केही महिना अघि मैले भेटेको यो लेख कसले लेखेको हो स्पष्ट छैन । हामीले यसको आधिकारिकताबारे ब्याङकक र कम्बोडियामा रहेका हाम्रा अनुयायीहरूसँग बुझ्यौं। उनीहरुले हामीलाई ती माग्नेलाई खानेकुरा र पानी दिनु तर पैसा नदिनू भने। पैसा, त्यो पनि ठूलो नोट दिनाले माग्ने उद्योगलाई प्रोत्साहन मिल्छ, त्यसैले तपाईहरू पनि यस कुरालाई मनन गरेर मात्र निर्णय गर्नुहोस्।
“मेट्रो स्टेसन नजिकै एउटी उमेर ठम्याउन नसकिने माग्ने महिला बस्छिन्। उनका लुगा फोहोर छन् कपाल पनि फोहोर र जिङ्रिङ्ग छ। उनी उदास अनुहार लिएर घोसे मुन्टो लाएर बसेकी छन्। उनको काँधमा एउटा दुई बर्ष जतिको बच्चा छ र उ पनि त्यतिकै फोहोरी छ। उनको छेवैमा एउटा थोत्रो थाल छ, जसमाथि मानिसहरू पैसा फालेर हिड्छन्, एउटा ठूलो पुण्य गरेको ठान्दै। हामी धेरैलाई पनि त्यस्तै अनुभव हुन्छ।
म महिना दिनजसो त्यो बाटो नै भएर हिंडे तर मैले पैसा दिइन। किनभने यो काम माग्नेहरूलाई नियन्त्रण गर्ने एउटा ग्याङ सञ्चालित धन्दा हो । त्यहाँ सङ्कलित रकमलाई यस एरियाका माग्नेहरूले ग्याङलाई बुझाउने गर्छन्। त्यस्ता ग्याङका सञ्चालकहरूसँग अकूत सम्पत्ति, गाडी र बङ्गला हुन्छन्। माग्नेले पनि केही न केही त पाउँछ नै, जस्तो दुई छाक खाना र केहीलाई बेलुका एक क्वाटर भोड्का।
त्यो बाटो हिडेको एक महिनापछि एक दिन अचानक मेरो मनमा एउटा कुरा खड्क्यो, महिनाको हरेक दिन विभिन्न समयमा त्यो बाटो हिड्दा बच्चा उस्तै फाहोर थियो तर कहिल्यै रुदैनथ्यो वा चिच्याउँदैनथ्यो। ऊ जहिले पनि ‘आमा’ को घुँडा छेउ मुन्टो लुकाएर चुपचाप सुतिरहन्थ्यो। जसका घरमा बालबालिका छन् उहाँहरूलाई एक दुई वर्षका ससाना बच्चा कस्ता हुन्छन् थाहा नै छ। बच्चाहरू २–३ घण्टा सुत्छन् र उठेर रुन्छन् चिच्याउँछन् र फेरि सुत्छन्। यस्तो प्रक्रिया चलिरहन्छ । तर यो बच्चा एक महिनासम्म हर समय सुतिरहेको भेटिइन्थ्यो। मेरो शंका झन् बढ्दै गयो र एक दिन मैले सोधे, “यो बच्चा किन सधै सुतिरहन्छ ?”
ती माग्नेले नसुने झै गरिन् र घोसे मुन्टो लगाएर आफ्नो टाउको आफुले लगाएको ज्याकेटले छोपिन्। मैले फेरि आफ्नो प्रश्न दोहोर्याए, उनले टाउको उठाइन् र दिक्क लागेको भावसहित मेरो पछाडि कतै टाढा हेरिरहिन्।
भागी हाल यहाँबाट, अस्पष्ट फुस्फुसाहट निस्क्यो मुखबाट। बच्चा किन सुतिरहन्छ, म झण्डै चिच्याँए। पछाडिबाट एक बृद्ध मानिसले मेरो काँधमा हात राखेर भने, “तिमी उनबाट के चाहन्छौ देख्दैनौ उनको जीवन कति कठिन छ ?, हँ ?” यसो भन्दै उनले एक मुठी चानचुन पैसा माग्नेको थालमा हालिदिँए। माग्ने महिलाले आफ्ना हात आकाशतर्फ उचालिन् र सर्वकालिक पिडित र करुण अनुहार बनाइन्। वृद्धले मेरो कुमबाट हात हटाए र घरतर्फ लागें। मलाई पक्का विश्वास छ, उनले आफ्ना परिवारजनलाई आज मेट्रो स्टेशनमा आफूले कसरी एक अवला नारीको एक हृदयहिन मानिसबाट रक्षा गरे भनी सुनाउनेछन् ।
अर्को दिन मैले आफ्नो एउटा साथिसँग कुरा गरें। यो साथी रमाइलो थियो। रुमानियन नागरिक उसले साढे तीन बर्ष जतिमात्र विद्यालयको मुख देखेको थियो र पनि शहरमा महङ्गा विदेशी गाडीमा घुम्न र झ्यालै झ्याल र बालकोनीहरू भएको घरमा बस्थ्यो, उसले नपढेर के भयो र? उसबाट मैले माग्ने व्यवसाय ठूलो ब्यापारको सानो हिस्सा मात्र भएको चाल पाँए। हेर्दा वास्तविक लागे पनि यो ब्यवसाय संगठित छ र संगठित अपराधिक समुहहरूबाट सञ्चालित हुन्छ। यसमा प्रयोग भएका बच्चाहरू जड्याहाहरूका परिवारबाट भाडामा ल्याइएका वा चोरिका हुन्छन्।
म बच्चा सधै किन सुतिरहन्छ भन्ने आफ्नो प्रश्नको उत्तर खोजिरहेको थिए। मेरा मित्रबाट शान्त स्वरमा आएको जवाफले मलाई अशान्त तुल्यायो। उसले सहजताका साथ, “उनीहरूलाई लठ्याउने वा मादक पदार्थ दिइएको हुुन्छ” भन्यो।
मैले चकित भएर सोधे, “के तिनीहरुलाई हेरोइन वा भोड्का दिइएको हुन्छ ? “हो त नि, त्यसैले त ती बच्चाहरु दिनभरी चिच्याउदैनन्” उसले भन्यो। दिनभरी बच्चा शान्त रहोस् भनेर बच्चालाई भोड्का वा कुनै नसालु पर्दाथ दिइन्छ। बच्चाको शरीरले त्यस्ता पदार्थ पचाउन सक्दैन र धेरै बच्चाहरू मर्छन्। अझ खराब त के छ भने कहिलेकहीं बच्चा दिनमै मर्छ र आमा बन्नेले दिनभरी उसलाई काखमा लिएर बस्छिन्। यो नियम नै हो। बटुवाहरूले थालमा केही पैसा हालिदिन्छन् र बिचरी एक्ली आमालाई सहयोग गरी पुण्य कमाइयो भन्ने ठान्दछन्।
भोलिपल्ट म आफ्नो पत्रकारिताको आत्मविश्वास बोकेर फेरि त्यो ठाउँमा गए। तर सबै उल्टो भयो। ती महिला सधै झै भुईमा बसेकी थिइन् तर उनको हातमा अर्कै बच्चा थियो। मैले ती महिलालाई यो बच्चासम्बन्धी कुनै कागजात छन् र हिजो अस्तीको बच्चा कता गयो भनी सोधे। उनले मेरो प्रश्नलाई बेवास्ता गरिन् तर बटुवाहरूले त्यसो गरेनन्। उनीहरूले दिमाग खुस्किएको भनेर स्टेसन बाहिर निकाले। पुलिस बोलाइयो तर ती महिला र बच्चा त्यहाँबाट बिलाइसकेका थिए। मलाई लाग्यो म पहरामा टाउको ठोक्दैछु।
जब तपाई बाटोघाटोका छेउकुनामा काखमा बच्चा लिएर माग्दै गरेकी महिलालाई देख्नुहुन्छ र पैसा दिने सुरमा हुनुहुन्छ भने एकपटक गम्भीर भएर सोच्नुहोस्। यदि हजारौं लाखौं रूपैयाँ यसरी भिक्षा दिइरहने हो भने यो ब्यवसाय बाच्न सक्छ, तर भोड्का र नशालु वस्तु दिइएका अनगिन्ति बच्चाहरु भने अकालमा मरिरहनेछन् ।
उदार र करुणाका खानी भएका भद्रभलाद्मीहरु हो!माग्नेले सडकमा सुताइरहेका बच्चालाई करुणामय भएर हेर्नुको साटो त्यसका पछाडि लुकेको भयानक तस्विरलाई सम्झनुहोस्। auxx.me बाट साभार याे लेख नेपाल रिडर्सका लागि दामोदर उपाध्यायले भावानुवाद गर्नुभएकाे हाे।
७१ वर्षीया साराको मोडलिङ सक्रियता देखेर सबै चकित
उमेर केवल एउटा अंक मात्र हो । यो भनाई हालै एक ७१ वर्षीया मोडलले मोडलिङ मञ्चमा साबित गरेकी छन् । सारा ग्राण्ट नामकी यी मोडलले अष्ट्रेलियन फेसन विकमा आफ्नो रनवे डेब्यू गरिन् ।
बिहीबार आयोजित यो फेसन विकमा जब सारा स्विमसुटमा र्याम्पमा देखिइन् । सबैको नजर उनीतिरै मोडियो । उनले कालो स्कूप–नेक स्विमसुट लगाएकी थिइन् । स्विमसुट माथि फ्लोरल प्रिन्टेड ओवर सर्ट थियो।
सिड्नीको केरिजवक्समा भएको यो फेशन विकमा साराले उमेरसँग जोडिएका सबै भ्रमलाई तोडेर आफूलाई एक मिसाइलका रुपमा प्रस्तुत गरेकी थिइन् ।
‘वृद्ध महिलाहरुका लागि एक परिपक्क व्यक्तिको जस्तै आउटफिट लगाउन मनलाग्छ । स्विमसुट लगाउनु मेरा लागि कुनै ठूलो समस्याको कुरा थिएन । किनकी ७० आजको नयाँ ५० सरह हो । हामी सबै स्वस्थ छौं । त्यहीकारण बढी समय बाचिरहेका छौं । तपाईंले एउटा मात्र शरीर पाउनुभएको छ । त्यसमा गर्व गर्नुपर्छ । कुनै आकार, तौल र उमेर भन्दा पनि अरुलाई सशक्त बनाउन काम गर्नुपर्छ’, उनले भनेकी छन् ।
उनी अहिले अन्तर्राष्ट्रिय अनुभवी मोडल बनेकी छन् । उनले १६ वर्षको उमेरमा आफ्नो पहिलो र्याम्पवक गरेकी थिइन् । यो र्याम्पवक साराले न्यूजिल्याण्डमा पाइरी कार्डिनका लागि गरेकी थिइन् ।
‘म एक ड्रेस रिहल्सल हेर्न गएको थिएँ । उनीहरुले मलाई कुनै पनि हालतमा शोमा सहभागिता जनाउने निर्णय लिए किनकी म अन्य युवतीभन्दा अग्ली थिएँ’, पहिलो मोडलिङ अनुभव उनले सम्झिएकी छन् ।
उनको चर्चा एंटीपोड्सदेखि यूरोप र अमेरिकासम्म छ । उनले पेरिस, इटली र लण्डनमा वोगका लागि मोडलिङ गरेकी छन् । अष्ट्रेलिया आउनुअघि सारो पेरिस, मिलान र लण्डनमा भेलेन्टिनो, कार्ल लेजरफेल्ड र जान्द्रा रोडेज जस्ता ब्राण्डका लागि क्याटवक गरिसकेकी छन् । ७० को दशकमा उनी प्लेब्वाय म्यागजिनको कभरमा पनि आइसकेकी छन् ।
एकै देशमा दुई राहदानी
विश्वमा केही यस्ता अनौठा नियम कानुन र जीवनशैली छन् जसका बारेमा थाहा पाएपछि हामी अचम्मित हुने गर्दछौ ।
१. दुई राहादानी
नेपालमा राहदानीले अधिकाशं सरकारी काम हुने गर्दछ । अझ घरेलू उडानकालागि त राहदानी चाहिदाँ पनि चाहिँदैन । भारत बाहेको विदेश जानु पर्याे भने मात्र यो चाहिन्छ । तर रूसमा भने घरेलू यात्रामा पनि राहदानी चाहिन्छ । रुसमा देशभित्र एउटा र बाहिर अर्काे राहदानी बोक्नुपर्ने नियम छ ।
२. सडकको नाम
नेपालमा लगभग सबै सडकको नाम छ । त्यो पनि अधिकाशं सडकको नाम व्यक्तिको नाममा छ । तर विदेशमा सडकको नाम व्यक्तिको नामबाट कमै राखिन्छ । कोस्टारिका नामक देशमा सडकको नाम नै छैन । त्यहा सिमा चिन्ह (ल्याण्डमार्क)को प्रयोग गरीन्छ ।
३. मास्कको प्रयोग
कोरोना भाइरसको महामारी आएपछि पुरै विश्वले मास्कको प्रयोग गर्न थालेको छ । तर विश्वमा केही यस्ता देश थिए जो यस अघि नै मास्कको प्रयोग गर्दथे । दक्षिण कोरीया यस्तो देश हो जहाँ रुखाखोकि लागेमा अरुको सुरक्षाकालागि मास्क लगाउने चलन छ ।
४. पढ्नै नसकिने ठाँउको नाम
विश्वमा केही यस्ता ठाँउ छन् जसको नाम सजिलै पढ्न सकिन्छ । तर एउटा यस्तो ठाँउ छ जसको नाम उच्चारण गर्न जो कोहिले सक्दैनन् । न्यूजल्याण्डमा यस्तै एक स्थान छ, जसको लामो नामका कारण यसलाई पढ्न सकिदैन । अंग्रेजीका ८५ अक्षर मिलेर बनेको यो स्थानको नाम पढ्ने कोशिस गर्नुस् त ।
५. कपडा सुकाउन घर बाहिर बासको डण्डा
हामी कहाँ कपडा सुकाउन घरको छत वा भुइमा टागेर सुकाउने गरिन्छ । यसकालागि जूट वा प्लास्टिकको डोरी वा तार बाध्ने गरीन्छ । तर सिंगापुरमा भने कपडा सुकाउन घर बाहिर बाँसको डण्डा राख्ने चलन छ ।
प्रतिक्रिया