आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आजको मन्त्रिपरिषद बैठकले कुलमानको नियुक्ति गर्न सकेन यस्तो छ कारण

प्रकाशित
519
SHARES

काठमाडौँ। कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश भएपनि निर्णय भने हुन सकेन। उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेकी थिइन्।

मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्ताव आएको थियो । त्यसमा छलफल हुँदा केही प्रक्रिया अझै पुरा गर्नुपर्ने देखियो। त्यसैले सोमबारको बैठकले निर्णय गर्न सकेन’ मन्त्रिपरिषद स्रोतले भन्यो, अर्को बैठकले निर्णय गर्ने छ। सोमबारको मन्त्रिपरिषद बैठकले केही सचिवहरूको सरुवा गरेको छ।

यसै गरि :नेकपा माओवादी केन्द्र का नेता देवेन्द्र पौडेलले एमाले भित्रको विवादको किनारा लागिसकेपछि मन्त्रीपरिषद् विस्तार हुने बताएका छन्। सोमाबार काठमाडौंमा आयोजिक एक अन्तर्क्रियामा बोल्दै नेता पौडेलले गठबन्धनमा सामेल एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पार्टीभित्र अन्तर्संघर्षमा रहेको र अन्तरसङ्घर्ष किनारा लागिसकेपछि मन्त्रीपरिषद् विस्तार हुने बताएका हुन्।

सरकारको साझा कार्यक्रम पनि आइसकेको अवस्थामा एमाले भित्रको शक्ति संघर्षका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै उनले अबको दुई, तीनदिन भित्र सरकार बिस्तार हुने बताए। उनले भने, ‘कतिपय पक्षहरुका आन्तरिक समस्याहरु पनि हल नभएको हुँदा, आन्तरिक समस्या समाधानको पर्खाईमा सरकार अल्झेको थियो। खासगरी जनता समाजवादी पार्टीको निर्वाचन आयोग र अदालतमा चलेको बहस, त्यसको किनारा लागिसकेको छ।

र गठबन्धनमा रहेको एउटा हिस्सा नेकपा एमाले भित्रको हिस्सा पनि गठबन्धनमा हुनुहुन्छ। उहाँहरु निकै चर्को अन्र्तसंर्घषमा हुनुहुन्छ। त्यो अन्र्तसंघर्षले पनि एउटा प्रारुप लिने, त्यसले एउटा किनारा लिइसकेपछि यो सरकारलाई अगाडी बढाउने कुरा अगाडी बढ्छ। एमाले भित्रको शक्ति संघर्ष र कतिपय कारणले यो सरकार ढिलाइ भएको हो।

मैले बुझे अनुसार साझा कार्यक्रम पनि सार्वजनिक भइसकेको र अरु कतिपय विषय टुंगिदै गएको हुँदाखेरी २÷३ दिन भित्रमा सरकारले विस्तारको काम गर्छ। यसैगरी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मन्त्री परिषद्को विस्तारमा ढिलाइ हुँदा सरकारले गर्ने काम नरोकिएको बताए। मन्त्री धेरै भएर मात्रै मुलुक बन्ने नभइ मुलुक बन्नका लागि इच्छा शक्ति र कार्ययोजना हुनुपर्ने उनको भनाइ छ।

यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठले मन्त्रीपरिषद् बिस्तारका लागि पार्टीको अध्यक्ष तहबाट मन्त्रालयको बाँडफाँड गर्न बाँकी रहेको बताए।

यस्तै गरि : शान्ति मिसनमा जानुअघि प्रहरीले लिने आन्तरिक परिक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएको बारे छानविन अन्तिम चरणमा पुगेको छ। प्रहरी प्रधान कार्यालयले डिआइजी वसन्त लामाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो।

साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो। प्रश्नपत्र परिक्षा हुनुभन्दा दुई दिनअघि नै ‘लिक’ भएको छानबिनबाट थाहा भएको छ।

प्रश्नपत्र ‘लिक’ गर्नेहरुको मोवाइल जफत गरेर समितिले डिजिटल फरेन्सिक ल्यावमा परिक्षणका लागि पठाएको थियो। ल्याबको रिपोर्ट आएपछि प्रतिवेदन बुझाउने गरी काम भइरहेको छानविन समितिका एक सदस्यले रातोपाटीलाई बताए ।छानविन अन्तिम चरणमा पुगेको छ’ समितिका एकजना सदस्यले रातोपाटीसँग भने–‘डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट आउन बाँकी छ, रिपोर्ट आएपछि प्रतिवेदन बुझाउँछौँ ।

समितिले आरोपीहरुका मोवाइल नेपाल प्रहरीको फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाएको थियो। प्रारम्भिक अनुसन्धानबाट युएन शाखाका एसपी अनुपमशम्शेर जबराको घर्राबाट कार्यालय सहयोगी सुरेश बमले प्रश्नपत्र चोरेको देखिएको छ। सुरेशले साउन १३ मा एसपी जबरा घर हिँडेपछि साँझ ८ बजे घर्राबाट प्रश्नपत्र निकालेका थिए।

छानविन समितिका एक सदस्यले रातोपाटीलाई बताएअनुसार सुरेशले आफैंले प्रश्नपत्र निकालेर हवल्दार कुमार शाहलाई बयान दिएका छन्। कुमार र शुरेशको बीचमा लेनदेन थियो। ब्यवसाय पनि शुरु गर्न लागेका उनले हवल्दार कुमार शाहसँग १ लाख रुपैयाँ ऋण लिएका थिए। प्रश्नपत्र ‘लिक’ गराए सो ऋण चुक्ता हुने आश्वासनपछि आफुले ‘घर्राबाट प्रश्नपत्र चोरेको’ शुरेशले समितिलाई बताएका छन्।

यसअघि डिएसपी रुपेश खड्कालाई प्रश्नपत्र पुर्याउन घरमा गएका भनिएका प्रहरी नायव निरीक्षक (सई) जनक थापाले चाहिँ आफ्ना ज्वाई र सालोलाई प्रश्नपत्र पठाएको छानबिनबाट थाहा भएको छ। आठ वर्षदेखि प्रहरी प्रधान कार्यालयको युएन शाखामा बसेर केही समयअघि मात्र साइबर ब्यूरोमा सरुवा भएका शाहले आफैंले डिएसपी रुपेश खड्कालाई शान्ति मिशनको प्रश्नपत्र दिएको बयान दिएका छन्। समितिसँगको बयानमा उनले भनेका छन्–‘डिएसपी सा’पलाई मैले नै प्रश्नपत्र दिएको हुँ।

यसअघि युएन शाखामा बसेका खड्का र शाहको बीचमा पुरानो चिनजान थियो ।हवल्दार कुमार शाह र युएन शाखामा कार्यरत सहयोगी सुरेश बमलाई समितिले आन्तरिक नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ। उनीहरुलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ।

फरेन्सिक जाँचबाट आरोपी र प्रश्नपत्र पाउनेहरूको बीचमा भएको एसएमएस कुराकानी र पठाएको प्रश्नपत्रको फोटो देखिन्छ । अहिलेसम्मको छानबिनलाई ल्याब रिपोर्टले पुष्टि गरेपछि प्रतिवेदन बुझाउने समितीको तयारी छ।

प्रतिक्रिया