आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपति भण्डारीको विकल्प खोज्न लागिएको खुलासा, ओलीले तोकीदिए अबको राष्ट्रपति

प्रकाशित
1.2K
SHARES

काठमाडौँ । नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनले एमालेको सरकार ढाल्यो । गठबन्धनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालकोट पुर्याएपछि अब शीतलनिवासको पनि व्यवस्थापनबारे चहलपहल बढेको चर्चा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर गठबन्धनबाट राष्ट्रपति बनाइन लागेको खुलासा तत्कालिन प्रम ओलीले नै गरेका हुन् ।

यतिबेला एमाले ओलीपक्ष राष्ट्रपतिमाथि महाअभियोग लगाइने भन्दै चिन्तित छ । ओलीले निकटवर्तीहरुसँग भने ‘चोलेन्द्र, झलनाथ र रामचन्द्रमध्ये एकलाई राष्ट्रपति बनाउने भनेका छन् रे !’ ‘यत्रो राम्रो काम गरिरहेको राष्ट्रपतिलाई यसरी गालीगलौज गर्ने ?’ ओलीले भने ।

ओली निवास बालकोटमा बागमती प्रदेश सरकारको भविष्यबारे कुराकानी गर्नका लागि माधवपक्षका अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, ओलीपक्षका मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्री केशव पाण्डे र प्रमुख सचेतक दीपक निरौला लगायतको उपस्थितिमा केही दिनअघि भएको कुराकानीमा ओलीलेचिन्ता व्यक्त गर्दै अब प्रधानन्यायाधीश चोलेन्द्र जबरा, एमाले नेता झलनाथ खनाल र कांग्रेस नेता रामचन्द्रमध्ये एकलाई राष्ट्रपति बनाइने भन्दै नामै किटेका हुन् ।

देउवालाई बिन्ती गर्दै जब ओलीले भने- मेरा मान्छेलाई मन्त्री बनाइदिनुस् न प्लिज…
एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई छिटोभन्दा छिटो मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो दलमा केही घाटा भएपनि माधव नेपाल पक्षलाई मन्त्री दिन हात जोडेर बिन्ती गर्दै देउवासँग आग्रह गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर तपाईँका पछि कुदेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू तिनीहरूलाई मन्त्री दिनुस् न ! किन विलम्ब गर्नुभएको ?’, ओलीले भने, ‘हिरिक्क हिरिक्क भएका छन् विचराहरू मन्त्री खानका लागि प्लिज !’

देउवालाई हात जोडेर नमस्कारसहित बिन्तीको शैलीमा ओलीले अगाडि भने, ‘यति त गराइसक्नु भयो, पछिपछि हिँडेका छन् । कुदेका छन्, फ्याँफ्याँ, स्वाँस्वाँस्वाँ गरेका छन् । मन्त्री खानपाउँ भनेका छन्। बिहान बेलुकै चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुस् प्लिज !’

नेपाल पक्षले आफ्नै पार्टी नेतृत्वको सरकार ढालेर देउवाको नेतृत्वमा सरकार बनाउन सहयोग गरेको थियो । तर नेपाल पक्ष हालसम्म सरकारमा भने सहभागी नभएको अवस्थामा ओलीले कटाक्ष गर्दै संसद्मा यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यू एमसीसी के गर्नुहुन्छ ?’
ओलीले अमेरिकासँग गरिएको मिलिनियम च्यालेन्च कर्पोरेसन एमसीसीबारे साझा न्यूनतम कार्यक्रममा के गर्ने भन्ने उल्लेख गर्न बिर्सिएको हो भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई सोधेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै ओलीले साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे उल्लेख गरेको नपाएको भन्दै सोधे, ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा साना कुरा गरेको छ । अहिलेको गठबन्धन सरकार हुँदा एमसीसी गर्नुभएको थियो । साझा न्यूनतम कार्यक्रममा एमसीसी बिर्सिनुभयो क्या हो ।’ उनले प्रश्न गरे, ‘खै मैले त देखिनँ । छैन कहीँ ।’

प्रधानमन्त्री पदमा रहेका बेला एमसीसी पास गर्नुपर्छ भनेर ओलीले अभिव्यक्ति दिएका थिए । उनले ती अभिव्यक्तिका भिडियो सार्वजनिक गरेर अहिले वातावरण बनाउन खोजिएको भन्दै प्रश्न गरे, ‘तपाईंको साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे के गर्नुहुन्छ ? चुप लागेर हुन्छ ?’

प्रधानमन्त्री देउवालाई १ सय ६५ सांसदको समर्थन रहेको भन्दै त्यसले के गर्छ भनेर उनले देउवालाई प्रश्न गरेका हुन् । उनले यसबारे जनताले जान्न चाहेको बताए ।

देउवालाई समर्थन गर्ने सांसदहरूलाई ‘जत्था’ को संज्ञा दिँदै ओलीले भने, ‘तपाईं त बहुत मजबुद प्रधानमन्त्री हुनुहुन्छ । १६५ सिट तपाईंको साथमा छ । तपाईंको पछाडि छ । स्ट्रोङ, कसैको साथ चाहिँदैन तपाईंलाई । कसैको मद्दत चाहिँदैन तपाईंलाई । त्यो १६५ को सबल जत्थाले के भन्छ ? एमसीसी पास गर्ने, फेल गर्ने कि चुप लाग्ने ?’

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने सांसदहरूलाई ‘जत्था’ भनेका हुन् । देउवाले विश्वासको मत लिने क्रममा १ सय ६५ सांसदले समर्थन गरेका थिए । ती सांसदलाई ओलीले रोष्ट्रमबाट ‘जत्था’ भनेका हुन् ।

फेरि बहुमतका साथ प्रधानमन्त्री बन्छु

ओलीले आफु फेरि असाधारण बहुमतका साथमा प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले आफू प्रधानमन्त्री हट्नु कुनै चिन्ताको विषय नरहेको बताए । उनले आगामी चुनावबाट असाधारण जनमतसहित सरकारको नेतृत्वमा मुलढोकाबाट प्रवेश गर्ने दाबी समेत गरे ।

उनले भने, ‘फेरि पनि मुलढोकाबाट असाधारण जनतका साथ प्रवेश गरिनेछ । जस्केलाबाट होइन ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू जनादेशबाट प्रधानमन्त्री भएको भएपनि अदालतले हटाएको बताए ।

उनले भने, ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मलाई काम हेरेर नेपाली जनताले प्रधानमन्त्री बनाएको हो । विभिन्न पार्टीका नेताहरुको कुण्ठाबाट प्रधानमन्त्री बनेको होइन । परमादेशबाट हैन, जनादेशबाट प्रधानमन्त्री भएको होइन । जाली मुद्धाबाट प्रधानमन्त्री बनेको होइन । नेपाली जनताले ममाथी विश्वास गरेर ससुम्पिएको जिम्मेवारी हो ।’

सर्वोच्च अदालतको फैसला समेत अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गरे । उनले भने,‘विश्वमा पहिलो रेकडै बनेको छ । अदालतबाट प्रधानमन्त्री नियुक्त हुने । अदालतलाई धेरै विवादमा ल्याउनु जरुरी छैन । प्रधानमन्त्रीबाट हट्न परेकोमा चिन्ता छैन ।

अदालतजस्तो सबैले विश्वास गनुपर्ने संस्थाका बारेमा अविश्वास नआओस् भन्ने चिन्ता मेरो छ । लोकतन्त्रमा मेरो चिन्ता छ ।’ सरकार गठन भएको एक महिनासम्म पनि सरकारले पूर्णता पाउन नसक्नु सरकारको असफलता रहेको समेत उनले टिप्पणी गरेका छन् ।

 

प्रतिक्रिया