आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बुर्ज खलिफाको टुप्पोमा उभिइन् महिला, सातो जाने भिडियो भाइरल

प्रकाशित
1K
SHARES

एजेन्स। संयुक्त अरब इमिरेट्सको एयरलाइन्स कम्पनी इमिरेट्स एयरलाइन्स आफ्नो नयाँ विज्ञमपनका कारण चर्चामा छ। एयरलाइन्सको यो विज्ञापन संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफाको टुप्पोमा खिचिएको छ । कम्पनीले शेयर गरेको भिडियोमा एक महिला एयरलाइन्स क्रु सदस्यको पोसाकमा बुर्ज खलिफाको टुप्पोमा उभिएको देख्न सकिन्छ।

यी महिलाको हातमा केही बोर्डहरु छन् र उनी त्यसमा लेखिएको कुरा पालैपालो देखाउँछिन्। महिलाको नाम निकोल स्मिथ लुडविक हो। इमिरेट्स एयरलाइन्स युएइको सबैभन्दा ठूलो एयरलाइन्स हो। संसारकै सबेभन्दा अग्लो भवनको टुप्पोमा उभिनु आफैंमा ठूलो साहसको काम हो। निकोलले इन्स्टाग्राममा भिडियो शेयर गर्दै यो आफूले गरेका रोमाञ्चक स्टन्टमध्ये एक भएको बताएकी छिन्।

यो पनि ,शिल्पा शेट्टीलाई खोज्दै उत्तर प्रदेशबाट मुम्बइ गयो प्रहरी टोली, आमा सुनन्दा समेत फन्दामा

आफ्ना पति राज कुन्द्रा पोर्नोग्राफी केसमा जेलमा रहेको करिब ३ हप्तापछि बलिउड अभिनेत्री शिल्पा शेट्टी पनि गम्भीर मुद्दामा फसेकी छिन् । शिल्पा शेट्टी र उनकी आमा सुनन्दामाथि ठगी मुद्दा लागेको छ । यो मुद्दामा जाँचको लागि शिल्पालाई खोज्दै उत्तर प्रदेश प्रहरीको टोली मुम्बइ गएको छ । प्रहरी टोली सोमबार साँझसम्म मुम्बइ पुग्ने बताइएको छ । यो टोलीले शिल्पा र उनकी आमा सुनन्दासँग सोधपुछ गर्नेछ ।

‘आयोसिस स्लिमिङ स्किन सैलुन एण्ड स्पा वेलनेस सेन्टर’ को शाखा खोल्ने नाममा शिल्पा र उनकी आमाको कम्पनीले दुई जनाबाट करोडौं ठगी गरेको आरोप लागेको छ । उनीहरुले पैसा लिएर आफ्नो प्रतिबद्धता पूरा नगरेको भन्दै उनीहरुविरुद्ध ठगी मुद्दा दायर भएको हो । शाखाको ओपनिङमा शिल्पा नआएको र उनको कम्पनीका कसैले पनि कुनै सहयोग नगरेको आरोप छ । लखनउको विभुतिखण्ड पुलिस स्टेशनमा ज्योत्सना चौहान र हजरतगंज थानामा रोहित वीर सिंहले उनीहरुविरुद्ध ठगीको उजुरी दर्ता गराएका छन् ।

दुवै उजुरीमाथि जाँचमा यो ठगीमा शिल्पा र उनकी आमा सुनन्दाको भूमिका देखिएको छ । हजरतगंज पुलिसले एक महिना अगाडि उनीहरुलाई सोधपुछको लागि उपस्थित हुन नोटिस पठाएको थियो । विभुतिखण्डको पुलिस टिम नोटिसको तामेलीको लागि मुम्बइ गएको हो । यसबाहेक डेप्युटी कमिश्नर नेतृत्वको अलग टिम सोधपुछको लागि मुम्बइ गएको छ ।

ज्योत्सना चौहानले गत वर्ष जुनमा केस दर्ता गराएकी थिइन् । उनले वेलनेस सेन्टर खोल्ने नाममा आयोसिस कम्पनीका किरन बाबा, विनय भसिन, अनिका चतुर्वेदी, इशरफिल, नवनीत कौर, आशा, पुनम झा समेतका व्यक्तिहरुले अढाइ करोड रुपैयाँ २ पटकमा असुलेको आरोप लगाएकी छिन् । यसका लागि फर्जी दस्तावेज प्रयोग गरिएको आरोप छ ।

यो हाइप्रोफाइल केसको जाँचको नेतृत्व स्वयं डेप्युटी कमिश्नर संजीव सुमनले गरिरहेका छन् । उनका अनुसार केस निकै हाइप्रोफाइल र संवेदनशील छ त्यसैले हरेक कोणबाट यो केसको जाँच भइरहेको छ र प्रमाण जुटाएपछि आरोपीको गिरफ्तारी पनि हुनेछ । अर्को केसमा हजरतगंज पुलिसले एक महिना पहिले नोटिस पठाएर शिल्पा र उनकी आमालाई सोधपुछको लागि बोलाएको भए पनि दुवैले अहिलेसम्म बयान दिएका छैनन् । हजरतगंज पुलिस पनि छिटै बयान लिन मुम्बइ जान सक्छ ।

 

 

प्रतिक्रिया