आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कुलप्रसादको भाग्य : भारतीय जेलदेखि मुख्यमन्त्रीको कुर्सीसम्म

प्रकाशित
443
SHARES

बुटवल। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई विहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । केसीले यसअघि शंकर पोखरेलको नेतत्वमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । अहिले उनै शंकर पोखरेललाई विस्थापित गरेर केसी मुख्यमन्त्रीको जिम्मेवारीमा आइपुगेका छन्।

गत बैशाखमै विपक्ष गठबन्धनले केसीलाई मुख्यमन्त्रीमा प्रस्तावित गर्दै शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो। तर, पोखरेलले अविश्वासको प्रस्ताव छल्नका लागि राजीनामा दिएर केही घण्टामै पुनः मुख्यमन्त्रीको सपथ लिएका कारण केसीले मुख्यमन्त्री बन्न थप ५ महिना कुर्नुपर्यो।

को हुन् केसी ?

नेकपा माओवादीका प्रदेश संसदीय दलका नेता केसी पार्टीभित्र ‘सोनाम’ उपनामले चिनिन्छन् । रोल्पा जिल्लास्थित रोल्पा नगरपालिका–६ जिवाङ निवासी उनी २०२७ साल माघ १० जन्मिएका हुन् । जनयुद्धकै समयदेखि उनी माओवादीमा रहेर राजनीतिक रुपमा क्रियाशील रहँदै आएका छन् ।

केसीले २०४३ सालमा कक्षा ७ मा पढ्दादेखि नै मसालको विद्यार्थी संगठन अनेरास्ववियुको सदस्यता लिएका थिए । उनी २०४६ सालमा अखिलको जिल्ला सचिव बने ।

२०४८ सालमा प्राथमिक तहको शिक्षक पेसामा आवद्धता जनाएका उनी २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रोल्पा भ्रमण हुँदा कालो झण्डा प्रदर्शन गरेबापत शिक्षक पेसाबाट बर्खास्त भएका थिए।

यो पनि
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त
​माओवादी जनयुद्ध सुरु भएसँगै उनी भूमिगत राजनीतिक जीवनमा प्रवेश गरे। भूमिगत हुनुअघि पार्टीको रोल्पा जिल्ला कमिटीका सदस्य रहेका उनी भूमिगत राजनीतिक जीवनका क्रममा भने चाँडै उचाइमा पुगे।

२०५५ सालमा केसीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को दाङ, प्युठान र सल्यान जिल्ला सेक्रेटरीका रुपमा जिम्मेवारी पाए । २०५७ सालमा पार्टीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्य भएका उनले पार्टी संगठन निर्माण तथा विस्तारका साथै जनसेनाको प्लाटुन कमिसारको समेत जिम्मेवारी बहन गरे।

२०५७ सालमा उनी पार्टीको पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्य भए । केही समय भारतमा जेल जीवन बिताएका उनी २०६३ साउन २५ गते भारतीय जेलबाट रिहा भए।

केसीले २०६३ मा योङ्ग कम्युनिष्ट लिगको केन्द्रीय इन्चार्ज तथा सेना समायोजन समितिको सदस्यका रुपमा पनि काम गरे।

बादलको साथ छाडेर प्रचण्डतिर

माओवादी विभाजन भएपछि केही समय उनी मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीमा आवद्ध रहे । उनी दोस्रो संविधानसभा बहिष्कार अभियानमा वैद्यसँगै लागे। तर, रामबहादुर थापा ‘बादल’सँगै उनी पुनः माओवादी केन्द्रमै फर्किए । बादल अहिले एमालेमा लागेका छन् । तर, कुलप्रसादले भने बादलको साथ छाडेर प्रचण्डको मूलधार नै रोजे।

२०७२ सालमा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय सदस्य भएका केसी २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका
हुन्।

प्रतिक्रिया