा बिन लादे त्यहीँ भूमिगत भएर बसेका थिए। अमेरिकाले उनलाई सुम्पन भनेको थियो तर तालिबानले अस्वीकार गरेपछि अमेरिकाले तालिबानमाथि आक्रमण थालेको थियो।

सोही वर्षको अक्टोबर ७ बाट अमेरिकी आक्रमण सुरुवात भएको थियो। नोभेम्बर १३ सम्ममा तालिबान विस्थापित भइसकेका थिए। त्यसयता अमेरिका र नेटोका सेना अफगानिस्तानमा रहँदै आएका थिए। अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले अफगानिस्तानबाट सेना फर्काउने वाचा गरेका थिए।

सन् २०२० फेब्रुअरीमा उनकै पहलमा तालिबानसँग वार्ता भएको थियो। सहमति अनुसार अमेरिकी सेना फर्कँदै गर्दा तालिबानले भने शान्ति स्थापना गर्ने भन्दा आक्रमणको घटनालाई बढावा दिएको देखिएको छ।

यसै गरि,

राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने तय भएको छ । पछिल्लो समय विद्रोही समूह तालिवानले देशमा कब्जा जमाउन थालेसँगै विदेशी नियोगमा कार्यरत विदेशी नागरिकहरूको भागाभाग चलिरहेकै बेला नेपालीहरूको उद्धारका लागि निगमको जहाज अफगानिस्तान जाने भएको हो ।


आगामी भदौ ११ गते चार्टर उडानमार्फत् निगमको न्यारोबडी जहाज काबुल जाने तय भएको छ । दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेको हो । यद्यपि, फ्लाइट बुकिङ भइसके पनि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै निगमले परराष्ट्र मन्त्रालयसँग अनुमति माग गरेको छ

।उडान सुरक्षाको प्रत्याभूति सहित परराष्ट्रमन्त्रालयबाट अनुमति पाए अफगानिस्तान चार्टर उडान भर्न निगम तयार छ’ निगमले बताएको छ । यदि निगमले चार्टर उडानका लागि अनुमति पाए आगामी अगस्ट २७ मा अफगानिस्तानको काबुल पुगेर सो क्षेत्रमा रहेका करिब एक सय जना नेपालीलाई स्वदेश फर्काइनेछ ।

अफगानिस्तान युद्धः फसेका नेपाली नागरिकलाई सम्पर्कमा आउन अनुरोध, कस्तो छ उद्धारको तयारी

तालिबान लडाकुहरूले अफगानिस्तानका महत्त्वपूर्ण सहरहरू आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँ भएका नेपाली नागरिकहरूलाई नेपाल सरकारले आफ्नो सम्पर्कमा आउन आग्रह गरेको छ।

तालिबान काबुल आइपुगेपछि आइतवार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेका छन्।

यसअघि अफगानिस्तानबाट केही दिनयता भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका नेपाली नागरिकहरूले धेरैजसो रोजगारदाताले अगस्ट महिनाभित्रै स्वदेश फर्किन भनिसकेको र कतिपयले फर्किने टिकट समेत काटिसकेको जानकारी नेपाली अधिकारीलाई दिएका थिए।

आइतवार साँझ काठमाण्डूस्थित परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको विवरण सङ्कलन गर्न कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा व्यवस्था गरिएको उल्लेख गरिएको छ।

उक्त पोर्टलमा नामसहित उल्लेख गर्नुपर्ने विवरण तत्काल भरी दर्ता गराउनुहुन सम्बन्धित व्यक्ति वा परिवारका सदस्यलाई मन्त्रालयले आग्रह गरेको छ।

त्यस्तै उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर र ह्वाट्सएपबाट पनि सुविधा दिने बताइएको छ।

त्यस्तो सेवा प्राप्त गर्नका लागि कन्सुलर सेवा विभागको मोबाइल नम्बर +977-9749326458 र +977-9749326459 को व्यवस्था गरिएको छ।

 

प्रतिक्रिया