आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कुलमान घिसिङ विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा आजै नियुक्त हुदै

प्रकाशित
574
SHARES

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सोमबार नियुक्त भएका कुलमान घिसिङको आज अपरान्ह पदबहाली हुने भएको छ। उनी अपरान्ह पदबहालीका लागि तयारी अवस्थामा रहेको बुझिएको छ।

मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो। प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई जल शक्ति आयोगमा लगिएको बुझिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा घिसिङले नियुक्त पाएका हुन्। उनी यसअघि पनि प्राधिकरणको प्रबन्धक निर्देशक थिए। तर, केपी शर्मा ओली नेतृत्वको सरकारले उनको समयावधि थप्न मानेन।

यसै गरि : थ्री स्टार हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। सर्वसाधरणको लागि आईपीओ निष्काशनको अनुमति माग गदै कम्पनीले नेपाल धितोपत्र बोर्डमा साउन १७ गते निवेदन दिएको हो।

बोर्डले अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्ने भएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।

यसै गरि : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुनियाँमा कहिँ नभएको नजिर कायम गरेको भन्दै अदालतलाई चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने चेतावनी दिएका हुन् ।

‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे गर्‍यो त्यसको मूल्यांकन होला, वाक्य वाक्य शब्द शब्दको मूल्यांकन होला, कोही पनि इतिहासको खरो मूल्यांकनबाट उम्किन पाउँदैन’ उनले भने ।

प्रमुख विपक्षी दलका नेता ओलीले अदालतले पहिलो पटक प्रधानमन्त्री बनाएर दुनियाँमा कहिँ नभएको नजिर कायम गरेको टिप्पणी गरे । सर्वोच्च अदालतले संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री ओलीको निर्णय बदर गर्दै संसद पुनर्स्थापना गरिदिएको थियो । त्यस्तै धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दावी वैधानिक रहेको भन्दै अदालतले उनलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश दिएको थियो ।

मंगलबार ओलीले उक्त फैसलाबारे असन्तुष्टि जनाउँदै इतिहासले मूल्यांकन गर्ने बताएका हुन् ।

उनले अदालतजस्तो सबैले विश्वास गर्ने संस्थाको विश्वासमा कमी आउन नहुने बताए । ‘जनताले भरोसा गर्ने संस्थाहरुबीच सन्तुलन नबिग्रोस्, मेरो चिन्ता लोकतन्त्रमाथि छ, लोकतान्त्रिक प्रणालीमा संस्थाहरु आआफ्नो मर्यादा र ठाउँमा बसेर काम गर्नुपर्छ’ ओलीले भने ।

शान्ति, सुशासन र विकासको बाटो समातिसकेको देश फेरि लोकतान्त्रिक प्रणाली छाडेर गठबन्धनको सिद्धान्तमा लागेको पनि उनले बताए । ‘यसले विकासको अभियानलाई यसले ड्राइभ गर्न सक्दैन’ उनले भने ।

प्रतिक्रिया